टिम दिपाङ १ सय ३३ रनले विजयी
पुष १३,पोखरा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशलामा जारी कास्की छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा टिम फेवा माथि टिम दिपाङ १ सय ३३ रनले विजयी भएको छ । पहिला व्याटिङ गरेको दिपाङले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा प्रतियोगिताकै सर्वाधिक २ सय ४७ रन बनाएको थियो । दिपाङका लागि राजु खनालले १ सय ३ रन तथा आदित्य थापा र आशिष न्यौपानेले समान २७ रन जोडे । फेवाका बलरहरु अभिषेक थापा र सन्तोष सर्माले २÷२ विकेट लिए ।…
पुरा पढौ
२३ औं आहा रारा पोखरा गोल्डकप माघ ९ देखि संचालन हुने
दीननाथ बराल पोखरा १३, पुष नेपालकै प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकपको २३ औं संस्करण आउँदो माघ महिलाको ९ गते देखि पोखरामा हुने भएको छ । पोखराको सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा उक्त प्रतियोगिता आउदो माघ ९ गते देखी माघ २० गतेसम्म हुने भएको क्लवले जनाएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) बाट क्लवलार्ई उक्त मिति तयभए अनुसार आफुहरुले सोही मितिमा गर्ने तयारी गरिएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो । प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु…
पुरा पढौ
यातायात मन्त्री ज्वालाको गाडीमा आगजनी
काठमाडौँ १३, पुष नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको केही वालेको समुहले उक्त गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ । मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताउनु भयो । ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरू बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पुरा पढौ
टाईगर कपको तयारी तिव्र, प्रतियोगितामा महिला तर्फ भारत र पुरुष तर्फ श्रीलंकाको टिम सहभागि हुने
दीननाथ बराल पोखरा १३, पुष पोखरामा आउँदो माघ महिनाको पहिलो साता आयोजना हुने टाईगर कप भलिबल प्रतियोगिता २०८० को तयारी तिव्र पारिएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आउँदो माघ १ गतेदेखि ६ गतेसम्म पोखरामा संचालन हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । उक्त प्रतियोगितामा पुरुष तथा महिला ६÷६ टिमको सहभागिता हुने भएको छ । प्रतियोगितामा पुरुष तर्फ श्रीलंकाको आर्मी टिम र महिला तर्फ भने भारतको हरियाणा पुलिस क्लव…
पुरा पढौ
पोखरामा दुई साता देखि बन्द भएको प्याराग्लाइडिङ पुनः संचालन हुने
दीननाथ बराल पोखरा १२, पुष पर्यटकीय नगरी पोखरामा करिब दुई साता देखि बन्द भएकोे साहसिक खेल प्याराग्लाइडिङ पुनः सुचारु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र व्यवसायी बिच छलफल भएको छलफलबाट पोखरामा बन्द भएको प्याराग्लाइडिङ पुनः सुचारु गर्ने बिषयमा सहमती भएको नेपाल हवाई खेलकुद संस्था (ना) पोखराका अध्यक्ष सुनिल भट्टराईले एटुजेडलाई बताए । गत मङ्सिर अन्तिम साता प्याराग्लाइडिङका कम्पनीहरूले आफैँ उडाउन पाउने त्यसको मुल्य पनि आफ्नै हिसाबले लिन पाउनुपर्ने माग गर्दै आएका थिए त्यसको बिबाद नाले मिलाउन…
पुरा पढौ
शिवालयका विद्यार्थीलाई मिडिया साक्षरतासम्बन्धी तालिम
पोखरा १२, पुष कास्कीको रूपा गाउँपालिका(२, थुम्कीस्थित शिवालय माविका विद्यार्थीलाई बिहिबार मिडिया तथा सूचना साक्षरतासम्बन्धी तालिम दिइएको छ । विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीको सहजीकरणमा भएको तालिममा मिडिया र सूचनासम्बन्धी साक्षर हुने सिपहरू विद्यार्थीलाई प्रदान गरिएको थियो । \ सूचनाका स्रोत र तिनको विश्वसनीयता, मिडिया साक्षर हुँदाका फाइदा, मिथ्या सूचना चिन्ने तरिकालगायतका विषयमा प्रभावीले विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए । तालिममा शिवालय बाल क्लबका २५ जना सदस्य तथा अन्य गरी ३२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरूले सामाजिक सञ्जाल चलाउँदाका आफ्ना…
पुरा पढौ
दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
पोखरा, पौष १२ दोश्रो राष्ट्रिय दोश्रो राष्ट्रिय खुल्ला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहिबारबाट पोखरामा सुरु भएको छ । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा पहिलो दिन पुरुष सिंगल्सतर्फ एपिएफ क्लबका प्रदिप सोतीले देवीनगर क्लवका सुजल राज श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गरेका छन् । प्रतियोगिताका छैटौं वरियाताका एपिएफका देवराज रानाले सुन्सरीका गणेश बहादुर चम्लागाईलाई २१–१२ र २१–८ ले पराजित गर्दा पिएसविसीका विशान गुरुङले कास्कीका इशान खड्कालाई २१–१४ र २१–१५ ले पहिलो चरणको खेलमा पाखा…
पुरा पढौ
लेखनाथ महोत्सवको हालसम्म २ लाख ३० हजार दर्शकहरुद्धारा अवलोकन
लेखनाथ, १२ पुस ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको आठौं दिनसम्म २ लाख ३० हजार दर्शकहरुले अवलोकन गरेका छन । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ८ करोडको कारोबार भएको छ । पहिलो दिन १ करोड, दोश्रो दिन ३० लाख, तेश्रो दिन १ करोड र चौंथो दिन ६० लाख र पाँचौ दिन सोमबार १ करोड भन्दा…
पुरा पढौ
पोखरा महोत्सव र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी बीच सहकार्य
पोखरा १२ पुष १२ औं संस्करणको पोखरा महोत्सवलाई भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिले प्रायोजकमा रहेर साथ दिने भएको छ । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजक रहेको १२ औं संस्करणको पोखरा महोत्सवलाई पोखराको अमरसिंह चोकमा रहेको भिजन लिंक एजुकेशन कन्सल्टेन्सीले प्रायोजकमा रही महोत्समा सहकार्य गर्न लागेको हो । बिहीबार महोत्सव आयोजक यूनाइटेड क्लबका बरिष्ठ उपाध्यक्ष तथा बाह्रौं पोखरा महोत्सव सचिवालय ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापा र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिका प्रवन्ध निर्देशक पूर्ण…
पुरा पढौ
२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसमा पहिलो चरणका खेल सम्पन्न
पोखरा, पौष १२ कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा ओपन सिंगल्स पुरुषतर्फ निशान श्रेष्ठले ज्वेल राणालाई ६–३, ६–२ ले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गर्दा, संरक्षक भुषण बज्रचार्यले प्रितम परियारलाई ६–०, ६–० को सोझो सेटमा पाखा लगाउँदै अन्तिम आठको यात्रा तय गरेका छन् । त्यस्तै आशिष खडकाले निशाद जोशीलाई ६–०, ६–० ले, ऋतिक रानाले सिद्धान्त डेकालाई ६–२, ६–१ ले पराजित…
पुरा पढौ

