देश तथा समाज पत्रिका

४ दिन देखि बेपक्ता युवाको शव सेतीनदीमा भेटायो

दीननाथ बराल पोखरा २८, मंसिर पोखरामा ४ दिन देखि बेपक्ता भएका युवाको शव सेतीनदीमा भेटिएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा उपचारकै क्रममा वेपक्ता भएका पोखराका १९ बर्षका संगम मिश्रको सेतीनदीमा आज शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सेतीनदीमा पानीको बाहाव बढायर खोजतलास गर्ने क्रममा विहिबार दिउँसो ३ः३० बजेको समयमा पोखरा ३ नदिपुर स्थित सेती नदीको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा मिश्रको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार बि.क.ले बताए… पुरा पढौ

व्यापार मेलामा ६ करोडको कारोबार

पोखरा, २८ मंसिर पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला ८८ हजार जनाले अवलोकन गरेको र करिब ६ करोड १५ लाखभन्दा बढीको कारोबार भएको आयोजकको दाबी छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले मंसिर २१ गते समुद्घाटन भएको मेलामा महिलाहरु सहभागिता बढी भएको पनि बताए । ‘समुद्घाटनकै दिन पोखराका हजारौं महिलाहरुले प्रभाफेरीसहित मेलामा सहभागिता जनाउनुभयो,दैनिक रुपले हुने महिला सहभागिता लोभलाग्दो छ,’उनले भने,‘शुक्रबार र शनिबार अवलोकनकर्ताको चाप बढ्ने हामीले विश्वास लिएका छौँ ।’ संघका महासचिव… पुरा पढौ

सेरेसको थ्रि एस सुविधासहितकोशोरुम पोखराको नागढुंगामा

पोखरा २८, मंसिर विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थ ब्रान्ड बन्ने उद्देश्यका साथपोखराको नागढुंगामा सेरेसले आफ्नो तेस्रो अत्याधुनिकशोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ। कम्पनीले पोखरामाथ्रि एस (सेल्स, सर्भिस र स्पेयरपार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले पोखरामाडिलरशिपकालागिथापामोटर्सप्रालिसँग साझेदारी गरेको हो। शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथाउत्साही र सम्भावितग्राहकहरूलाईसेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमाकाम गर्नेछ। अग्रजउद्यमीहरू लगायतअन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमापोखरा उद्योग वाणिज्य संघकाअध्यक्षपवनप्रजापती, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनकाअध्यक्ष… पुरा पढौ

नवदीप बोर्डिङ स्कुलको ३१ औं बार्षिकोत्सवको अवसरमा पोखरामा बृहत सरसफाई

सागर सुनार पोखरा २८, मंसिर पोखरा १० शिवचोकमा रहेको नवदीप इङ्लिस बोर्डिङ स्कुलको ३१ औं बार्षिकोत्सवको अवसरमा बिद्यालयले पोखरा क्षेत्रमा बृहत सरसफाई गरेको छ । बिद्यालयको सामाजिक उत्तरदाहित्व अन्र्तगत समाजका केही प्रतिष्ठित तथा सार्वजनिक स्थलहरुमा हालै सरसफाई गरिएको बिद्यालयका संस्थापक निर्देशक चित्र कुमार गुरुङले बताए । “सभ्यता र सृजनाको निम्ति शिक्षा” भन्ने सिद्धान्तका साथ संचालित उक्त बिद्यालयको ३१ औं बार्षिकोत्सवको अवसरमा रामघाट क्षेत्र, बौद्ध अर्थों सदन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) हस्पिटल चोक, बुद्ध चोक, रक्षा मार्ग, शान्तिपथ, अमरसिंह… पुरा पढौ

पराजुली र काफ्लेलाई विभागीय छात्रवृत्ति

२८ मंसिर पोखरा पृथ्वीनारायण क्याम्पस नेपाली विभागद्वारा सञ्चालित छात्रवृत्ति तारानाथ पराजुली र विष्णुप्रसाद काफ्लेले प्राप्त गर्न सफल भएका छन् । स्नातकोत्तर तहका छात्रछात्राको प्रोत्साहनका लागि विभागको पहलमा स्थापित र सञ्चालित छात्रवृत्ति बुधवार पोखरामा आयोजित एक समारोहबीच प्रदान गरिएको हो । शालिग्राम–कृष्ण पौडेल छात्रवृत्ति बिहादी गाउँपालिका–२ पर्वतका तारानाथ पराजुलीले प्राप्त गरे भने सीता–तीर्थ अधिकारी छात्रवृत्ति शुक्लागण्डकी नगरपालिका १० तनहुँका विष्णुप्रसाद काफ्लेले प्राप्त गर्न सफल भए । छात्रवृत्ति प्राप्त गर्न सफल छात्रद्वयलाई सहायक क्याम्पस प्रमुख मीनराज लम्साल, विभागीय प्रमुख डा. यमनाथ तिमिल्सना,… पुरा पढौ

बाराही जंगल लजलाई मस्ट इन्स्पिरेसनल इको लज अवार्ड

काठमाण्डौं २८, मंसिर बाराही ग्रुप अन्र्तगत चितवनमा संचालन भएको चितवनको बाराही जंगल लज २०२३ को ुमस्ट इन्स्पिरेसनल इको लजु अवार्डबाट सम्मानित भएको छ । बाराही जंगल लजलाई टफ्ट टाइगर वाइल्ड लाइफ अवार्डअन्तर्गत सो अवार्ड प्रदान गरिएको हो । टफ्ट टाइगरका संस्थापक जुलियन म्याथ्युज र विशाल सिंहले लजका जनरल म्यानेजर प्रकाश चन्दलाई सो अवार्ड प्रदान गर्नु भएको हो । जोन वेकफिल्ड मेमोरियल अवार्ड सन् २०२३ मा ुमस्ट इन्स्पिरेसनल इको लजको रुपमा रहेको चितवनको बाराही जंगल लजलाई प्रदान गरिएको बराह जंगल लज… पुरा पढौ

सफल पोखरा म्याराथनलाई शान्तिक निकेतनको साथ

पोखरा २७, मंसिर आगामी फागुन पहिलो साता हुने सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई शान्ति निकेतन बोर्डिङ स्कुलले साथ र सहयोग गर्ने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणमा शान्ति निकेतनले समेत साथ दिने भएको हो । प्रत्यक्ष रुपमा खेलाडी तथा विधार्थीको जिवनसँग समेत जोडिएको विषय खेल क्षेत्र भएकाले म्याराथनमा विधालयको समेत सहभागिता रहने भएको हो । शान्ति निकेतन बोर्डिङ स्कुलका प्रिन्सिपल महेश्वर पराजुलीले विधालय सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा जोडिन पाउनु खुसीको कुरा भएको… पुरा पढौ

सेतीनदीमा मान्छे परेको आशंकामा विहिबार दिउँसो सेतीनदीमा पानीको बहाब बढाएर खोज्ने

दीननाथ बराल पोखरा २७, मंसिर सेतीनदीमा मान्छे परेको आशंकामा विहिबार दिउँसो सेतीनदीमा पानीको बहाब बढाएर खोजिने भएको छ । पोखरा फुलवारीमा रहेको मणिपाल शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा उपचार हुदै गरेका एक युवा सम्पर्क बिहिन भई सेतीनदीमा हुन सक्ने आशंकामा प्रहरीले विहिबार दिउसो पानीको बाहक बढायर खोज्ने तयारी गरेको हो । स्थायी घर तनहुँ भई हाल पोखरा १६ को लामाचौरमा बस्दै आउनु भएको १९ बर्षका संगम मिश्र यही मंसिर २५ गते साँझ ६ः२९ बजे मणिपालको इमर्जेन्सि वार्डमा स्वर सहितको अन्य उपचार… पुरा पढौ

पोखरामा २८ जनालाई रोजगार दिएको दोहोरीको लगानी ३ घण्टामै खरानी

दीननाथ बराल पोखरा २७, मंसिर २८ जनालाई रोजगार दिएको पोखराको एक दोहोरी साँझमा बिद्युत सर्ट हुदा करिब ३ घण्टामै दोहोरी साँझको संरचना खरानीमा परिणत भएको छ । पोखरा सृजनाचोक स्थित नैना दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रा.लि.मा आज विहान अचानक बिजुली सर्ट भई आगोलागी भएको कास्की प्रहरीले जनाएको छ । उक्त दोहोरी साँझमा आज बिहान ७ बजे मात्र आगो नियन्त्रणमा लिन सफल भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार बि.क.ले एटुजेडलाई बताउनु भयो । उक्त घटनामा मानविय क्षेती… पुरा पढौ

निशुल्क सैलुन तालिममा २० युवाको सहभागिता

गण्डकी, २७ मंङसिर पोखरा महानगर आर्थिक महाशाखा व्यवसाय प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग एवम् शिशिर व्यूटीपार्लर एण्ड ट्रेडिङ सेन्टर पोखरा १७ को आयोजना आजदेखि ३९० घण्टाको सैलुन(कपाल काट्ने) तालिम आजदेखि शुरु भएको छ । तालिममा महानगरपालिकाका बिभिन्न वडाका दुईजना महिला सहित २० जना युवाको सहभागिता रहेको छ । स्वदेशमै पेशा व्यवसाय गर्ने र सिपका आधारमा विदेश जाने सहभागिको सामुहिक भनाई रहेको छ । पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको उद्घाटन गर्दै सिकेको ज्ञान र सिपको भरपुर… पुरा पढौ