पोखरामा बुधबार देखि सूर्य नेपाल वेस्टर्न ओपन हुने

-


     पोखरा क्लिक     
     फागुन ८ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरामा भोलि (बुधबार) देखि सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिता सुरू हुने भएको छ । पोखराको हिमालयन गल्फ कोर्षमा तीन दीन संचालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

प्रतियोगितामा गण्डकी प्रदेशका ११ जना सहित देश भरका ५० जना खेलाडीहरू सहभागी हुने भएको प्रोफेसनल गल्फ संघ नेपालका महासचिव दीपक आचार्यले बताउनु भयो । प्रतियोगिता ५४ होलमा हुने तयारी गरिएको छ भने सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल(व्यवसायीक) र १५ एमेच्योर खेलाडीको सहभागीता हुने उहाँले जनाउनु भयो ।

प्रतियोगितामा विजेताले १ लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमश ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन। चौंथो र पाँचौं स्थान प्राप्त गर्न प्रोफेसनल खेलाडीले क्रमशः ५९ हजार र ५० हजार हात पार्ने छन। साथै उत्कृष्ट २१ मा पर्न सफल अन्य गल्फरले नगद हात पार्ने छन् । प्रतियोगितामा कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको महासचिव आचार्यले दाबी गर्दै उत्तिनै रकम अन्य तयारी सहित व्यबस्थापनमा खर्च हुने जनाउनु भयो । प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुने भएको छ भने जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको संघले जनाएको छ । उक्त प्रतियोगिताले पोखराको गल्फ खेल सहित पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने संघ गण्डकी प्रदेशका अध्यक्ष ईन्द्रधारा विष्टले बताउनु भयो ।

डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई र सुबाश तामाङ भारतीय गल्फ टुरमा व्यस्त रहेको हुनाले यस प्रतियोगितामा सहभागी नहुने आयोजकले जनाएको छ । गत महिना धरानमा सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेर शुक्र भारतीय गल्फ टुरमा सहभागिता जनाउन जानु भएको हो । पूर्व नम्बर एक एमेच्योर गल्फर सुबाशले प्रोफेसनल गल्फ टुर अफ इण्डियाको क्वालीफाईड्ङ्ग स्कूलमा दोश्रो हुँदै भारतीय गल्फ टुरको २०२४ सिजनको लागि कार्ड प्राप्त गर्नु भएको छ ।

यो सिजनको दोस्रो प्रतियोगिता, सूर्य नेपाल एनपीजीए म्याच प्लेका उपाधि विजेता दिनेश प्रजापति सहित पूर्व नम्बर एक खेलाडीहरु भुवन नगरकोटी र रवि खड्का, जयराम श्रेष्ठ, नीरज तामाङ, सञ्जय लामा, धन बहादुर थापा दाबेदार खेलाडी हुनुहुन्छ । प्रतियोगितामा नेपाली राष्ट्रिय गल्फ टिमका एमेच्योर खेलाडी सदभाव आचार्य पनि दावेदार मध्येका एक हुनु हुन्छ ।

सदभावले यो सिजनको पहिलो प्रतियोगिता, सुर्य नेपाल सेन्ट्र उपाधि जितेकाजत्नु भएको थियो। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन। एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन। गण्डकी प्रदेशका भु बहादुर गुरुङ, संजिव सिके र दल बहादुर लामा व्यवसायीक खेलाडी सहित अन्य ८ जना एमेच्योर खेलाडीहरु सहभागि हुनु हुने भएको छ ।

ReplyForwardAdd reaction