साहित्य

फेवाताल संरक्षणमा सरकारलाई खबरदारी, संरक्षण नहुँदा पोखराको पर्यटन र जलारी समुदायको जीविको पार्जन संकटमा पर्ने चिन्ता (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २७ असोज, फेवातालको संरक्षणमा प्रभावकारी कदम नचालिए पोखराको पर्यटन, पर्यावरण र तालमा आश्रित जलारी समुदायको जीविकोपार्जन समेत संकटमा पर्न सक्ने सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । तालमा बढ्दो प्रदूषण, वर्षायाममा बगेर आउने गेग्रान तथा ढुङ्गा, गिटी र बालुवाको थुप्रो नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने उहाँहरुको माग छ । https://www.youtube.com/watch?v=6K7_eRli3ss&t=5s फेवाताल संरक्षण एवं सौन्दर्यीकरणमा सामाजिक अभियन्ताहरूको भूमिका विषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी वक्ताहरूले तालको संरक्षणलाई साझा दायित्वका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका हुन् । नागरिक समाज… पुरा पढौ

सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव सङ्कलन

पोखरा, असोज २७, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यहरूले पोखरामा सुझाव सङ्कलन गरेका छन् । प्रतिष्ठानका प्राज्ञसभा सदस्य विनोद बानिया, दीपक पराजुली र परिवर्तनको अगुवाइमा भएको कार्यक्रममा पोखरामा क्रियाशील गीत, सङ्गीत, नाटक र संस्कृतिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूले प्रज्ञा प्रतिष्ठानहरूले आफ्ना गतिविधिमार्फत परिवर्तनको सङ्केत दिनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा प्राज्ञसभा सदस्य गायक विनोद बानियाँले आगामी प्राज्ञसभामा सम्बन्धित विषयविज्ञहरूको सुझाव लिएर नीति निर्माणका लागि सुझाव दिने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको जानकारी दिए । उनले आवश्यकता र नीतिको संयोजन गरी… पुरा पढौ

पोखरा प्रज्ञा प्रतिष्ठानले ‘गन्धर्व गुञ्जन’ कार्यक्रम गर्दै, ८६ कलाकारले प्रस्तुति राख्ने

पोखरा २ असोज, पोखरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा गन्धर्व समुदायको मौलिक कला, संस्कृति र सङ्गीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘गन्धर्व गुञ्जन’ कार्यक्रम हुने भएको छ। यही असोज १० गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको हलमा हुने कार्यक्रममा पोखरा तथा आसपासका विभिन्न स्थानका ८३ जना गन्धर्व कलाकार र तीन जना अतिथि कलाकारसहित ८६ जना कलाकारको सहभागिता रहने पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाले जानकारी दिइन्। उनका अनुसार कार्यक्रममा गन्धर्व कलाकारहरूले एकल, युगल तथा सामूहिक प्रस्तुति दिनेछन्। यसका अलवा वरिष्ठ कलाकार पूर्ण… पुरा पढौ

९औँ विश्वकर्मा कप–२०८३ को तयारी अन्तिम चरणमा

पोखरा, विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय, कास्कीको आयोजनामा पोखरा रङ्गशालामा हुने ९औँ विश्वकर्मा कप–२०८३ वार्डस्तरीय खुला भलिबल प्रतियोगिता को तयारी अन्तिम चरणमा पुगेको छ। विश्वकर्मा पूजाको अवसर पारेर असोज १, २ र ३ गते आयोजना हुने प्रतियोगितामा देशका विभिन्न स्थानबाट १८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत सामाजिक सद्भाव र एकता कायम गर्नुका साथै युवापुस्तालाई खेलकुदमा प्रोत्साहित गर्ने रहेको आयोजकले जनाएको छ। प्रतियोगिताबाट संकलित रकमको केही हिस्सा भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई… पुरा पढौ

राहत र उद्धारका लागि ७० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थासँग सहयोग मागिएको छ ः अध्यक्ष श्रेष्ठ, लक्ष्मी बिद्या पदकबाट ३ जना सम्मानित, राहत कोषमा २ लाख ५१ हजार सहयोग (भिडियो सहित)

दीननाथ बराल पोखरा, २० भदौ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि राज्यलाई ठूलो आर्थिक स्रोत आवश्यक रहेको बताएका छन् । उनले विपत्तिपछि उत्पन्न संकट सामना गर्न महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट सहयोग जुटाउने पहल थालेको जानकारी दिए । https://www.youtube.com/watch?v=XiqJGx2UCmk&t=5s पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक साधारणसभाको शनिबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय क्षेत्रका ७० भन्दा बढी संघसंस्था तथा निकायलाई सहयोगको आग्रह गर्दै… पुरा पढौ

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’

पोखरा, लोक बहादुर गुरुङ स्मृति प्रतिष्ठानको आयोजनामा वरिष्ठ संस्कृतिकर्मी स्व। लोक बहादुर गुरुङको १२ औँ स्मृति दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गुरुङ समुदायका चर्चित गायक तथा संगीतकार धनबहादुर गुरुङलाई सम्मान गरिएको छ। प्रतिष्ठानले गुरुङलाई रु। ५१ हजार नगद, दोसल्ला, फेटा र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो। गुरुङ समुदायको भाषा, संस्कृति, कला र संगीतको संरक्षण तथा प्रवद्र्धनमा पु¥याएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको जनाइएको छ। गण्डकी प्रदेश सरकारका सांसद एवम् चलचित्र निर्माता वेदबहादुर गुरुङ ‘श्याम’ को… पुरा पढौ

पोखरामा पाल्पाको ऐतिहासिक लाखे नाच प्रदर्शन, कलाकारलानई २ लाख उपहार (भिडियो सहित)

पोखरा, पोखरामा पाल्पाको ऐतिहासिक लाखे नाच प्रदर्शन गरिएको छ । सिटिजन फर्निचरको आयोजना एवं पाल्पाली समाज पोखराको व्यवस्थापनमा आइतबार पोखराको न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि उक्त नाच देखाइएको हो । राति ७ बजेदेखि सुरु भएको नाच हेर्न पोखरेलीको ठूलो संख्यामा भिड लागेको थियो । https://www.youtube.com/watch?v=NKMzQDFF-Ew&t=17s सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले तेस्रो संस्करणको रुपमा उक्त नाच देखाइएको बताए । मनोरञ्जनात्मकभन्दा पनि सांस्कृतिक एवं ऐतिहासिक महत्वको रुपमा नियमित कार्यक्रमअन्तर्गत उनको आफ्नै गाउँ पाल्पा… पुरा पढौ

लामाचौर तीज महोत्सव स्थगित, राहत कोषमा १ लाख ११ हजार १ सय ११ सहयोग

दीननाथ बराल,पोखरा, १५ भदौ, नव आदर्श सामुदायिक विकास समाज लामाचौरले आफ्नो २८औँ संस्करणको लामाचौर तीज महोत्सव २०८३ तथा लामाचौर कप खुला पुरुष भलिबल र अन्तरमावि छात्रा भलिबल प्रतियोगितालाई स्थगित गरेको छ । देश विनाशकारी बाढीबाट प्रभावित भएका बेला आफुहरुले बर्षेनी गर्दै आएको उक्त महोत्सव सहितका विभिन्न कार्यक्रम स्थगित गरिएको समाजका अध्यक्ष ई.दिनेश भण्डारीले पोखराक्लिकलाई बताउनु भयो । भाद्र १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, धादिङ, नुवाकोटलगायत देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि मुलुक शोकमा रहेको… पुरा पढौ

टेकनाथको स्मृति दिवसमा शेरचन पुरस्कृत

पोखरा, १४ भदौ, वाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको अभाव खड्किएको तीन वर्ष भयो । वाम बुद्धिजीवी एवं मानवअधिकारवादी नेता बरालको तेस्रो स्मृति दिवसमा आइतकार उनका समवयी, आफन्त, शुभेच्छुकहरूले उनको सम्झना गरे ।टेकनाथ बराल अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनका सहयात्री अमिक शेरचनलाई टेकनाथ स्मृति पुरस्कार प्रदान गरियो । माक्र्सवादी चिन्तकसमेत रहेका नेकपा मसालका महासचिव मोहनविक्रम सिंह र केन्द्रका अध्यक्षसमेत रहेका बरालका छोरा विद्याविमलले शेरचनलाई नगद ५० हजार र सम्मानपत्रसहित सम्मान गरे । कार्यक्रममा चिन्तक सिंहले… पुरा पढौ

तीजको अवसरमा पोखरा ट्रेड मलमा खुल्यो बीपी एथेनिक वेयर, उद्घाटनको अवसरमा २५ प्रतिशत छुट

पोखरा ५, भदौं, नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज पर्वको अवसरमा पोखराको ठुलो व्यापारिक केन्द्र पोखरा ट्रेड मलमा बीपी एथेनिक वेयर संचालनमा आएको छ । उक्त पसल उद्घाटनको अवसरमा २५ प्रतिशत छुट हुने भएको संचालक विपासा पुरीले बताउनु भयो । आकर्षक, आधुनिक र गुणस्तरीय एथेनिक पोसाकको नयाँ गन्तव्य बनाउने उद्धेश्यले हाल उक्त पसल संचालनमा ल्याएको उहाँले बताउनु भयो । पोखराको चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मलको दोस्रो तल्लामा बीपी एथेनिक वेयर सञ्चालनमा आएको हो। उक्त पसलको यही भदौं ७ गते औपचारिक उद्घाटन… पुरा पढौ

This will close in 20 seconds