साहित्य

स्याङ्जामा विशाल रानाभाट जिताऔं अभियान

मेरो भ्वाइस यूनिभर्स २ को उत्कृष्ट १४ मा पर्न सफल विशाल रानाभाटलाई थप अगाडिको यात्रामा बढाउन विशाल रानाभाट जिताऔँ अभियान शुरु गरिएको छ । अबका चरणमा ५० प्रतिशत निर्णायक र ५० प्रतिशत दर्शकको भोटका आधारमा अगाडिको यात्रा तय हुने भएकाले विशालको जन्म जिल्लामा उक्त अभियान शुरु गरिएको हो । विशालको प्रगतिको कामना गर्ने आफन्तजनलाईसमेत भोट गर्नुपर्ने त्यसको विधि र प्रक्रियाबारे जानकारी नभएकाले उक्त अभियान शुरु गरिएको हो । पैसाको बलमा विशाल जस्ता प्रतिभा ओझेलमा पर्छन् कि भनेर शुभेच्छुकलाई जानकारी गराउन… पुरा पढौ

गीत संगीतमै विशाल सम्भावना खोज्दै विशाल रानाभाट

स्याङ्जा जिल्लाको साविक भाटखोला गाउँ विकास समितिको आफ्नै गौरव र गरिमा छ । देशमा संघीय व्यवस्था आउनु भन्दा अगाडि रानाभाट जातिको बाहुल्यताकै कारण गा.वि.स नामकरण गरिएको त्यही भाटखोलाको वडा नम्बर ५ मा लोलासरी गाउँ अवस्थित छ । विभिन्न किंवदन्तीमध्ये त्यहाँको भू–भाग लोलैलोला जस्तो देखिने भएकाले लोलासरी नामकरण गरिएको पनि पाइन्छ । जुन लोलासरी वर्तमान व्यवस्था अनुसार फेदीखोला गाउँपालिकाको वडा नम्बर ३ अन्तर्गत पर्दछ । प्रस्तुत सन्दर्भ त्यहीँ भाटखोलाको लोलासरीमा नाँभी गाँडिएका विशाल रानाभाटसँग जोडिएको गीत संगीतको हो । बुबा गोविन… पुरा पढौ

अल्पायूको ‘न घाम न जून’ वर्तमानको चित्र

पिता कृष्णचन्द्र र माता अन्नपूर्ण पौडेलको कोखबाट २०१८ सालमा पोखरा–३२ तल्लो गगनडौँडामा जन्मेका धर्मराज पौडेल नेपाली वाङ्मयका क्षेत्रमा अल्पायूका नामले परिचित छन् । कविता र मुक्तक लेखनमा क्रियाशील अल्पायूको साहित्यप्रतिको रुझान भने विद्यालय तहदेखि नै रहेको पाइन्छ । पोखराका विभिन्न साहित्यिक र सामाजिक संघसंस्थामा संलग्न अल्पायू २०७१ सालदेखि संगम टोल विकास संस्थाको अध्यक्ष रहेर आफ्नो टोल छिमेकको विकासमा मात्र लागेका छैनन् । उनी गीताञ्जली साहित्य परिवारको उपाध्यक्ष, लेखनाथ साहित्य प्रतिष्ठान र अली मियाँ लोकवाङ्मय प्रतिष्ठानको सहसचिवसमेत रहेका छन् । भानु… पुरा पढौ

प्रा.डा. दाहालको ‘जोडिएका कुरा’को पोखरा लोकार्पण

प्राध्यापक डा. रामप्रसाद दाहालको समीक्षा तथा सिर्जना कृति 'जोडिएका कुरा'को पोखरा लोकार्पणसम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीद्वारा सोमवार आयोजित जोडिएका कुरा परिचर्चा तथा रोपाइँ काव्य उत्सव समारोहका बीच दाहालको उक्त २१ औं कृतिको लोकार्पण गरिएको हो । बुद्ध जयन्तीका अवसरमा प्रकाशित कृतिको वरिष्ठ पत्रकारदेखि केन्द्र हुँदै पालिका तहका प्राज्ञहरूले संयुक्त लोकार्पण गरेका हुन् । जसमा वरिष्ठ पत्रकार बद्री विनोद प्रतीक, नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेत, पोखरा प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकाल, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर… पुरा पढौ

माछापुच्छ्रेको ६७ करोड ९९ लाखको बजेट आयो, कृषि र पर्यटनमा जोड, दाना उद्योग स्थापना गर्ने

दीननाथ बराल,पोखरा, असार १०, कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि रु। ६७ करोड ९९ लाख ५१ हजार बराबरको बजेट प्रस्तुतः गरेको छ। गाउँपालिकाको उपाध्यक्ष सीता अधिकारीले आज (मंगलबार) गाउँसभामा बजेट प्रस्तुत गर्दै संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी र बैंक मौज्दात समावेश गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बजेट स्रोतहरू यस प्रकार रहेका छन् । संघीय सरकार तर्फ वस्तुगत समानीकरण अनुदान तर्फ ११ करोड २४ लाख सशर्त अनुदान तर्फ २७ करोड ९४ लाख… पुरा पढौ

सुगम संगीतका क्षेत्रमा पुनः मुटुसँगै उदाए अनेसास पोर्चुगलका वरिष्ठ उपाध्यक्ष सागर शाह एन. जे. (भिडियोसहित)

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल च्याप्टरका वरिष्ठ उपाध्यक्ष गीतकार, गायक नायक तथा संगीतकार सागर शाह एन. जे. आफ्नो नयाँ गीत 'मुटु'सहित पुनः उदाएका छन् । २०५२ सालमा सिञ्जा व्यान्डबाट ‘धौलागिरी फेदमा हिऊँ पर्यो’ गीतसहित गायन यात्रामा लागेका सागरको मुटु गीत तीन दशकदेखिको अनवरत यात्राको अनुपम कोसेली रहेको छ । सात दर्जन बढी गीतमा स्वर तथा संगीत भरिसकेका सागरका जाऊँ है कान्छी पोखरा, अचानक, तिमीलाई कहाँ राखु, पोखराको चिसो हावाले, पोखरेली कान्छी, नजरैको गोलीले, दिन ढल्छ, नजरैले हान्यो सर्वाधिक लोकप्रिय… पुरा पढौ

विश्व कीर्तिमानीका स्वर संगीतमा गुञ्जे पोखरेलीका गजल

साहित्यको राजधानी भन्न रुचाउनेहरूको शहरमा पोखरामा पोखरेलीका गजल गुञ्जेका छन् । नेपाली सुगम संगीतमा पृथक पहिचानसहित विश्व कीर्तिमान राख्न सफल संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीतमा कास्कीको भलामका स्रष्टा देवेन्द्र केसी देवुका गजल गुञ्जेका छन् । नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न देवेन्द्र केसी देवु गजल साँझमा श्रेष्ठले प्रत्यक्ष संगीतसहित देवुका गजल गायन गरे । उक्त गजल गायनको जाँचोपाँजो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीले मिलाएको हो । कवि शिरोमणि लेखनाथ पौड्यालको गजलबाट कार्यक्रमको मङ्गलाचरण गरेका श्रेष्ठले देवुका सात गजल गायन गरे… पुरा पढौ

लामाचौरमा वसन्त काव्य महोत्सव

पोखरा, १९ वैशाख, प्रतिविम्ब वाङ्मय प्रतिष्ठान, पोखरा–१९ को आयोजनामा वसन्त काव्य महोत्सव सुरु भएको छ । जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको सभाहलमा शुक्रबारदेखि सुरु महोत्सव २ दिनसम्म चल्नेछ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश नेपाली भाषा, साहित्य र संस्कृतिको उर्वरभूमि भएको बताए । गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा आयोजित महोत्सवको सफलताको कामना गरे ।सो अवसरमा नेपाली भाषा, साहित्य, कला क्षेत्रमा पु¥याएको योगदानको… पुरा पढौ

हेमजामा आलु महोत्सव सुरु

आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ ।‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो ।महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा… पुरा पढौ

श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएको छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको संकल्प सभा एक कार्यक्रमको विचमा गरिएको हो । संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले महायज्ञ अवधिभर हुने विविध कार्यक्रमको बारेमा जानकारी दिदै ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकी क्षेत्र र धार्मिक दृष्टिकोणमा यसकने महत्व,यज्ञको महिमा,हवनको महिमा,कोटिहोम… पुरा पढौ