साहित्य

नेपाल–रुस फोटो प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा, ३० साउन, नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखरामा “नेपालको पर्यटनमा रुसको भूमिका” विषयक फोटो प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रुसी कूटनीतिक नियोगका प्रतिनिधि, गण्डकी प्रदेशसभा, नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी, प्राज्ञिक क्षेत्र तथा नेपाल–रुस मैत्रीसम्बन्धी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सात दशक लामो नेपाल–रुस मैत्री सम्बन्धको समीक्षा गर्दै पर्यटन, संस्कृति, शिक्षा, अनुसन्धान तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाबारे छलफल गरिएको थियो ।… पुरा पढौ

पोखरामा लाखेनाच संरक्षणको प्रयास

पोखरा, साउन ३१, पोखरामा लोपोन्मुख लाखेनाच संरक्षणको प्रयास भएको छ । मालेपाटन तायाःमचा नाच समिति पोखरा–५ ले नेवारी समुदायको अनुपम संस्कृति लाखेनाच संरक्षणको प्रयास गरेको हो । नेवाःखल कास्कीको संरक्षणमा लाखेनाच संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन र पुस्तान्तरणको प्रयास स्वरुप शनिबार पोखरा–५ मालेपाटनस्थित वाराही माविको खेल मैदानमा तेस्रो संस्करणको लाखेनाच प्रदर्शन सम्पन्न भएको छ । पोखरामा लाखेनाच लोपोन्मुख अवस्थामा पुगेपछि नया पुस्तामा लाखेनाचप्रति आकर्षण जगाउन तीन वर्षअघि शुरु भएको लाखेनाच प्रदर्शन यस वर्ष पनि भव्य रुपमा भएको हो । जहाँ एउटै मञ्चमा… पुरा पढौ

समिप वैरागीको ‘साहीमासा’ माथि गहन बौद्धिक परिचर्चा

पोखरा, पठन संस्कृतिको विकास, लेखक–पाठकबीचको संवाद र बौद्धिक विमर्शलाई निरन्तरता दिने उद्देश्यले आयोजित ‘र्यान्डम रिर्डस सोसाइटी’को १२९औँ शृङ्खलामा कवि तथा लेखक समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य दीपक समीपको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा विपिन आचार्यले ‘साहीमासा’ माथि कार्यपत्र प्रस्तुत गरेका थिए। संस्थाका उपाध्यक्ष नेपाल प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिवले गरेका थिए। परिचर्चाका क्रममा ‘साहीमासा’मा अभिव्यक्त प्रेम, सामाजिक यथार्थ, मगर समुदायको मौलिक सांस्कृतिक सौन्दर्य, जीवन–संघर्ष तथा समकालीन समाजका… पुरा पढौ

‘पोखरा घर’ भोलि शुक्रबारदेखि नै सञ्चालनमा आउने, पहिलाको गोल घर (ट्राफिक कार्यालय) रहेको स्थानमा पुस्तकालय, आर्ट ग्यालरी, सौचालय सहित स्नान गृह एकै भवनमा

दीननाथ बराल, पोखरा, २८ साउन, पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा हालै निर्माण भएको बहुउद्देश्यीय भवन ‘पोखरा घर’ भोलि (शुक्रबार) देखि सञ्चालनमा आउने भएको छ । उक्त भवनको निर्माण सम्पन्न भएसँगै साउन २९ गते एक समारोहबीच भवनको औपचारिक उद्घाटन गर्ने तयारी गरिएको पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखराक्लिकलाई जानकारी दिनुभयो । पर्यटक, यात्रु तथा सर्वसाधारणलाई लक्षित गरी निर्माण गरिएको ‘पोखरा घर’मा स्नानघर, सार्वजनिक शौचालय, कोसेली घर, सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी लगायतका सुविधा उपलब्ध रहेको अध्यक्ष मर्सानीले उल्लेख गर्नुभयो… पुरा पढौ

पोखरा प्रज्ञा–प्रतिष्ठानको कुलपति सरस्वती प्रतीक्षा सहितको टिमलाई मेयर धनराज आचार्यद्वारा नियुक्तिपत्र प्रदान, प्रतिष्ठानलाई सिर्जनात्मक केन्द्रका रूपमा विकास गर्छौं ः कुलपति प्रतीक्षा

दीननाथ बराल, पोखरा, १३ साउन, पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा–प्रतिष्ठानको नयाँ नेतृत्व चयन गर्दै कवि तथा उपन्यासकार सरस्वती लालचन ‘प्रतीक्षा’ लाई कुलपतिमा नियुक्त गरेको छ । बुधबार पोखराका मेयर धनराज आचार्यले नवनियुक्त पदाधिकारीलाई नियुक्तिपत्र प्रदान गर्दै प्रतिष्ठानलाई पोखराको कला, साहित्य, भाषा र संस्कृतिको समृद्धिका लागि प्रभावकारी संस्थाका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।, प्रतिष्ठानको उपकुलपतिमा कला तथा साहित्यकर्मी तिलक पुर्जा पुन मगर तथा सदस्य–सचिवमा लोकगीत तथा संगीतकर्मी जीवन दाहाल नियुक्त हुनुभएको छ । प्रज्ञा परिषद् सदस्यमा फाइन आर्टबाट हरेराम जोजेजु,… पुरा पढौ

सरस्वती प्रतीक्षा पोखरा प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त

पोखरा, पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा–प्रतिष्ठानको नयाँ नेतृत्व चयन गरेको छ। चर्चित कवि तथा उपन्यासकार सरस्वती प्रतीक्षा प्रतिष्ठानको कुलपतिमा नियुक्त भएकी छन्। आज (बुधबार) महानगर प्रमुख धनराज आचार्यले नवनियुक्त पदाधिकारीहरूलाई नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रम तय गरिएको छ। महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा गठित सिफारिस समितिले कुलपति, उपकुलपति, सदस्य–सचिवसहित प्राज्ञसभा सदस्यहरूको नाम सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा सरस्वती प्रतीक्षालाई कुलपतिको जिम्मेवारी दिइएको हो।प्रतिष्ठानको उपकुलपतिमा तिलक पुन पुर्जा र सदस्य–सचिवमा जीवन दाहाल नियुक्त भएका छन्। त्यसैगरी परिषद् सदस्यका रूपमा हरेराम जोजिजू, सीता… पुरा पढौ

२७औँ अरुण थापा स्मृति दिवसमा पोखरामा भावपूर्ण सांगीतिक कार्यक्रम आयोजना

पोखरा, नेपाली सुगम सङ्गीतका सर्वप्रिय गायक स्वर्गीय अरुण थापाको २७औँ स्मृति दिवसको अवसरमा पोखरा–११, रानीपौवास्थित जोजिजु म्युजिक सेन्टरमा विशेष सांगीतिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ। जोजिजु म्युजिक सेन्टरका प्रबन्ध निर्देशक, गायक तथा सङ्गीतकर्मी बिनित जोजिजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिमाया श्रेष्ठ जोजिजु (सानु) प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा सङ्गीत प्रशिक्षक, विद्यार्थी, नवगायक–कलाकार तथा सङ्गीतप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा गायकद्वय बिनित जोजिजु र हरिमाया श्रेष्ठ जोजिजु (सानु) ले स्वर्गीय अरुण थापाका कालजयी गीतहरू ‘जति माया… पुरा पढौ

कौराहा संरक्षण पत्रकारिता पुरस्कार मीना थापा मगरलाई

पोखरा, ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार मीना थापामगर पुरस्कृत हुने भएकी छिन् । फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीसमगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यो वर्ष उक्त पुरस्कारबाट पत्रकार मीना थापा मगरलाई सम्मान गर्ने निर्णय गरेको हो । समितिका सदस्यहरुमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष नरमाया आलेमगर,अधिवक्ता मनोज घर्तीमगर, मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगर तथा संघका सचिव बलबहादुर रोकामगर थिए । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित यो पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार… पुरा पढौ

कास्कीको अन्नपूर्ण गाउँपालिकाको बजेट ६५ करोड ५० लाख (पूर्णपाठ सहित)

दीननाथ बराल,पोखरा १०, असार, कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु। ६५ करोड ५० लाखको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको २०औँ गाउँसभामा उपाध्यक्ष चन्द्रकला अधिकारीले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गरेकी छन् । गाउँपालिकाले “कृषि, पर्यटन, ऊर्जा र पूर्वाधारः अन्नपूर्ण समृद्धिको आधार” भन्ने दीर्घकालीन सोचलाई आधार मानेर बजेट निर्माण गरेको छ। कुल बजेटमध्ये चालु र पूँजीगत दुवै खर्च समेटिएको छ, जसमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त… पुरा पढौ

माछापुच्छ्रेको बजेट ७० करोड ४६ लाख, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा जोड (पूर्णपाठ सहित)

दीननाथ बराल,पोखरा, १० असार कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ७० करोड ४६ लाख ७० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको उन्नाइसौं गाउँसभा अधिवेशनमा उपाध्यक्ष सीता अधिकारीले सो बजेट प्रस्तुत गर्नु भएको हो। यसअघि गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले आगामी वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नु भएको पालिकाले पोखराक्लिकलाई जनाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा २ करोड ४७ लाख १९ हजार रुपैयाँले बढी हो। चालु आर्थिक वर्ष २०८२र८३ मा गाउँपालिकाको बजेट… पुरा पढौ

This will close in 20 seconds