स्वास्थ्य

मुस्ताङ र जुम्लाको स्याउ पोखरामा सहुलियत मूल्यमा बिक्री, अमरदीपमा स्याउ मेला सुरु (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २९ असोज, मुस्ताङ र जुम्लामा उत्पादित स्थानीय स्याउ पोखरामा सहुलियत मूल्यमा बिक्री वितरण सुरु गरिएको छ । नेपालीहरूको महान् पर्व विजयादशमीलाई लक्षित गर्दै पोखरा महानगरपालिका–१६ र १९ को सिमाना अमरदीपस्थित देउराली कृषि फर्मले स्याउ मेला आयोजना गरी स्याउ बिक्री सुरु गरेको हो । https://www.youtube.com/watch?v=xpvD0cdcvsQ&t=10s मेलामा मुस्ताङ र जुम्लाका विभिन्न जातका स्याउ प्रतिकिलो १८० देखि २७० रुपैयाँसम्ममा उपलब्ध छन् । फर्मका सञ्चालक वासुदेव तिवारीका अनुसार गोल्डेन, रोयल र रेड डेलिसियस जातका स्याउ उपभोक्ताले खरिद गर्न सक्नेछन् । चाडपर्वका… पुरा पढौ

अन्नपूर्णमा कात्तिकभर विशेष छुट

पोखरा, २९ असोज अन्नपूर्ण प्याथ ल्याब (एपिएल) महेन्द्रपुलले चाडपर्वको अवसरमा युरिक एसिडको जाँच सित्तैमा गरिरहेको छ । दसैं, तिहार जस्ता महान् पर्वलाई लक्षित गरी अरु सबै प्रकारका जाँचमा पनि विशेष छुट दिइएको छ ।एपिएलकी अध्यक्ष गीता कार्की पन्थले आधुनिक उपकरण, अनुभवी प्राविधिक टोलीसहित सेवा प्रदान गरिहेको एपिएलले चाडपर्वमा विशेष छुट दिएको जनकारी दिइन् । भिटामिन डी, भिटामिन १२, ट्युमर मार्कर, कल्चरसहित सबै प्रकारका रक्त परीक्षणमा दिइएको छुट कात्तिक महिनाभर रहनेछ । सोही भवनमा रहेको अन्नपूर्ण सिटी क्लिनिकले पनि चाडपर्वको मौसममा… पुरा पढौ

पोखराका युवा वैज्ञानिक डा. निरञ्जन कोइराला विश्वका शीर्ष २ प्रतिशत प्रभावशाली वैज्ञानिकको सूचीमा

पोखरा, पोखराका युवा वैज्ञानिक डा. निरञ्जन कोइराला विश्वका शीर्ष २ प्रतिशत प्रभावशाली वैज्ञानिकको सूचीमा समेटिनुभएको छ। अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालय र अन्तर्राष्ट्रिय शैक्षिक प्रकाशन संस्था एल्सेभियरको सहकार्यमा तयार पारिने उक्त सूचीमा उहाँको नाम समावेश हुनुले नेपाली वैज्ञानिक अनुसन्धानको अन्तर्राष्ट्रिय प्रभावलाई थप उजागर गरेको छ। प्राकृतिक स्रोतमा आधारित औषधिको खोज तथा विकासमा जैविक प्रविधिको प्रयोग गर्दै आउनुभएका डा। कोइराला विशेषगरी वनस्पतिमा पाइने फ्लेभोनोइडलगायतका जैविक सक्रिय यौगिकहरूको संरचना परिमार्जन गरी औषधिको स्थिरता र शरीरमा अवशोषित हुने क्षमता बढाउने अनुसन्धानमा संलग्न हुनुहुन्छ। उहाँको अनुसन्धानले… पुरा पढौ

पोखरा–२२ मा निःशुल्क मधुमेह तथा मिर्गौला परीक्षण, ११० जना लाभान्वित

पोखरा, १८ असोज, पोखरा महानगरपालिका वडा नं. २२ मा स्थानीयवासीलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क मधुमेह तथा मिर्गौला परीक्षण एवं स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ११० भन्दा बढी स्थानीयवासी सहभागी भई विभिन्न स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परामर्श सेवा लिएका छन्। पोखरा महानगरपालिका वडा नं। २२ कार्यालयको आयोजना तथा वडा युवा परिषद्–२२ को सहआयोजनामा, पोखरा महानगरपालिका नगर युवा परिषद्को समन्वय तथा नेशनल प्याथ ल्याब अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्रगतिशील टोल विकास संस्थाको… पुरा पढौ

रेनोभा हस्पिटलको रक्तदान कार्यक्रमबाट ३६ युनिट रगत संकलन

पोखरा, ११ असोज, पोखरा–६, बैदामस्थित रेनोभा हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ।हस्पिटलका अध्यक्ष ड.डार्विन लामिछानेको अध्यक्षतामा तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। देशका विभिन्न स्थानमा देखिएको बाढीपहिरो तथा सक्रिय मनसुनका कारण स्वास्थ्य क्षेत्रमा पर्न सक्ने चुनौतीलाई मध्यनजर गर्दै बिरामीलाई आवश्यक पर्ने रगतको सहज उपलब्धतामा सहयोग पु¥याउने उद्देश्यले प्रतिकूल परिस्थितिका बाबजुद रक्तदान कार्यक्रम आयोजना गरिएको हस्पिटलका प्रबन्ध निर्देशक डा. भुपेन्द्र शर्माले जानकारी दिए। नेपाल रेडक्रस सोसाइटी कास्की… पुरा पढौ

विश्व फार्मासिस्ट दिवसमा अस्पताल फार्मेसीको भूमिका र विपद् तयारीबारे अन्तरक्रिया

पोखरा, १० असोज, विश्व फार्मासिस्ट दिवसको अवसर पारेर पोखरामा अस्पताल फार्मासिस्टको भूमिका, अनुभव, चुनौती तथा आपत्कालीन एवं विपद् व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दिवसको अवसर पारि नेपाल फार्मास्युटिकल एसोसिएसन (एनपिए) गण्डकी प्रदेशले ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऊँ’ भन्ने नारासहित कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागी विभिन्न अस्पतालका फार्मेसी इन्चार्जहरूले बाढी–पहिरो लगायत विपद्का समयमा औषधि व्यवस्थापन, आकस्मिक औषधिको मौज्दात, जनशक्ति तथा तालिम, आपूर्ति व्यवस्थापन र अस्पताल फार्मेसीका चुनौती तथा अनुभवहरू प्रस्तुत गरेका थिए ।कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि… पुरा पढौ

कास्कीमा उपभोक्ता अदालत स्थापना गर्न माग,खानपिनमा ध्यान, शारीरिक व्यायमलाई नियमित गर्न सुझाव

पोखरा ४, असोज, उपभोक्ता अधिकार हननका घटनामा पीडितले सहज, छिटो र प्रभावकारी न्याय पाउने व्यवस्था गर्न कास्कीमा उपभोक्ता अदालत स्थापना गर्नुपर्ने माग सरोकारवालाले गरेका छन् । उपभोक्ता अधिकार कार्यान्वयनसँगै नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरणका लागि नागरिक तहबाटै सचेतना, पैरवी र दबाब अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन् । https://www.youtube.com/watch?v=pUJZ4B_V8eA&t=7s उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजना तथा गण्डकी प्रदेश समितिको समन्वयमा पोखरामा सम्पन्न ‘उपभोक्ता अदालत स्थापना तथा नसर्ने रोगका कारणहरू रोकथामसम्बन्धी नागरिक समाजको पैरवी’ विषयक सरोकारवालाबीचको अन्तरसंवादमा यस्तो माग… पुरा पढौ

पर्वतीय दौडको हस्पिटल पार्टनर बन्यो मेडिप्लस एण्ड ट्रमा सेन्टर

पोखरा ४, असोज, पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले तेस्रो संस्करणको पुम्दी–भुम्दी खुल्ला पर्वतीय दौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । यही असोज २४ गते शनिबार पोखरा–२२ मा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा सहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने भएको हो । यससम्बन्धी सम्झौतापत्रमा मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क. र प्रतियोगिता संयोजक दीननाथ बरालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रतियोगिता अवधिभर आकस्मिक तथा प्राथमिक स्वास्थ्य उपचारका लागि अस्पतालले आवश्यक… पुरा पढौ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीन र अस्पताल निर्देशक नियुक्त

पोखरा, ४ असोज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा सहप्राध्यापक डा. डेविड श्रेष्ठ र अस्पताल निर्देशकमा सहप्राध्यापक डा. झपिन्द्र पोखरेल नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा.नारायणसिंह गुरुङले छनोट समितिको सिफारिसका आधारमा तिमीहरूलाई उक्त जिम्मेवारी दिएका हुन्। नवनियुक्त डीन श्रेष्ठ र अस्पताल निर्देशक पोखरेलले आज पदभार ग्रहण गरेका छन्। डीनमा नियुक्त श्रेष्ठ यसअघि पनि प्रतिष्ठानको डीनका रूपमा काम गरिसकेका छन्। प्रतिस्पर्धात्मक प्रक्रियाबाट पुनः डीन बनेका उनले प्रतिष्ठानको शैक्षिक गुणस्तर सुधार, अध्ययन–अनुसन्धानको विस्तार तथा नयाँ शैक्षिक कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राख्ने बताएका छन्। “प्रतिष्ठानको… पुरा पढौ

महिलाका लागि यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना

पोखरा, २ असोज, नेपाल परिवार नियोजन संघ कास्कीले महिलाका लागि यौन तथा प्रजनन् स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । १३ औं परिवार योजना दिवस तथा नेपाल परिवार नियोजन संघको ६७ औं स्थापना दिवसको अवसरमा पोखरा १४ काजिपोखरीमा कार्यक्रम गरिएको हो । जलेश्वर आमा समूह र प्रगतिशील टोल विकास संस्थाको समन्वयमा कार्यक्रम गरिएको थियो । समुदायमा परिवार नियोजनका सेवा बारे जानकारी दिने र महिलासँग सम्वन्धित स्वास्थ्य समस्या बारे सचेतना गर्ने उद्देश्यले कार्यक्रम गरिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले… पुरा पढौ

This will close in 20 seconds