स्वास्थ्य

विपदमा पोखराको उदाहरणीय साथ ः नारायण पौडेल नेतृत्वका संस्थाबाट ४१ लाख ११ हजार राहत कोषमा

पोखरा, भोटेकोशी नदीमा आएको आकस्मिक विनाशकारी बाढीले देशभर ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला पोखराका सामाजिक तथा व्यावसायिक संस्थाहरूले विपद्मा परेका नागरिकको पीडामा मलम लगाउने प्रयास गरेका छन्। अग्रज व्यवसायी मनका धनि नारायण पौडेल नेतृत्वका अटोवेज प्रा.लि.परिवार, प्रतिभा माध्यमिक विद्यालय पोखरा र गोविन्द–कलावती फाउन्डेसनले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कुल ४१ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रतिभा माध्यमिक विद्यालयका प्राचार्य किरण सापकोटाले बताए । बाढीबाट प्रभावित नागरिकको… पुरा पढौ

विपद्का बेला राज्यको अभियानमा साथ दिँदै टुरिजम कलेज, पालिखे नेतृत्व ३ संस्थाबाट ६ लाख ६६ हजार सहयोग

दीननाथ बराल,पोखरा १५, भदौं, देशमा परेको प्राकृतिक विपद्का बेला राज्यले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानमा साथ दिँदै पोखरास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, छिनेडाँडाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ।देशका विभिन्न क्षेत्रमा बाढीपहिरोलगायत प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले कलेजले उक्त रकम प्रदान गरेको कलेजका अध्यक्ष अशोक पालिखेले बताउनु भयो । विपद्को यस कठिन घडीमा पीडित तथा… पुरा पढौ

नेलम्बो नेपालले पनि बाढी प्रभावितको लागि साँढे पाँच लाख सहयोग गर्यो

दीननाथ बराल,पोखरा, १४ भदौ, सामाजिक संस्था नेलम्बो नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५ सय ५५ सहयोग गरेको छ । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले पोखरा–४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को यस परिस्थितीमा उक्त सहयोग गरेको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले बताउनु भयो । कठिन घडीमा नेपाल सरकारको राहत तथा उद्धार अभियानमा हातेमालो गर्ने निर्णयअनुसार संस्थाले प्रधानमन्त्री दैवी… पुरा पढौ

रेवान पोखराद्वारा ठूलाखेतमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ५० जना लाभान्वित (भिडियो सहित)

भदौ १४,पोखरा, रेवान पोखराले हरेक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर यसपटक पोखरा–२३ ठूलाखेतस्थित श्री सिद्ध बराह माविको प्राङ्गणमा सम्पन्न भएको छ । नेपाली सेना पश्चिम पृतना हेडक्वाटर पोखरा तथा सैनिक अस्पताल पोखराको प्राविधिक सहयोगमा आइतबार सम्पन्न उक्त स्वास्थ्य शिविरमा ७ सय ५० जनाले स्वास्थ्य लाभ गराएका छन् । https://www.youtube.com/watch?v=9au2OA6y6cw&t=11s शिविरमा प्रसुती तथा स्त्री रोग, फिजिसियन, अर्थोपेडिक, छाला रोग, नाक, कान, घाँटी, प्रयोगशाला, ई.सि.जी., भिडियो एक्स–रे लगायतका सेवाहरु प्रदान गरिएको थियो । शिविर सफल पार्न पोखरा महानगरपालिका… पुरा पढौ

प्राकृतिक विपद्का प्रभावितलाई म्याजेस्टिक लेक फ्रन्ट होटलको एक लाख सहयोग

पोखरा, पोखरा महानगरपालिका–६, खहरे लेकसाइडस्थित म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स प्रालिले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ। होटलका सञ्चालक युवा व्यवसायी सुनिलबहादुर भट्टराईले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी दिनुभयो । भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा देशका विभिन्न जिल्लामा भएका प्राकृतिक विपद्का घटनाबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै होटलले विपद् प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने… पुरा पढौ

पोखराको भेल पानीले आमा–छोरीको ज्यान लियो, व्यवस्थित नाला र भलपानी व्यवस्थापन गर्न स्थानीयको माग

दीननाथ बराल,पोखरा १३, भदौं पोखरामा सडक नालीबाट अचानक आएको तीव्र भेलमा परेर आमा–छोरीको ज्यान गएको छ। वर्षासँगै सडकमा बढेको पानीको बहावले पोखरा महानगरपालिका–१७ हर्कचोकमा शुक्रबार दिउँसो एकै परिवारका दुई जना आमा छोरीलाई बगाएको थियो । पोखरा–३० ढुङ्गेपाटनमा बस्दै आएकी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो करिब ४ बजे सुष्मा, उनका श्रीमान् ३० वर्षीय कमल दाहाल र दुई वर्षीया छोरी रानीका स्कुटरमा बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिए। ग १३… पुरा पढौ

पोखरामा नालीको भलले बगाउँदा आमा–छोरी गम्भीर घाइते

पोखरा, पोखरा महानगरपालिका–१७ हर्क चोकमा सडक नालीबाट आएको भलले बगाउँदा आमा–छोरी गम्भीर घाइते भएका छन्। शुक्रबार अपराह्न करिब ४ बजे बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग १३ प २८५९ नम्बरको स्कुटर हर्क चोकमा साइड लगाएर झर्ने क्रममा सडक नालीबाट आएको पानीको तीव्र बहावले पोखरा–३० ढुङ्गेपाटन बस्ने २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षीया छोरी रानीका दाहाललाई भल पानीले बगाएको थियो । उक्त घटनाको सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर बोगटीको कमाण्डमा २१ जनाको प्रहरी… पुरा पढौ

पोखरामा अत्याधुनिक सेवा सहित राधिका नेत्रालय सञ्चालनमा

पोखरा, पोखराको बिरौटा–१७ मा अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकीय सेवासहित राधिका नेत्रालय सञ्चालनमा आएको छ। आँखासम्बन्धी जटिल रोगको उपचार तथा शल्यक्रियाका लागि पोखरा तथा आसपासका नागरिकलाई सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले नेत्रालय स्थापना गरिएको हो। हालै संचालनमा आएको नेत्रालयले रेटिना, मोतियाबिन्दु, आँखाको पर्दासम्बन्धी समस्या लगायतका विभिन्न नेत्ररोगको विशेषज्ञ उपचार तथा शल्यक्रिया सेवा उपलब्ध गराउने जनाएको छ। १५ वर्षभन्दा बढीको चिकित्सकीय अनुभव हासिल गरेका वरिष्ठ नेत्ररोग विशेषज्ञ, फेको तथा रेटिना सर्जन एवं नेत्रालयका मेडिकल डाइरेक्टर डा. अमृत बास्तोलाको पहलमा… पुरा पढौ

निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न ।

साउन ३०, पोखरा, नेपाल प्रहरी श्रीमती संघको ४२ औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, पोखराको आयोजनामा महिला प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीका परिवारलाई लक्षित गरी स्तन क्यान्सर तथा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखराको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा महिलामा हुने स्तन तथा पाठेघरको क्यान्सर लगायतका स्त्री रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक… पुरा पढौ

ढिकुरपोखरीको माछापुच्छ्रे माविका पूर्व विद्यार्थी मञ्चद्धारा निःशुल्क आँखा शिविर सञ्चालन, ५ सय जना लाभान्वित

पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीस्थित श्री माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित एकदिने निःशुल्क आँखा शिविरबाट करिब ५ सय जना लाभान्वित भएका छन्। पूर्व विद्यार्थी मञ्च, माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसको आयोजनामा सम्पन्न शिविरमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायका नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका हुन् । पूर्व विद्यार्थी मञ्चको आयोजना, अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग, हिमालयन आँखा अस्पताल घारीपाटनको प्राविधिक सहयोग तथा माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसको स्थानीय व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो । शिविरमा आँखा परीक्षण… पुरा पढौ