राजनीति

व्यावसायिक तथा सिप विकास तालिम केन्द्रद्वारा विभिन्न सीपमूलक तालिम संचालन

पोखरा, गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सञ्चालित व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले कपाल काट्ने शैलुन, प्लम्बिङ, मोबाइल मर्मत, एडभान्स ब्युटी पार्लर, फेशन डिजाइन, एडभान्स कटाई सिलाई, मन्टेश्वरी, कुक (पाक शिक्षा)तथा आधारभूत कटाई सिलाई तालिम सुरु गरेको छ। तालिमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मंगलबार एक समारोहबीच गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री थापाले प्रदेश सरकार युवाहरूलाई दक्ष जनशक्ति बनाई आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे ।… पुरा पढौ

फोहोरलाई मोहोरमा परिणत गर्दै पोखरामा सुरु भयो अर्बको लगानीमा हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घर निर्माण

पोखरा ४, चैत्र, पोखरामा पटक पटक फोहोर व्यबस्थापन गर्ने बिषयले टाउको दुखाई भएको अबस्थामा अब भने अर्ब भन्दा बढी लगानीमा फोहोरलाई मोहोरमा परिणत गर्ने गरी महत्वकाक्षि योजना सुरु भएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घर निर्माण गरिने भएको छ । उक्त परियोजना अन्र्तगतको घरको आज (सोमबार) एक समारोहका बिच शिलान्यास गरिएको पोखरा महानगरपालिकाले जनाएको छ… पुरा पढौ

भरतपुरका १ सय २९ सुकुम्बासी घरधुरीलाई लालपूर्जा वितरण

चितवन, चितवनको भरतपुरमा १ सय २९ जना भूमिहिन दलित तथा सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा ९लालपूर्जा० वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा न ११ का १ सय १६, वडा नम्बर १५ का ९ र वडा नम्बर २६ को ४ गरी १ सय २९ घरधुरीलाई आज ९आइतबार० एक कार्यक्रमकाबीच लालपूर्जा वितरण गरिएको हो । लालपूर्जा वितरण गर्दै भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ कानुनको व्यवस्था गर्ने बताउनुभयो । अहिले गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नुन खर्कलगायतका क्षेत्रका बस्तीमा समस्या… पुरा पढौ

भ्र्रष्टचार नियन्त्रण गर्न, क्याम्पसमा हुने गरेको मनोपलीको अन्त्य गर्न आफुहरुको उमेदवारी भएको अखिल क्रान्तिकारी (पिएन क्याम्पस) को दाबी

क्याम्पसमा हुने गरेको अनियमितता र भ्र्रष्टचार नियन्त्रण गर्न, क्याम्पसमा लामो समय देखि हुदै आएको नातावाद कृपावाद तथा मनोपलीको अन्त्य गर्न आफुहरुको उमेदवारी भएको अखिल क्रान्तिकारी (पिएन क्याम्पस)ले जनाएको छ । अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस समिति पोखराले शुक्रबार क्याम्पस परिसरमै आयोजना गरेको उमेदवार परिचय कार्यक्रममा बोल्दै स्ववियूका अध्यक्षका प्रत्यासी नवीन अधिकारीले उक्त कुरा बताउनु भएको हो । क्याम्पसमा ९ हजार २ सय ६९ मतदाता रहे पछि विभिन्न पार्टी निकटमा करिब २ हजार बिद्यार्थीहरु मात्र भए पनि अधिकांश स्वतन्त्र बिद्यार्थी भएकोले क्याम्पसमा… पुरा पढौ

जनप्रिय बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) को नाम दुरुपयोग नगर्न चेतावनी

पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) को नाम दुरुपयोग नगर्न चेतावनी दिइएको छ । यही चैत्र ५ गते संचालन हुने स्ववियु निर्वाचन जित्ने दाउ मा जनप्रिय बहुमुखी क्याम्पस मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) ले अखिल क्रान्तिकारी को नाम दुरुपयोग गरिरहेको अखिल कान्तिकारीको आरोप छ ।निर्वाचन आयोगले गरेको आचार संहिता बिपरित कार्यको बिरुद्द अखिल क्रान्तिकारी रिट दायर को लागी कानुनि निति सहित अदालत जाने तयारी थालेको अखिल (क्रान्तिकारी ) केन्द्रीय सचिवालय सदस्य एबम अखिल (क्रान्तिकारी ) जनप्रिय बहुमुखि… पुरा पढौ

फागुका विविध रङजस्तै नेपाली समाज पनि विविधतापूर्णः प्रदेश प्रमुख भट्ट

पोखरा, २९ फागुन, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा ९होली० मा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि विविधतापूर्ण रहेको बताउनुभएको छ । फागुपूर्णिमाको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान रहेको उल्लेख गर्नुभएको छ । ‘होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक, धार्मिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको छ ।’ शुभकामना सन्देशमा उल्लेख छ– ‘यो पर्वले समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम… पुरा पढौ

पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार

पोखरा, २७ फागुन, पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार भएको छ । महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०, याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एन।जे।एस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा उक्त गुरुयोजना तयार भएको हो । पोखरा महानगरपालिकाका चार वटा क्षेत्रहरूमा प्रशोधन केन्द्रहरू नै निर्माण गरी फोहोर पानी प्रशोधन मार्फत पुन प्रयोगका लागि योग्य बनाएर नदी तथा तालहरूमा छोडिने गुरुयोजनामा उल्लेख छ । महानगरको पश्चिम क्षेत्र, मुख्य सहरी भाग, हेमजा क्षेत्र र पूर्वी भागमा फोहोर… पुरा पढौ

कोटिहोम महायज्ञः पोखरामा कुटाकुट, नगर प्रहरी र आयोजकका केही व्यक्ति घाइते

पोखरा २३, फागुन, पोखराको पर्यकीय क्षेत्र लेकसाइड स्थित बाराही घाटको खेल मैदानमा कुटाकुट हुदा करिब २० जना घाइते हुनु भएको छ । पोखरामा आउँदो वैशाख महिनामा आयोजना हुने भनिएको ‘श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ’ को पूर्व अवसरमा आज (शुक्रबार) बाराहीघाटनमा भूमि पुजन गर्दै गर्दा पोखरा महानगरपालिकाले रोक्न खोजे पछि झडप हुँदा नगर प्रहरी सहित महायज्ञ आयोजना गर्ने तथा उहाँहरुको समर्थित केही व्यक्तिहरु समेत घाइते हुनु भएको हो । नगर प्रहरी र महायज्ञका आयोजक तथा महायज्ञ समर्थित… पुरा पढौ

‘पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउँछौं’ मेयर आचार्य

पोखरा, १८ फागुन, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा एक वर्षभित्रै सुविधासम्पन्न जलन युनिट वा अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन् । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘अग्नि जलनमा मलम’ सत्रमा पत्रकार टीकाराम यात्रीसँगको संवादमा मेयर आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल भएको सहर भएकाले त्यो बनाउनैपर्ने बताए । ‘पोखरामा अब एक वर्षभित्र सुविधासम्पन्न जलनको यूनिट बन्छ भनेर पीडककै अवस्थामा मैले डाक्टर सा’बलाई भनेको छु,’ उनले भने, ‘क्यान, नेपाल सरकारले पनि साथ दिनुपर्छ । कम्तीमा तीन वटा विमानस्थल भएको ठाउँमा यो अन्तर्राष्ट्रिय प्रोटोकलमा पनि… पुरा पढौ

हिमालय आँखा अस्पतालको ३२ औं बार्षिकोत्सव, पूर्वाधारको विकास विना विकास हुदैन मन्त्री गुरुङ (भिडियो सहित)

दीननाथ बराल, पोखरा १७, फागुन, ५० बर्ष निरन्तरत र धैयताले गर्दा संघिय मन्त्री हुदै गण्डकी प्रदेशको मुख्यमन्त्री हुदै हाल नेपाल सरकारका संचार तथा सूचना प्रविधि मन्त्री एवं प्रवक्ता हुने अवसर प्राप्त भएको मन्त्रीे पृथ्वीसुब्बा गुरूङले बताए । नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पतालको शनिबारमा पोखरामा आयोजना भएको ३२ औं बार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले आफ्नो लामो समय राजनीतिमा लागेका कारण हाल पुनः संघिय मन्त्रीको अवसरमा प्राप्त भएको बताएका हुन । कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न निरन्तरता र धैर्यता… पुरा पढौ