राजनीति

इरानमाथि अमेरिका–इजरायलको संयुक्त आक्रमण, ७० जनाको मृत्यु, नेपालमा पनि असर पर्न सक्ने शंकेत

काठमाडौं, अमेरिका र इजरायलले इरानविरुद्ध व्यापक सैन्य आक्रमण सुरु गरेका छन् । राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिकै पहिलो विस्फोट भएको बताइएको छ । त्यसपछि इरानका विभिन्न सहरका सैनिक अखाडा र मिसाइल संरचनामा आक्रमण गरिएको विभिन्न समाचार एजेन्सिहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा ‘इरानमा प्रमुख लडाइँ अपरेसनहरू’ सुरु गरिएको दाबी गरेका छन् । उनले इरानले आणविक कार्यक्रम विस्तार गर्दै अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र विकासको योजना बनाएको आरोप लगाए ।… पुरा पढौ

एमाले र रास्वपा लक्षित कटाक्ष गर्दै काँगेंस सभापति गगन थापा भन्छन अबको चुनावमा दुई अतिवादले स्थान पाउन सक्ने खतरा छ !

दीननाथ बराल, पोखरा, १५ फागुन नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एमाले र रास्वपा लक्षित कटाक्ष गर्दै यही फागुन २१ गते हुने निर्वाचनमा दुई अतिवादले स्थान पाउन सक्ने खतरा रहेको बताउनु भयो । पोखरामा आज (शुक्रबार) आयोजित बिशाल चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भदौ २३ र २४ का घटनालाई लिएर चरम ध्रुवीकरण हुन सक्ने दाबी गर्दै निर्वाचनमा देशमा दुई प्रकारका अतिवादले स्थान पाउन सक्ने खतरा रहेको दाबी गर्नु भएको हो । “एउटा अतिवाद २३ भदौमा केही भएको हैन, भएन भन्ने खालको… पुरा पढौ

कास्कीमा शुक्रबार राति १२ बजेदेखि अन्तिम मतपरिणाम नआउँदासम्म मदिरा बिक्री–वितरण र ओसारपसारमा रोक, अवज्ञा गरे कारबाही हुने प्रशासनको चेतावनी

दीननाथ बराल,पोखरा, १५ फागुन, यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न कास्की जिल्लाभर शुक्रबार राति १२ बजेदेखि अन्तिम मतपरिणाम सार्वजनिक नहुञ्जेलसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण, ओसारपसार तथा सेवनमा पूर्ण रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले आज जारी गरेको जरूरी सूचनाअनुसार निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका–२०७८, निर्वाचन आयोग, नेपालको मिति २०८२÷११÷१३ को प्रेस विज्ञप्ति तथा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम उक्त निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ । प्रशासनले होटल व्यवसायी, मदिरा… पुरा पढौ

जन्मठाउँ भरतपोखरीबाट एमाले उम्मेदवार रश्मि आचार्यको सम्पत्ति विवरण सार्वजनिक

फागुन १४, पोखरा, आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माले)को तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले आफ्नो जन्मथलो पोखरा–३३ भरतपोखरीबाटै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बिहीबार भरतपोखरीमा मतदाता भेटघाटका क्रममा लामगादीमा आयोजित युबा भेलामा उनले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू सधैं पारदर्शिता, सुशासन र जवाफदेहिताको पक्षमा उभिएको बताए । सार्वजनिक गरिएको विवरणअनुसार उम्मेदवार आचार्यको आफ्नै नाममा हाल कुनै सम्पत्ति रहेको छैन । पुख्र्यौली जग्गा जमिन उनको वुवाको नाममा रहेको छ । आफुले लेखेको लेखबाट प्राप्त रकम… पुरा पढौ

संरक्षण क्षेत्र भित्रका व्यवसायलाई वैधानिकता दिन पहल गर्छुः उम्मेदवार मनोज, गुरुङ‘संरक्षण क्षेत्र नियमावली समयसापेक्ष संशोधन गर्न आवश्यक

पोखरा, पछिल्लो समयमा निकै चर्चामा रहेका मर्दी हिमाल ट्रेक तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भित्र सञ्चालनमा रहेका होटल–रेष्टुरेण्ट लगायतका व्यवसायलाई वैधानिकता दिनुपर्ने माग पुनः चर्किएको छ। संरक्षण क्षेत्रभित्र पुर्खौंदेखि भोगचलन गर्दै आएका स्थानमा स्थानीयले गोठको संरचनाबाट विस्तार गर्दै व्यवसाय सञ्चालन गरिरहेका छन्। तर कानुनी जटिलताका कारण उनीहरू अझै अन्योलमा छन्। यही सन्दर्भमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३, कास्कीका उम्मेदवार मनोज गुरुङले संरक्षण क्षेत्रभित्रका व्यवसायलाई कानुनी मान्यता दिलाउन आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन्। मत माग्ने क्रममा घरदैलो अभियानमा रहेका… पुरा पढौ

कास्की कांग्रेसले शुक्रबार पोखरामा शक्ति प्रदर्शन गर्ने(भिडियो) एक सय बसमा कार्यकर्ता उतार्ने

पोखरा, १३ फागुन, नेपाली काँग्रेस कास्कीले यही फागुन १५ गते शुक्रबार पोखरामा आयोजना गर्न लागेको चुनावी सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार सह–संयोजक दीपक गुरुङ (माइला) ले सभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार अमरसिंह चौर मा हुने चुनावी सभामा करिब १५ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ। https://www.youtube.com/watch?v=cR2HIS37Trk कास्की कांग्रेसले उक्त सभालाई शक्ति प्रदर्शनका रूपमा लिँदै एक सय बस बुकिङ गरी नेता तथा कार्यकर्तालाई पोखरामा उतार्ने तयारी गरेको जनाएको… पुरा पढौ

जेनजी युवा नेकपामा प्रबेश, समाजलाई अघि बढाउने वा पछाडि फर्काउने भन्ने लँडाई को चुनाव हुदैछः राजकाजी गुरुङ

पोखरा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार राजकाजी गुरुङ(करण) ले आसन्न फागुन २१ गतेको निर्वाचन समाजलाई अघि बढाउने वा पछाडि फर्काउने भन्ने लँडाई को चुनाव हुने भएको बताउनु भयो । पोखरामा मंगलबार भएको क्षेत्र नं १ को युवा भेलामा उहाँले सम्बोधन गर्दै समाजलाई अघि बढाउने वा पछाडि फर्काउने भन्ने लँडाई अबको चुनाव रहेको स्पष्ट पार्नु भएको हो। उम्मेदवार करणले भन्नुभयो,“ आउने चुनाव बर्गसंघर्षको अर्को रुप हो । यो लँडाईमा जनताले जित्नेछन् । ” उहाँले तत्कालीन… पुरा पढौ

कास्कीको दिगो विकास, पूर्वाधार विस्तार र युवामैत्री कार्यक्रमलाई तीव्रता दिन्छौंः मन्त्री थापा

पोखरा, नेपाली काँग्रेसका नेता एवम् गण्डकी प्रदेश सरकारका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले कास्कीको दिगो विकास, पूर्वाधार विस्तार र युवामैत्री कार्यक्रमलाई तीव्रता दिने बताएका छन् । कास्कीबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका तिलक रानाभाट, माधव प्रसाद बास्तोला “मधु”, मनोज गुरुङ र समानुपातिक तर्फका उम्मेदवार आई बहादुर गुरुङका लागि मत माग्दै उनले कास्कीमा प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खेलकुद र युवा स्वरोजगारका थुप्रै योजनाहरू अघि बढाएको उल्लेख गरे । यी योजनालाई संघीय तहसँग समन्वय गरी… पुरा पढौ

तनहुँ–१ का उम्मेदवार ढकालको घरदैलो ः शिक्षा, रोजगारी र विकास मुख्य एजेन्डा

बन्दिपुर, आगामी प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढेसँगै तनहुँ क्षेत्र नम्बर १ मा चुनावी गतिविधिले तीव्रता पाएको छ । यसै क्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवार विद्या ढकालले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो र मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । मंगलबार ढकालले बन्दिपुर गाउँपालिकाका विभिन्न वडाहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् । उम्मेदवार ढकालले बन्दिपुर गाउँपालिका वडा नं. ५ र ६ का विभिन्न स्थानहरूमा पुगी मत मागे । उनले बन्दिपुरका बस्तीहरूमा पुगेर स्थानीयका समस्या सुन्नुका साथै… पुरा पढौ

साइबर सुरक्षा सम्बन्धीे तालिम

पोखरा,१२ फागुन नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको तिन दिने साइबर सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा फागुन १० गते देखि सुरु भएको उक्त तालिम सम्पन्न भएको हो । तालिमको समापन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्माले पत्रकारहरुलाई लक्षित गरि डिजिटल युगमा साइबर जन्य अपराधका घटना चुनौतीको रुपमा रहेको बताउनु भयो । उहाँले पत्रकार स्वयम् साइबर जन्य अपराधबाट बच्न र आम नागरिकलाई समेत सचेत गराउन… पुरा पढौ