कृषि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

लेखनाथ, बेगनास ताल किनारमा आयोजना हुन लागेको छैठौं संस्करणको बेगनास फिस फेस्टिभल सफल बनाउन लेखनाथका विभिन्न संघसंस्था तथा स्थानीय अगुवाहरूले साथ, सहयोग र सक्रिय सहभागिताको प्रतिबद्धता जनाएका छन् । तयारीका क्रममा आयोजित भेलामा वक्ताहरूले पर्यटन प्रवद्र्धन, सरसफाइ, जनशक्ति परिचालन, झाँकी ¥याली, मत्स्य प्रवद्र्धन र व्यवस्थापनमा सहकार्य गर्ने बताएका हुन् । होटल एण्ड रेष्टुरेन्ट एशोसिएसन लेखनाथको आयोजनामा आगामी कार्तिकको १३ देखि २३ गते सम्म बेगनासताल किनारमा छैठौं संस्करणको बेगनास फिस फेस्टिभलको आयोजना हुँदैछ । शुक्रबार आयोजित भेलामा बोल्दै रामटोल नमुना आमा… पुरा पढौ

बेगनासमा प्रथम तीजगीत प्रतियोगिताः उज्ज्वल आमा समूह प्रथम

पोखरा, तीजका गीत महिलाका भावना, पीडा, सामाजिक अवस्था र अधिकारका विषय अभिव्यक्त गर्ने सशक्त माध्यमका रूपमा विकास हुँदै आएका छन्। पछिल्लो समय तीजगीत मनोरञ्जनमा मात्र सीमित नरही महिला सशक्तीकरण, उद्यमशीलता, आर्थिक आत्मनिर्भरता र सामाजिक रूपान्तरणका विषय उठाउने माध्यमसमेत बन्न थालेका छन्। https://www.youtube.com/watch?v=BXm_tAbL-hU यही सन्देशलाई आत्मसात् गर्दै पोखरा–३१ स्थित बेगनासताल वराह क्षेत्रमा आयोजित प्रथम तीजगीत प्रतियोगितामा उज्ज्वल आमा समूह प्रथम भएको छ। पोखरा पार्टी मिडियाको आयोजना तथा बेगनासताल वराह क्षेत्र विकास संस्थाको समन्वयमा आयोजित प्रतियोगितामा विभिन्न महिला समूहले तीजगीतमार्फत सामाजिक, सांस्कृतिक… पुरा पढौ

किम्रोङ खोला थुनिएपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता, वर्षाका कारण जोखिम थपियो

पोखरा, २३ भदौ, कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रोङ क्षेत्रमा पहिरोका कारण किम्रोङ खोला थुनिएपछि तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढीको जोखिम बढेको छ। मंगलबार साँझ करिब ६ः३० बजेदेखि खोलाको पानीको बहाव अवरुद्ध भएको स्थानीयबाट सूचना प्राप्त भएपछि गाउँपालिकाले किम्रोङखोला तथा मोदीखोला तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। खोला कुन स्थानमा र के कारणले थुनिएको हो भन्ने विषयमा भने अहिलेसम्म यकिन हुन सकेको छैन। खोला थुनिएर पानी जम्मा हुँदै गएमा कुनै पनि समयमा अवरोध फुट्न सक्ने र त्यसबाट… पुरा पढौ

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले साढे २० लाख राहत कोषमा सहयोग गर्ने

कास्की, कास्कीको माछापुच्छ्रे गाउँपालिकाले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु २० लाख ५२ हजार ६८० सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आज (शनिबार) बसेको गाउँ कार्यपालिका बैठकले बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका जनप्रतिनिधिको मासिक सेवा सुविधाबाट रु ७३ हजार ९००, कर्मचारीबाट रु ५ लाख १४ हजार ७७३, गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत… पुरा पढौ

बाढी प्रभावितको उद्धार तथा राहतका लागि गण्डकी रेन्वो ट्राउट फार्मद्वारा ५ लाख १६ हजार रुपैयाँ सहयोग

दीननाथ बराल,पोखरा, भदौ १५, रसुवाको भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजी, उपचार तथा राहतका लागि कास्की माछापुच्छ्रे गाउँपालिका–सार्दीखोलामा रहेको गण्डकी रेन्वो ट्राउट फार्म एवं सञ्चालकद्वय अमृत गुरुङ र लक्षिन गुरुङले ५ लाख २० हजार ५०५ रुपैयाँ सहयोग गरेका छन्। फार्मले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ५ लाख ५ हजार रुपैयाँ तथा फार्ममा कार्यरत कर्मचारीहरूले १५ हजार ५०५ रुपैयाँ गरी कुल ५ लाख १६ हजार ५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। भदौ १० गते… पुरा पढौ

सबैलाई समेटेर संघलाई अघि बढाउने बुद्धाचार्यको प्रतिबद्धता (भिडियो सहित)

पोखरा, पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६ औँ महाधिवेशनका लागि अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्यले सबै क्षेत्रका व्यवसायीलाई समेटेर संघलाई विधानअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार पोखरामा आयोजित प्रतिबद्धता पत्र सार्वजनिक तथा पत्रकार सम्मेलनमा बुद्धाचार्यले आफू लामो समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रहेको अनुभवलाई संघको नेतृत्वमा उपयोग गर्ने बताए। https://www.youtube.com/watch?v=1OLUx4DvG10&t=15s पत्रकारले यसअघिको निर्वाचनमा प्यानलमा रहेर प्रतिस्पर्धा गरेको व्यक्ति यसपटक एक्लै अध्यक्ष पदमा उम्मेदवार बन्नुको आधारबारे प्रश्न गरेका थिए। जवाफमा बुद्धाचार्यले समूहमा विभिन्न किसिमका व्यक्तिको भूमिका र प्रभाव… पुरा पढौ

पब्लिक फोरकेले प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिता गर्ने

भाद्र,९, पोखरा, बार्दली मिडिया प्रा.लि. द्धारा सञ्चालित पब्लिक फोरके टेलिभिजन पोखराको आयोजनामा दशौँ संस्करणको गण्डकी प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । हरितालिका तीजको अवसर पारेर कृषि र कृषकका सम्भावना, महिला कृषकलाई उद्यम तथा पर्यटन का लागि प्रेरित गर्दै उनिहरुको आत्मसम्मान र संघर्षका कथालाई मौलिक तीज गीतमार्फत उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । गण्डकी प्रदेशका ११ जिल्लाबाट छनोट भएका उत्कृष्ट समूहबीच यही भदौ २२ गते सोमबार पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा ग्रान्ड फिनाले हुने… पुरा पढौ

पोखरा–१५ र हरियोखर्क अस्पतालबीच स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि सम्झौता (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २ भदौ, पोखरा महानगरपालिका वडा नं. १५ र आईएनएफ नेपालअन्तर्गत सञ्चालित हरियोखर्क अस्पतालबीच वडाबासीको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । पोखरा महानगरपालिकाका उप—प्रमुख मञ्जुदेवी गुरुङको उपस्थितिमा मंगलबार आयोजित एक समारोहबीच वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँ र हरियोखर्क अस्पतालका निर्देशक, चिकित्सा सेवा विभागका डा.अरुणकुमार बुढाले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । https://www.youtube.com/watch?v=UkW2bsrTwr0&t=12s समझदारी अनुसार वडा नं. १५ का नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने, स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने, रोग रोकथाम… पुरा पढौ

कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको पहुँच बढाउन जनप्रतिनिधि र कृषकसँग अन्तरक्रिया

स्याङ्जा, श्रावण २९, कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको आवश्यकता, महत्व र बीमा दाबी भुक्तानी प्रक्रियाबारे स्थानीय जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी तथा कृषकलाई जानकारी गराउने उद्देश्यले स्याङजाको अर्जुनचौपारी गाउँपालिकामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको आयोजना तथा अर्जुनचौपारी गाउँपालिकाको सहयोगमा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा निजीवन बीमाअन्तर्गत सम्पत्ति बीमा, मोटर बीमा, हवाई बीमा, पशुपन्छी तथा जडीबुटी बीमालगायत विभिन्न प्रकारका बीमाको आवश्यकता, महत्व, जोखिम न्यूनीकरण तथा दाबी भुक्तानी प्रक्रियाबारे विस्तृत जानकारी गराइएको थियो। कार्यक्रममा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका गण्डकी… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा अध्यक्षका लागि ३ जना बुद्धाचार्य, आचार्य र गौतम आकांक्षी, चुनावी सरगर्मी बढ्दो

दीननाथ बराल,पोखरा २५, साउन, पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको आगामी ७२ औं साधारण सभा तथा ३६ औँ महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । आगामी भदौ २० र २१ गते हुने महाधिवेशनमा अध्यक्ष पदका लागि हालसम्म तीन जनाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् । हालसम्म संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, वाणिज्य उपाध्यक्ष बलराम आचार्य र महासचिव शोभा गौतमले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, अर्जुन पोखरेलको नाम पनि… पुरा पढौ

This will close in 20 seconds