हाम्रो सामुदायिक बचत तथा ऋण सहकारीको लगानी साढे २२ करोड

-


     पोखरा क्लिक     
     मंसिर १२ गते २०८३ मा प्रकाशित


पोखरा मंशिर १२,

पोखरा महानगर पालिका वडा नं ६मा स्थित हाम्रो सामुदायिक बचत तथा ऋण सहकारीको संस्थाको २२ करोड ४४ लाख ३१ हजार ७ सय रुपैया लगानी मा रहेको छ । यो लगानी गत असार महिनामा कायम भएको हो । सहकारीले गत आवको भन्दा ६ करोड ९३ लाख ५४ हजार ९ सय २७ रुपैया कम लगानी गरेको हो ।

सहकारीको शनिबार भएको १६ औ साधारण सभामा संस्थाका अध्यक्ष लक्ष्मी नारायण श्रेष्ठले सहकारीको आर्थिक बर्ष २०८२÷०८३को बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै उक्त कुरा बताए हुन । ७ करोड ५५ लाख ५५ हजार ९ सय सेयर पुजि रहको सहकारीले २१ करोड ९ लाख ३० हजार ७ सय ८० रुपैया निक्षेप संकलन गर्ने सफल भएको छ । ४ करोड ७२ लाख ३८ हजार २ सय ३७ रुपैया सहकारीको जगेडा कोषमा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । सहकारीले आर्थिक वर्ष २०८२÷०८३मा ३ करोड ४३ लाख ८१ हजार ४ सय १४ रुपैया आम्दानी गरी २ करोड ७६ लाख २१ हजार ४ सय १४ रुपैया खर्च भइ ६७ लाख ६० हजार रुपैया खुद नाफा कमाउन सफल भएको कार्यक्रममा अध्यक्ष लक्ष्मी नारायणले बताए ।
प्रमुख अतिथि एवंम सेयर सदस्य तथा गण्डकी प्रदेश सभासद देवका पहारीले सभाको उद्घाटन गर्दै सहकारीले वित्तिय अनुसासनमा रहेर काम गर्दै आएकाले कुनै शंका नगरी आर्थिक कारोबार गर्न शेयर सदस्यहरुलाई आग्रह गरिन । सेयर सदस्यहरुको सहकार्य नै सहकारी भएको बताइन । उनले सबै सेयर सदस्यहरुले आफ्नै सहकारीमा बचत तथा ऋण लिएर कारोबार गर्नुपर्ने धारणा राखिन ।

सहकारी संस्थापक सचिब एकराज न्यौपानेले उत्पादनशिल क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल दिन सक्ने बताउदै, सहकारीले ऐन÷कानुनको पालना गरी अगाडी बढनु पर्ने बताए । सहकारीलाई गण्डकी प्रदेशकै उत्कृष्ट सहकारी रुपमा अगाडी बढाउने गृहकार्यमा लाग्न सम्पूर्ण शेयर सदस्य र संचालक समितिलाई आग्रह गरे । पोखरा महानगर पालिका वडा नं ६ पूर्व वडा अध्यक्ष तथा शेयर सदस्य गोविन्द कुमार श्रेष्ठले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले चनाखो भई आर्थिक पारदर्शितामा ध्यान दिनुपर्ने कुरामा जोड दिए । सहकारीका शेयर सदस्य जगनाथ पौडेलले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले चनाखो भई आर्थिक पारदर्शितामा ध्यान दिनुपर्ने कुरामा जोड दिए । शेयर सदस्य रेनु लामिछानले संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा सुझाब दिए्की थिइन । सहकारीले विगतमा गरेको काम बाट शिक्षा लि अगाडि बढेमा संस्थाको भविश्य उज्वल रहने विश्वास ब्यक्त गरीन ।

सभाका अध्यक्ष क्षेष्ठले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको प्रतिवेदन, सचिव चिरञ्जिवि पोखरेलले पेश गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद ढकालले पेश गरेको आर्थिक प्रतिवेदन र ऋण लगानी तथा असुलि उपसमितिका संयोजक भरत बहादुर पौडेल प्रस्तुत गरेको प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक बिष्णु प्रसाद बरालले प्रस्तुत गरेको प्रतिवेदन सुझावसहित पारित गरेको छ । सभामा स्वागत मनतब्य उपाध्यक्ष भरत बहादुर पौडेल राखेको कार्यक्रममा कार्यसमितिका सदस्य जमुना पहारीले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन । कार्यक्रममा उत्कृष्ट कारोबार दाता गोविन्द कुमार श्रेष्ठ र हिरु पुनलाइ सम्मान गरिएको थियो । माध्यमिक तथा उच्च माध्यमिक तहतर्फ उत्कृष्ट अकं ल्याउने शेयर सदस्यका छोरा छोरुहरुलाई सम्मान गरिएको सहकारीका प्रधान व्यवस्थापक डम्मरुराज बरालेले जानकारी दिए ।