तनहुँमा पुरातात्विक सम्पदा एवं ग्रामीण पर्यटन मेला मंसिर तेश्रो सातामा हुने, प्रचार टोली पोखरामा

-


     पोखरा क्लिक     
     मंसिर ५ गते २०८३ मा प्रकाशित



दीननाथ बराल,

पोखरा ५, मंसिर,

यही मंसिर २५ देखि २७ गतेसम्म तनहुँमा पुरातात्विक सम्पदा एवं ग्रामीण पर्यटन मेला हुने भएको छ । सांस्कृतिक सहर, व्यास नगर’ मूल नारासहितनहुँको व्यास नगरपालिकामा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण र ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘व्यास नगर पुरातात्विक सम्पदा एवं ग्रामीण पर्यटन मेला–२०८३’ आयोजना हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हा । मंसिर २५ देखि २७ गतेसम्म सञ्चालन हुने मेला व्यास नगरपालिका–३ स्थित दमौली सभा हल, बीपी वन बाटिकामा आयोजना गरिने भएको छ ।

व्यास नगरपालिकाको भाषा, साहित्य, कला, संस्कृति तथा ललितकलाको संरक्षण र विकास गर्ने उद्देश्यले स्थापित व्यास नगर प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष फरक विषयवस्तुमा आधारित महोत्सव आयोजना गर्दै आएको मेला संयोजक हरिसिं गुरुङले बताए । प्रतिष्ठानले २०८१ मा व्यास नगर बहुजातीय सांस्कृतिक महोत्सव र २०८२ मा व्यास नगर साहित्यिक महोत्सव सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यस वर्ष भने पुरातात्विक सम्पदा र ग्रामीण पर्यटनलाई केन्द्रमा राखेर मेला आयोजना गर्न लागिएको हो । मेलामार्फत व्यास नगरभित्र रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको पहिचान, संरक्षण र प्रचारप्रसार गर्दै नगरलाई सुन्दर, शान्त र सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

मेलाको प्रमुख आकर्षणका रूपमा स्थानीय तथा राष्ट्रिय महत्वका पुरातात्विक सम्पदाको फोटो प्रदर्शनी, विद्यार्थीलाई लक्षित जीवन्त मूर्तिकला तथा चित्रकला केन्द्र र पर्यटन विकासमा पुरातात्विक सम्पदाको भूमिकाबारे विशेष गोष्ठी सञ्चालन गरिनेछ । यसका साथै व्यास नगरभित्र रहेका १०० वर्षभन्दा पुराना सांस्कृतिक सम्पदालाई समेटेर ‘व्यास नगर सम्पदा’ नामक पुस्तकसमेत प्रकाशन गरिने आयोजकले जनाएको छ । पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय प्रवद्र्धनलाई समेत प्राथमिकता दिँदै मेलाको अवसरमा व्यास पराशर क्षेत्र (दमौली), छाब्दी बाराही र तनहुँसूरलाई डिजिटल प्रविधिमार्फत प्रवद्र्धन गरिनेछ । यी गन्तव्यका बारेमा कम्तीमा पाँच भाषा नेपाली, गुरुङ, मगर, अंग्रेजी र हिन्दीमा क्युआर कोडमार्फत जानकारी प्राप्त गर्न सकिने व्यवस्था मिलाइनेछ । व्यास पराशर क्षेत्रका लागि भने थप संस्कृत भाषामा समेत प्रचार सामग्री निर्माण गरिनेछ । यस पहलले स्थानीय पर्यटकीय गन्तव्यको जानकारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकसम्म पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ग्रामीण पर्यटन र स्थानीय मौलिकताको प्रवद्र्धनका लागि मेलाको प्रत्येक दिन करिब तीन घण्टा विभिन्न सामुदायिक होमस्टे, जातीय समुदाय तथा शैक्षिक संघसंस्थाको सहभागितामा मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। स्थानीय कला, संस्कृति, भेषभूषा, परम्परा र सांस्कृतिक विविधता झल्किने प्रस्तुतिले मेलालाई थप आकर्षक बनाउने आयोजकको अपेक्षा छ । मेलामा नगरभित्रका सामुदायिक होमस्टे व्यवस्थापन समितिले स्थानीय रैथाने बाली, परम्परागत खानाका परिकार, फलफूल, तरकारी तथा घरेलु उत्पादनका बिक्री स्टलसमेत सञ्चालन गर्नेछन्। स्थानीय उत्पादन र परम्परागत मदिरा उत्पादन तथा प्रशोधन प्रक्रियाबारे प्रदर्शन गरिने भए पनि मादक पदार्थ तथा सूर्तीजन्य सामग्रीको बिक्री वितरण र सेवनलाई मेला परिसरमा पूर्ण रूपमा निषेध गरिएको आयोजकले स्पष्ट पारेको छ ।

त्यसैगरी, तनहुँ जिल्लाका पुरातात्विक सम्पदा तथा सांस्कृतिक पर्यटनसँग सम्बन्धित पुस्तक, पुस्तिका, ब्रोसर, डमी र वृत्तचित्र प्रदर्शनसहित सूचना केन्द्र सञ्चालन गरिनेछ । मेलाको समापनसँगै करिब ३० मिनेट लामो ‘व्यास नगर सम्पदा’ वृत्तचित्र निर्माण गरी नगरपालिकाको ऐतिहासिक तथा सांस्कृतिक पहिचानको प्रचारप्रसार गरिने कार्यक्रमसमेत रहेको छ ।

कार्यक्रममा सहभागी गण्डकी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारी, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेल तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ कार्यक्रम अधिकृत युवराज गुरुङलगायतले मेलाले तनहुँ क्षेत्रको सांस्कृतिक पहिचान र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

रैथानेपन, मौलिकता र वातावरण संरक्षणलाई मेलाका मुख्य आधारका रूपमा लिइएको छ। आयोजक, सांस्कृतिक झाँकी तथा ¥यालीका सहभागी, कार्यक्रम प्रस्तोता, प्रदर्शक, अतिथि र अवलोकनकर्ताले समेत यी तीन पक्षलाई विशेष ध्यान दिन आग्रह गरिएको छ ।

व्यास नगरपालिकाले कृषि, पर्यटन र शिक्षालाई नगर विकासका प्रमुख आधारका रूपमा अघि बढाइरहेको सन्दर्भमा आयोजना हुन लागेको यस मेलाले स्थानीय सम्पदाको संरक्षणसँगै ग्रामीण अर्थतन्त्र, होमस्टे, स्थानीय उत्पादन र पर्यटन व्यवसायलाई समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ।

‘विविधतायुक्त गाउँसहर, समृद्ध मेरो व्यास नगर’ भन्ने दीर्घकालीन सोचलाई मूर्तरूप दिने अभियानका रूपमा मेलालाई सफल बनाउन आयोजकले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सहभागिताका लागि आह्वान गरेको छ ।प