राजनीति

तामझामका साथ पोखरामा सुरु भयो सडक महोत्सव (भिडियो सहित), पोखरामा देखिएको जंगल जस्ता पोलका तारहरु अब सबै अण्डरग्राउण्डमा व्यबस्थापन गर्दैछौं ः मन्त्री घिसिङ

दीननाथ बराल, पोखरा १३, पुस, नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पोखरामा अन्तराष्ट्रिय उडान गर्ने बिषय अहिलेको सरकारले भन्दा नयाँ आउने सरकारले त्यसलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । रेवान पोखराले सुरु गरेको २७ औँ पोखरा सडक महोत्सवको आइतबार उद्घाटन गर्दै मन्त्री घिसिङले जेनजी आन्दोलनबाट ६ महिना भित्र चुनाव गर्ने गरी स्थापना भएको सरकारबाट धेरै अपेक्षा गर्नु भन्दा आउने नयाँ सरकारले पोखरामा अन्तराष्ट्रिय हवाई उडान गर्ने बिषयमा मुख्य मुद्धा बनाउनु पर्नेमा… पुरा पढौ

जेनजीको माग पुरा गर्न पनि निर्वाचन तोकिएकै मितिमा हुने गरी हामी तयारी गरेका छौं ः मन्त्री खरेल ( भिडियो सहित) “अनलाइन र यूटुवलाई पनि नियमन गरिने ”

दीननाथ बराल,पोखरा १३, पुस, नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देशमा आर्थिक विकास र समृद्धि हासिल गरी शुसासन तथा भ्रष्टचार नियन्त्रणको लागि आउँदो फागुन २१ गते निर्वाचन हुनैपर्ने बताउनु भयो । संचार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार पोखरामा आयोजना गरेको आमसञ्चारलाई व्यवसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खरेलले जेनजी आन्दोलनको जगमा स्थापना भएको सरकारले आगामी फागुन २१ गते निर्वाचन गरी नयाँ सरकारलाई हस्तान्तरण गर्ने गरी अघि बढेको दाबी गर्नुभयो । https://www.youtube.com/watch?v=MffMMwjLZkA… पुरा पढौ

प्रदेश स्तरिय चलचित्र बिकास बोर्ड आवश्यक छः मन्त्री थापा (भिडियो सहित), चलचित्र पत्रकार संघको अध्यक्षमा बस्याल

दीननाथ बराल,पोखरा १२, पुस, पोखरा सहित गण्डकी प्रदेशमा रहेको विशाल सांस्कृतिक विविधता, भौगोलिक सुन्दरता र चलचित्र छायांकनका अमूल्य सम्भावनालाई व्यवस्थित रूपमा अघि बढाउन प्रदेशस्तरीय चलचित्र विकास बोर्ड गठन गर्न आवश्यक भएको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले बताए । https://www.youtube.com/watch?v=fNP9JlKqbyA शनिबार पोखरामा सम्पन्न चलचित्र पत्रकार संघ नेपाल कास्कीको छैटौँ अधिवेशन उद्घाटन गर्दै मन्त्री थापाले अघिल्लो कार्यकालमा सञ्चार तथा सूचना मन्त्रालयको नेतृत्व सम्हालेका बेला नै बोर्ड गठनको अभियान अघि बढाइए पनि मूर्त रुप लिन नसकिएको उल्लेख गर्नुभयो… पुरा पढौ

कम्युनिष्ट एकताले मात्रै भ्रष्टाचार र बिचौलियाको अन्त्य सम्भव ः पोखरा–२२ को सन्देशसभा, २० जना पार्टी प्रवेश

पोखरा, १० पुस, “भ्रष्टचारी र बिचौलियालाई हराउन अब कम्युनिष्टहरू एक थलोमा आएका हौं,” भन्ने मूल सन्देश सहित नेपाली कम्युनिष्ट पार्टी पोखरा महानगरपालिका–२२ द्वारा विहीबार पोखरा भ्यु–पोइन्टमा आयोजित सन्देशसभा सम्पन्न भएको छ । साविक समाजबादी पोखरा २२ का अध्यक्ष जगन्नाथ वास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न तहका नेताहरूले कम्युनिष्ट एकता, भ्रष्टाचार उन्मूलन र सामाजिक रूपान्तरण गर्नुपर्नमा जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री एवं अग्रज नेता तुलबहादुर गुरुङले समाजमा बढ्दै गएको नकारात्मकता, ढिलासुस्ती र पैसाको आधारमा काम हुने प्रवृत्तिले जनतालाई… पुरा पढौ

कास्की–३ मा प्रचण्डको नाम सर्वसम्मत सिफारिस, विकल्पमा १५ जना

दीननाथ बराल,पोखरा, १० पुस, नेपाली कम्युनिस्ट पार्टी कास्की क्षेत्र नम्बर ३ को बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रत्यक्षतर्फ सर्वसम्मत रूपमा पहिलो नम्बरमा सिफारिस गरेको छ । संघिय निर्वाचन समिति संयोजक भिम बहादुर बि.क. (क्षितिज) को अध्यक्षतामा आज(विहिबार) पोखरामा बसेको बैठकले प्रतिनिधि सभाको लागि कास्की ३ बाट पहिलो प्रथामिकतामा प्रचण्डलाई नै सर्वसम्वत रुपमा अघि सारेको हो । कास्की क्षेत्र नम्बर ३ दाहालको जन्मथलो भएकोले यसपटक यहाँबाट चुनाव लड्नुपर्ने माग सबै… पुरा पढौ

वर्तमान सरकार चुनाव गराउन सक्षम छैन ः एमाले सचिव अधिकारी (भिडियो सहित)

पोखरा, नेकपा एमालेका नवनिर्वाचित सचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले वर्तमान सरकार निर्वाचन गराउन सक्षम नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाए । https://www.youtube.com/watch?v=QnnIHy8ueLU उनले गत भदौ २३ गते दिउँसो १ः०० बजेपछि सवारीसाधनसहित व्यापक तोडफोड र विध्वंस भएको उल्लेख गर्दै त्यसतर्फ राज्य गम्भीर हुन नसकेको बताए । “स्कुलका विद्यार्थीलाई स्कुलकै बसमा विभिन्न स्थानमा लगेर किन झारियो ? यो कुरा तपाईं पत्रकारहरूले… पुरा पढौ

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

लेखनाथ, ४ पुस, नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक… पुरा पढौ

पोखरा महानगरमा उत्कृष्ट करदाता नेपाल मणिपाल दोश्रोमा पोखरा ग्राण्ड

पोखरा, पोखरा महानगरपालिकामा गत बर्ष सबै भन्दा बढी कर तिर्ने उत्कृष्ट करदाताको रुपमा नेपाल मणिपाल एजुकेशन सम्मानित भएको छ । नेपाल मणिपाल एजुकेशन एण्ड ग्रुपले मालपोत सम्पत्ति कर वापतको ३६ लाख १४ हजार १५ रुपैया कर तिरेको भन्दै महानगरले महानगर स्थापना दिवसको अवसरमा सम्मान गरेको हो । त्यसै गरी पोखरा ग्राण्ड प्रा.लि.उत्कृष्ट करदाता मध्य दोश्रो हुन सफल भएको छ । मणिपालले गत बर्ष २१ लाख ८४ हजार १ सय ८६ रुपैया कर तिरेको महानगरले जनाएको छ । त्यसै गरी महेश… पुरा पढौ

फेवाताल संरक्षणमा प्रदेश सरकार अब याक्सनमा जानेः मुख्यमन्त्री पाण्डेको भनाई

दीननाथ बराल,पोखरा, २ पुस पोखराको पर्यटकीय गन्तव्य फेवातालको अस्तित्व र सौन्दर्य जोगाउन प्रदेश सरकार अब याक्सनमा उत्र्रिने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षण अभियान अन्तर्गत तालको ६५ मिटरभित्र बनेका संरचना हटाउने कार्य अब नीतिगत छलफलमै सीमित नरही प्रत्यक्ष कार्यान्वयनमा जाने स्पष्ट संकेत दिनुभएको छ । https://www.youtube.com/watch?v=JN4AvFmr3S8 पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले फेवातालको सीमा निर्धारण टुंगो लागेपछि अब दोस्रो चरणको काम सुरु हुने उल्लेख गर्नुभयो । उहाँका अनुसार हटाउने प्रक्रिया सर्वसाधारणबाट… पुरा पढौ

पोखरा महानगरको नवरत्न सम्मानबाट ९ जना श्रष्टा सम्मानित (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २ पुस, पोखरा महानगरपालिकाले पोखराको गौरवको रुपमा रहेका नौं जना श्रष्टालाई पोखरेली नवरत्न सम्मानबाट सम्मान गरेको छ । पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा महानगरले पोखरामा बसेर विभिन्न क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुर्याउनु भएको ९ जनालाई पोखरेली नवरत्न सम्मान सहित नगद २ लाख २ हजार २०२ रुपैया प्रदान गर्दै सम्मान अपर्ण गरेको हो । https://www.youtube.com/watch?v=JN4AvFmr3S8 धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल, संगीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशिलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा.डा.बिरेन्द्रसिंह… पुरा पढौ