पोखरा महानगरमा उत्कृष्ट करदाता नेपाल मणिपाल दोश्रोमा पोखरा ग्राण्ड

-


     पोखरा क्लिक     
     पौष २ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखरा महानगरपालिकामा गत बर्ष सबै भन्दा बढी कर तिर्ने उत्कृष्ट करदाताको रुपमा नेपाल मणिपाल एजुकेशन सम्मानित भएको छ । नेपाल मणिपाल एजुकेशन एण्ड ग्रुपले मालपोत सम्पत्ति कर वापतको ३६ लाख १४ हजार १५ रुपैया कर तिरेको भन्दै महानगरले महानगर स्थापना दिवसको अवसरमा सम्मान गरेको हो ।

त्यसै गरी पोखरा ग्राण्ड प्रा.लि.उत्कृष्ट करदाता मध्य दोश्रो हुन सफल भएको छ । मणिपालले गत बर्ष २१ लाख ८४ हजार १ सय ८६ रुपैया कर तिरेको महानगरले जनाएको छ । त्यसै गरी महेश बहादुर भट्टराईले ११ लाख १४ हजार १ सय २६ रुपैया मालपोत र सम्पत्ति कर तिर्दै तेश्रो हुनु भएको छ । नियमित करदाताको रुपमा धिरज अर्याल, रामबाबु , राधा तिमिल्सिना रहेको महानगरले जनाएको छ ।

यसैबिच, महानरले मणिपाललाई राजस्व छुट गरेको विषय अहिले पनि अख्तियारमै विचाराधीन रहेको अबस्थामा सम्मान गर्नुले केहीले महानगर माथि प्रश्न गर्नु भएको छ । मणिपालले महानगरलाई तिर्नुपर्ने नक्सापास बापतको करिब १९ करोड तिर्न बाँकी रहेको बताइन्छ । महानगरले नियमविपरित अस्पताललाई कर छुट दिने निर्णय गरेकोमा स्थानिय र केही जनप्रतिनिधिले बिरोध जनाउदै आएका थिए । मणिपाल अस्पताललाई महानगरको २०७९ चैत १० गते भएको बैठकले कर छुट दिने निर्णय गरेको थियो । बैठकले उक्त कर छुट दिएर एक करोड ७५ लाख लिई मणिपाललाई भवन सम्पन्न प्रमाणपत्र दिने निर्णय लिएको थियो । उक्त निर्णय बिरुद्ध १५ औँ नगरसभाले बदर गर्ने निर्णय गर्यो । उक्त सभाले कर निर्धारण समिति गठन गरेकोमा समितिले हालसम्म प्रभावकारी काम गर्न सकेको छैन।