फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङलाई मातृशोक

-


     पोखरा क्लिक     
     कार्तिक ३ गते २०८३ मा प्रकाशित


पोखरा, ३ कार्तिक,

फोटो पत्रकार संघ कास्कीका अध्यक्ष, नेपाल पत्रकार महासंघ कास्कीका पूर्वकोषाध्यक्ष तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य राम गुरुङलाई मातृशोक परेको छ । उनकी ममतामयी आमा शान्तिदेवी गुरुङको ७७ वर्षको उमेरमा मंगलबार बिहान ४ः३० बजे निधन भएको हो ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित शान्तिदेवीको पोखरास्थित हरियोखर्क अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी पोखरा महानगरपालिका–१२, माटेपानीमा बस्दै आएकी थिइन् । स्वर्गीय शान्तिदेवीका श्रीमान्, दुई छोरा, बुहारी, एक छोरी, ज्वाइँ, चार नाति, दुई नातिनी, एक नातिनीबुहारी र एक पनाति छन् । उनका जेठा छोरा राम गुरुङ लामो समयदेखि पत्रकारिता तथा फोटो पत्रकारितामा सक्रिय छन् । उनले पत्रकारिता क्षेत्रका विभिन्न संघसंस्थामा रहेर योगदान पुर्‍याउँदै आएका छन् ।

शान्तिदेवीको निधनप्रति नेपाल पत्रकार महासंघ कास्कीले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । महासंघले शोकसन्तप्त राम गुरुङसहित सम्पूर्ण गुरुङ परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । स्वर्गीय शान्तिदेवीको अन्त्येष्टि पोखराको रामघाटस्थित बौद्ध अर्घौं सदनमा गरिएको पारिवारिक स्रोतले जनाएको छ ।



This will close in 20 seconds