पर्वत, १८ असोज, अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावित पर्वतको फलेवास नगरपालिका–८, ठाना मौला, सल्यानीधाराका २० घरपरिवारलाई विश्वकर्मा समाज नेपालले राहत सामग्री वितरण गरेको छ। विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीको तर्फबाट सोमबार घटनास्थलमै पुगेर प्रभावित परिवारलाई प्रतिपरिवार एक बोरा चामल, नुन, तेल, सोयाबिन, दाल, चिनी, चियापत्ती र आलुलगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो। साथै, प्रभावित परिवारलाई बसोबासमा सहयोग पुगोस् भन्ने उद्देश्यले ओछ्याउनका लागि म्याटसमेत वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्री र सम्बन्धित वडाका…
पुरा पढौ