पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणका लागि संघ सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट गण्डकी प्रदेशमा ३० भन्दाबढिको मृत्यू भएको थियो भने पुल, सडक, विद्यालय, सरकारी कार्यालय र घरहरु गरि भौतिक पूर्वाधारमा ठुलो क्षति पुगेको छ । मुख्यमन्त्री पाण्डेले अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेट गरी असोज ९ देखि ११ गतेसम्मको बाढीपहिरोबाट गण्डकी प्रदेशका मनाङ, म्याग्दी, बागलुङ, पर्वतलगायत जिल्लामा पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गरिनुपर्नेमा…
पुरा पढौ