समाचार

गणेश तथा भद्रकाली मन्दिरद्धारा बाढीपीडितलाई एक लाख सहयोग

पोखरा, १५ असोज, पोखरा महानगरपालिका वडा नं १२÷१३ स्थित श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिले रसुवा, नुवाकोट, धादिङलगायतका बाढीपीडितका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ । समितिले बुधबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विपद्को घडीमा प्रभावित समुदायलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम कोषमा जम्मा गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान श्रेष्ठले बताए । सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै समितिले जम्मा गरेको रकमको भौचर मन्दिर सेवा समिति परिवारले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह… पुरा पढौ

कान्तिपुर एकेडेमी र त्रिवेणी पब्लिकबाट बाढीपीडितलाई सहयोग

पोखरा, पोखरा–१४ चाउथेमा अवस्थित कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी र पोखरा–२७ मा अवस्थित त्रिवेणी पब्लिक माविले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा लागि सहयोग गरेका छन्। रसुवा जिल्लामा प्राकृतिक विपद्का कारण प्रभावित बनेका नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीले एन प्याब्सन कास्की मार्फत १ लाख ११ हजार १ सय ११ रुपैया प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने गरी रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य तथा… पुरा पढौ

पोखरामा असोज २४ देखि ‘दशैं फेस्ट’ स् एउटै स्टेजमा तृष्णा गुरुङ, मन्त्र र टुकी गुञ्जिँदै

पोखरा, नेपालीहरूको महान् पर्व बडादशैंको अवसरमा पोखरामा आयोजना हुन लागेको ‘दशैं फेस्ट २०८३’ मा चर्चित सांगीतिक समूह मन्त्र, गायिका तृष्णा गुरुङ एण्ड द कोल्याब तथा टुकी एउटै मञ्चमा प्रस्तुत हुने भएका छन्। मिररकिङ्ग इन्टरटेन्मेन्ट प्रालि र बीटुडी डान्स स्कुलको संयुक्त आयोजनामा आगामी असोज २४ देखि २६ गतेसम्म पोखराको अमरसिंह चौरमा ‘दशैं फेस्ट २०८३’ आयोजना हुन लागेको हो। ‘संगीत, संस्कृति र नृत्यलाई एउटै मञ्चमा’ भन्ने अवधारणासहित आयोजना गर्न लागिएको फेस्टमा नेपाली मौलिक कला, संस्कृति, नृत्य तथा संगीतलाई विशेष प्राथमिकता दिइने आयोजकले… पुरा पढौ

प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरु

पोखरा, काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित प्रतिभा बिजनेस स्कुलमा सूचना प्रविधिमा स्नातक तह (बीआईटी) को पहिलो शैक्षिक सत्र सुरु भएको छ । ‘“बीआईटी यात्रा शुभारम्भ सिकाइ, नवप्रवर्तन र व्यावसायिक विकास” भन्ने नारासहित मंगलबार आयोजित कार्यक्रममा पहिलो ब्याचका विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरणसँगै शिक्षक तथा कर्मचारीका लागि प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले कार्यक्रमको शुभारम्भ गर्दै विद्यार्थीको शैक्षिक तथा व्यावसायिक भविष्य निर्माणका लागि विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले सूचना… पुरा पढौ

पोखराका बिन्दबासिनी र लामेआहाल बसपार्कको प्रारम्भिक डिजाइन अन्तिम

पोखरा, पोखराको बिन्दबासिनी बसपार्क ९साबिक बागलुङ बसपार्क० र लामेआहाल बसपार्क निर्माणका लागि तयार गरिएको अवधारणागत योजना तथा प्रारम्भिक डिजाइनलाई अन्तिम रूप दिइएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा महानगरपालिका, एसियाली विकास बैंक (एडीबी) परियोजना टोली तथा परामर्शदाता कम्पनीका प्रतिनिधिबीच भएको संयुक्त भर्चुअल बैठकले दुवै बसपार्कको प्रारम्भिक डिजाइनलाई अन्तिम रूप दिएको हो। बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, एडीबीका प्रिन्सिपल ट्रान्सपोर्ट स्पेसलिस्ट अरुण रामामुर्थि, एडीबीको दिगो शहरी गतिशीलता टोली तथा शाह कन्सल्ट इन्टरनेसनल प्रालिकी पुनम साहसहित डिजाइन टोली सहभागी… पुरा पढौ

पोखराको अन्तर्राष्ट्रिय उडान जोगाउन ३–४ महिना साथ दिन महानगरको आग्रह

पोखरा, १४ असोज, पोखरा–दुबई नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखरा महानगरपालिकाले यसको निरन्तरताका लागि आगामी ३ देखि ४ महिना विशेष प्राथमिकताका साथ साथ दिन नागरिक, पर्यटन व्यवसायी, निजी क्षेत्र तथा यात्रुलाई आग्रह गरेको छ। महानगरका प्रमुख धनराज आचार्यले पोखराबाट सुरु भएको अन्तर्राष्ट्रिय उडानलाई एउटा हवाई सेवा मात्र नभई पोखरा र समग्र गण्डकीको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ। उहाँले सम्भव भएसम्म काठमाडौंको सट्टा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर यात्रा गर्न आग्रह गर्नुभएको हो। “तपाईं विदेश यात्रा गर्दै… पुरा पढौ

मुख्यमन्त्री पाण्डे बाढी, पहिरो प्रभावित क्षेत्र मनाङमा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बाढीपहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिनुभएको छ । निरीक्षणका क्रममा चामे पुग्नुभएका मुख्यमन्त्री पाण्डेले स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सुरक्षा समिति तथा प्रदेश मातहतका कार्यालयका प्रमुखहरूसँग छलफल गर्दै बाढीपहिरोका कारण अवरुद्ध सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउने र प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन आवश्यक कार्य तत्काल अघि बढाउने विषयमा छलफल गर्नुभएको हो । केही दिन अघि ठाडो खोलामा आएको पहिरोले मस्याङ्दी… पुरा पढौ

काठमाडौँ–सांघाई सीधा उडान पुनः सञ्चालन

काठमाडौँ–सांघाई–काठमाडौँ रुटमा हिमालय एअरलाइन्स्ले नियमित सीधा उडान पुनः सञ्चालन गरेको छ। एअरलाइन्स्ले सोमबार, सेप्टेम्बर २८, २०२६ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच सेवा सुरु गरेको हो। हिमालय एअरलाइन्स्को उडान एच९ ७९१ ले सेप्टेम्बर २८ साँझ काठमाडौँबाट उडान भरी सेप्टेम्बर २९ बिहान २ः३६ बजे सांघाई पुडोङ विमानस्थलमा अवतरण गरेको थियो। त्यसैगरी, एच९ ७९२ ले सेप्टेम्बर २९ बिहान ४ः३६ बजे सांघाईबाट उडान भरी बिहान ८ः१३ बजे काठमाडौँ अवतरण गरेको एअरलाइन्स्ले जनाएको छ। प्रारम्भिक चरणमा यस रुटमा साप्ताहिक दुई… पुरा पढौ

दशैँ महोत्सव सफल बनाउन पर्यटन क्षेत्रको सामूहिक प्रतिबद्धता

पोखरा १३ असोज, नेपालीहरूको महान पर्व दशैँलाई पर्यटनसँग जोड्दै आयोजना गर्न लागिएको ‘दशैँ पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३’ लाई सफल बनाउन पोखराका पर्यटनसम्बद्ध संघ–संस्थाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा हुने महोत्सवका विषयमा मंगलबार पोखरामा आयोजित छलफल कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले महोत्सवलाई एउटा संस्थाको मात्र कार्यक्रम नभई समग्र पोखराको पर्यटन क्षेत्रको साझा कार्यक्रमका रूपमा अपनत्व लिएर सफल बनाउनुपर्नेमा प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘टिका, जमरा र चङ्गा चेट–पोखरामा पर्यटकसँग दशैँ… पुरा पढौ

भुटानी राष्ट्रिय क्रिकेट टोली गण्डकीसंग ८ विकेटले पराजित

दीननाथ बराल, पोखरा, १३ असोज, विश्व पर्यटन दिवसको सन्र्दभमा पोखरा आज देखि सुरु भएको अभ्यास खेलमा घरेलु टिम गण्डकी प्रदेश क्रिकेट टोलीले पाहुना टोली भुटानको राष्ट्रिय पुरुष क्रिकेटको समुहलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आज (मंगलबार) भएको खेलमा गण्डकीले ८ विकेटले जित हासिल गरेको हो । भुटानले दिएको ९७ रनको सामान्य लक्ष्य गण्डकीले ११ ओभरमै २ विकेट गुमाएर लक्ष्य सहज पूरा गर्दै प्रभावशाली जित हासिल गरेको हो ।गण्डकीको जितमा ईश्वर क्षेत्रीले अविजित ३४ रनको योगदान दिए ।… पुरा पढौ

This will close in 20 seconds