पोखरा, नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढेसँगै पार्टीभित्र नेतृत्व, संगठन निर्माण र नयाँ पुस्ताको भूमिकाबारे बहससमेत तीव्र बनेको छ। यही क्रममा नेपाली कांग्रेसका युवा नेता मौसम कार्कीले पार्टीभित्र गुटगत प्रभावभन्दा स्वच्छ प्रतिस्पर्धा, क्षमता र योगदानका आधारमा नेतृत्व चयन हुनुपर्ने धारणा अघि सारेका छन्। माछापुच्छ्रे गाउँपालिकाबाट क्षेत्रीय प्रतिनिधिका रूपमा प्रतिनिधित्व गरिरहेका कार्कीले कांग्रेसका विभिन्न फोरम तथा कार्यक्रममा पार्टीभित्र गुट, नातावाद र कृपावादभन्दा योग्य तथा सक्रिय कार्यकर्तालाई अवसर दिनुपर्ने विषय उठाउँदै आएका छन्। कार्कीका अनुसार पार्टीमा कुनै नेतासँगको व्यक्तिगत निकटता वा…
पुरा पढौ