दीननाथ बराल, पोखरा ९, असोज, कास्कीमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले रातिको समयमा सवारी साधन सञ्चालन नगर्न, पदयात्रामा ननिस्कन तथा पदयात्रामा रहेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै नदी, खोला, नाला तथा तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ८ गते बिहीबारदेखि ११ गते आइतबारसम्म कास्की सहित आसपासका क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै…
पुरा पढौ