समाचार

पोखरामा पाल्पाको ऐतिहासिक लाखे नाच प्रदर्शन, कलाकारलानई २ लाख उपहार (भिडियो सहित)

पोखरा, पोखरामा पाल्पाको ऐतिहासिक लाखे नाच प्रदर्शन गरिएको छ । सिटिजन फर्निचरको आयोजना एवं पाल्पाली समाज पोखराको व्यवस्थापनमा आइतबार पोखराको न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि उक्त नाच देखाइएको हो । राति ७ बजेदेखि सुरु भएको नाच हेर्न पोखरेलीको ठूलो संख्यामा भिड लागेको थियो । https://www.youtube.com/watch?v=NKMzQDFF-Ew&t=17s सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले तेस्रो संस्करणको रुपमा उक्त नाच देखाइएको बताए । मनोरञ्जनात्मकभन्दा पनि सांस्कृतिक एवं ऐतिहासिक महत्वको रुपमा नियमित कार्यक्रमअन्तर्गत उनको आफ्नै गाउँ पाल्पा… पुरा पढौ

भोटेकोशी बाढी प्रभावितका लागि पोखरा यातायात प्रालिले ४ लाख रुपैयाँ सहयोग गर्ने

दीननाथ बराल,पोखरा, १६ भदौ भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पोखरा यातायात प्रालिले ४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरिएको प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले पोखराक्लिकलाई जानकारी दिनुभयो। प्रालिले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष गुरुङले बताउनुभयो। “देशमा… पुरा पढौ

व्यवसायीको सुझाव सुन्दै घरदैलोमा उत्तममान बुद्धाचार्य

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्य व्यवसायी भेटघाट तथा घरदैलो अभियानमा व्यस्त भएका छन्। बुद्धाचार्यले पोखराका विभिन्न क्षेत्रका उद्योगी व्यवसायीकलाई भेटघाट गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षा सुनिरहेका छन्। घरदैलोका क्रममा उनले व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्दै आगामी नेतृत्वबाट उनीहरूले चाहेको विषयबारे जानकारी लिइरहेका छन्। व्यवसायीका दैनिक समस्या, बजारको अवस्था, पार्किङ तथा सामान ढुवानीलगायतका विषयमा व्यवसायीसँग प्रत्यक्ष छलफल भइरहेको उनको भनाइ छ। ुउहाँहरूको सुझाव र अपेक्षालाई आगामी योजनामा समेटेर अघि बढ्ने मेरो प्रयास… पुरा पढौ

युनाईटेड क्लब पोखरा द्वारा रसुवा बाढी प्रभावितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोष मार्फत १ लाख सहयोग

पोखरा, युनाईटेड क्लब पोखराले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक लाख सहयोग गरेको छ । सरकारले आर्थिक सहयोग संकलन गर्न एकद्वार प्रणाली मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा क्लवले नगद एक लाख सहयोग गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा रकम संकलन पश्चात क्लबका अध्यक्ष लोक बहादुर थापा सहितको पदाधिकारीको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ समक्ष जानकारी गराएका छन । सो अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले युनाईटेड… पुरा पढौ

भोटेकोशी बाढी प्रभावितलाई लेउवा संघको सहयोग, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख प्रदान

लेखनाथ, १४ भदौ, भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतमा सघाउन लेखनाथ उद्योग वाणिज्य संघले ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु २ लाख आर्थिक सहयोग जम्मा गरेको छ । यस विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनामा सहयोग पु¥याउने संस्थागत दायित्व महसुस गर्दै आफूहरूले उक्त रकम जम्मा गरेको संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले जानकारी दिएकी छिन । विपद्को समयमा निजी क्षेत्रको तर्फबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उद्धार, राहत तथा पुनस्र्थापनाका कार्यमा सरकारसँग… पुरा पढौ

बी.पी मार्गका आमाहरुले तीजको खुसी पीडितका आँसु पुछ्न खर्चिए

पोखरा, १५ भदौ, तीज भन्नासाथ रातो सारी, मिठा परिकार, नाचगान र रमाइलोको झल्को आउँछ । तर, पोखरा–१३ का केही आमाहरुले यसपटक तीजको खुसीलाई सामाजिक उत्तरदायित्व सम्झेका छन् । देशमा आइपरेको विपद्को पीडामा मलम लगाउने उद्देश्यले उनीहरूले तीजका लागि जुटाएको रकम उद्धार कोषमा जम्मा गरेका छन् । पोखरा महानगरपालिका–१३, बी.पी. मार्ग ‘ख’ आमा समूहले तीज मनाउनका लागि संकलन गरेको एक लाख पाँच हजार पाँच रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमवार जम्मा गरेको हुन् । विपद्को कठिन घडीमा चाडपर्वको रमझमभन्दा मानवीय… पुरा पढौ

लेकसिटीका विद्यार्थी पढाइसँगै पीडितको घाउमा मलम लगाउँदै

पोखरा, १५ भदौ, कक्षाकोठामा सामाजिक कार्यको पाठ पढिरहेका विद्यार्थीले त्यही ज्ञानलाई व्यवहारमा उतार्दै विपत्तिमा परेका नागरिकको पीडामा मलम लगाउने प्रयास गरेका छन् । पोखराको गैरापाटन स्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा सामाजिक कार्य (बिएएसडब्लु) अध्ययनरत विद्यार्थीहरूले भोटेकोसी बाढीपीडितका लागि राहत सामग्री संकलन गरी हस्तान्तरण गरेका छन् । भोटेकोसीमा गत १० भदौमा आएको बाढीले धेरै नागरिकको जनजीवन प्रभावित भएपछि विद्यार्थीहरू सहयोगको भावनासहित राहत संकलन अभियानमा जुटेका थिए । आफूले सक्ने सहयोग जुटाउँदै उनीहरूले संकलन गरेको खाद्यान्न, लत्ताकपडा तथा स्वास्थ्य र सरसफाइका… पुरा पढौ

बाढी प्रभावितको उद्धार तथा राहतका लागि गण्डकी रेन्वो ट्राउट फार्मद्वारा ५ लाख १६ हजार रुपैयाँ सहयोग

दीननाथ बराल,पोखरा, भदौ १५, रसुवाको भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजी, उपचार तथा राहतका लागि कास्की माछापुच्छ्रे गाउँपालिका–सार्दीखोलामा रहेको गण्डकी रेन्वो ट्राउट फार्म एवं सञ्चालकद्वय अमृत गुरुङ र लक्षिन गुरुङले ५ लाख २० हजार ५०५ रुपैयाँ सहयोग गरेका छन्। फार्मले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ५ लाख ५ हजार रुपैयाँ तथा फार्ममा कार्यरत कर्मचारीहरूले १५ हजार ५०५ रुपैयाँ गरी कुल ५ लाख १६ हजार ५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। भदौ १० गते… पुरा पढौ

तीजको कार्यक्रम स्थगित गर्दै पोखरा–२२ का तीन संस्थाले राहत कोषमा १ लाख १ हजार दिए

पोखरा, भदौ १५, देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला पोखरा महानगरपालिका–२२ का तीन संस्थाले तीज कार्यक्रम स्थगित गर्दै राहत कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन् । पोखरा–२२ मा आयोजना गर्ने तयारी गरिएको वडा नं.२२ स्तरीय खुला तीज गीत प्रतियोगिता तथा तीज विशेष कार्यक्रम देशमा देखिएको विपद्को संवेदनशील अवस्थालाई मध्यनजर गर्दै स्थगित गरिएको कालिमाटी शान्ति स्तुप टोल विकास संस्थाका अध्यक्ष दिनेश बरालले जानकारी दिए । कार्यक्रम आयोजक कालिमाटी शान्ति स्तुप टोल विकास… पुरा पढौ

भजन तथा रत्यौली बाट संकलन एवं तीजको दर खानका लागि छुट्याइएको रकम बाढी प्रभावितलाई

पोखरा, भदौ १५, रसुवा तथा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले महिला मिलन समूह, नदीपुर–३, पोखराले एक लाख रुपैयाँ सहयोग गरेको छ । समूहकी अध्यक्ष बिन्दु पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यसमितिको बैठकले बाढीपीडितको सहयोगार्थ उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो। विपद्का कारण पीडामा रहेका परिवारलाई राहत र हौसला प्रदान गर्ने उद्देश्यले समूहले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने निर्णय गरेको अध्यक्ष पाण्डेले जनाउनु भयो । विभिन्न अवसरमा नाच, भजन तथा रत्यौली कार्यक्रममार्फत संकलन गरिएको रकममध्ये तीजको… पुरा पढौ

This will close in 20 seconds