मदरल्याण्डमा गणित हाजिरी जवाफ

-


     पोखरा क्लिक     
     असाेज ५ गते २०८३ मा प्रकाशित


पोखरा, असोज ५,

पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । कक्षा १२ मा विज्ञान समूहका विद्यार्थीले मात्र उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । विद्यार्थीमा गणितसम्बन्धि अतिरिक्त ज्ञान दिलाउनका लागि प्रतियोगिता आयोजना
गरेको संयोजक विष्णुप्रसाद गौतमले बताए । उनका अनुसार प्रतियोगितामा कक्षा १२ का विज्ञान समूहका ४६ वटा टिमका ९२ जना विद्यार्थी सहभागि थिए ।

प्रतियोगितामार्फत विद्यार्थीले आफ्नो गणितीय ज्ञानसँगै तार्किक सोच, छिटो निर्णय गर्ने क्षमता, आत्मविश्वास र समूहमा काम गर्ने अवसर पाएको गौतमले बताए । प्रारम्भिक चरणमा विभिन्न प्रतिश्पर्धाबाट १८ वटा टिम छनोट गरिएको थियो । पछि तिनै १८ वटा टिमलाई ६–६ टिमका तीन समूहमा विभाजन गरि पुन प्रतिश्पर्धा गराइएको थियो । प्रत्येक समूहबाट उत्कृष्ट बनेका २–२ टिम छनोट गरेर अन्तिम चरणमा ६ वटाबिच फाइनल प्रतिश्पर्धा गरिएको उनले बताए । गौतमका अनुसार शभ्य मल्ल र अहमन गुरुबको समूह प्रथम, अनुपम श्रेष्ठ र विवेक
सुवेदीको समूह द्वितीय, विश्वास शर्मा र सन्देश क्षेत्रीको समूह तेश्रो भएको थियो ।

अभिनवपराजुली र निष्चल बास्तोलाको समूह चौथो, शौरभ कुँवर र प्रान्जल पौडेलको समूह पाँचौ तथा स्पन्दन त्रिपाठी र सन्तोष आचार्यको टिम छैठौं भएको थियो । विद्यालयका प्राचार्य डा. नारायण बरालले कक्षाकोठाभित्रको सिकाईलाई व्यवहारिक, प्रतिश्पर्धात्मक बनाउँदै गणितीय सोंच, तार्किक क्षमता, आत्मविश्वास, नेतृत्व र समूहमा काम गर्ने उद्देश्यले यस्ता कार्यक्रम आवश्यक रहेको बताए । विद्यालयले विद्यार्थीमा किताबी ज्ञान बाहेक बाह्य ज्ञान दिलाउन यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए ।प्लस टु संयोजक नारायण आचार्यले गणित केवल प्रश्नको उत्तर निकाल्ने विषयमात्र नभई सोच्ने, तर्क गर्ने र समस्यालाई नयाँ दृष्टिबाट समाधान गर्ने कला भएकोले यस्ता प्रतिश्पर्धा आयोजना गरेको बताए ।