पोखरा, ३ असोज, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले विद्यालय तहबाटै विद्यार्थीलाई व्यावहारिक शिक्षा, संस्कृति र आत्मनिर्भरतासँग जोड्ने अभ्यासले नयाँ पुस्ताको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ। कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शनिबार आयोजित दोस्रो कार्निभलको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले विद्यार्थीले आफैं स्टल सञ्चालन गरी परिकार तथा सिर्जनात्मक सामग्री बिक्री गर्नु व्यवहारिक सिकाइको उत्कृष्ट अभ्यास भएको बताउनुभयो। यस्ता गतिविधिले विद्यार्थीमा आत्मविश्वास, उद्यमशीलता, अनुशासन र आत्मनिर्भरताको भावना विकास गर्ने उहाँको भनाइ थियो। नेपाल विविध जाति, भाषा र संस्कृतिले समृद्ध…
पुरा पढौ