शिक्षा

प्रतिभा माविमा वार्षिक खेलकुद गतिविधि सुरु

पोखरा, मंसिर १८, विद्यार्थीमा खेल उत्साह बढाउने र नयाँ खेलाडी पहिचान गर्नका लागि पालिखेचोकस्थित प्रतिभा माविमा विहीबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु गरिएको छ । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागि आयोजित कार्यक्रममा विभिन्न खेल गतिविधि संचालन गरिनेछ । तीनदिनसम्म चल्ने वार्षिक खेलकुद कार्यक्रमको पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले उद्घाटन गरेका थिए । खेलकुद कार्यक्रमका संयोजक राकेश जोशीका अनुसार वार्षिक खेल गतिविधि अन्र्तगत बास्केटबल, भलिवल, फुटसल, क्रिकेट, ब्याडमिन्टन, चेस, टेवलटेनिस र एथलेटिक्सका खेल खेलाईनेछ । विभिन्न कक्षाका… पुरा पढौ

मदरल्याण्ड माविमा तीनदिने वार्षिक खेलकुद

पोखरा, मंसिर १८, पोखरा महानगरपालिका–७ मासवारस्थित मदरल्याण्ड माविमा विहीबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । तीनदिनसम्म चल्ने कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीले विभिन्न खेल गतिविधिमा सहभागिता जनाउनेछन । व्यक्तिगत र समूहगत रुपमा सहभागिता जनाउन पाउनेगरि विद्यालयमा खेलकुद कार्यक्रम आयोजना गरिएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए । आचार्यका अनुसार तीनदिन अवधिमा छात्र तथा छात्राको ब्याडमिन्टन, भलिवल, बास्केटबल, चेस, टेवलटेनिस र फुटसलका गतिविधि हुनेछन । आन्तरिक प्रतिश्पर्धाका आधारमा उत्कृष्ट हुने विद्यार्थीले मेडल र प्रमाणपत्र समेत पाउनेछन… पुरा पढौ

स्टेप–बाई–स्टेप मा.वि.को वार्षिक खेलकुद महोत्सव पोखरा रङ्गशालामा सुरु

पोखरा, पोखरा मासवारमा रहेको स्टेप–बाई–स्टेप माध्यमिक विद्यालयमा बार्षिक खेलकुद महोत्सव २०८२ आज पोखरा रङ्गशालामा विशेष समारोहका बीच सुरु भएको छ। विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल, संस्थापक प्राचार्य निर्मला बराल, सह–प्राचार्य दिपक गिरी र को–अर्डिनेटर सूर्य प्रसाद लम्सालले संयुक्त रूपमा बेलुन उडाउँदै तीन दिने खेलकुद महोत्सवको उद्घाटन गर्नुभयो। महोत्सव अन्र्तगत सिनियर र जुनियर वर्गका विद्यार्थीहरू बीच फुटबल, क्रिकेट, टेबल टेनिस, बास्केटबल, कबड्डी, खो–खो, ब्याडमिन्टन, १००, २००, ४००, ८०० र १६०० मिटर दौड, ४×१०० मिटर रिले, म्युजिकल चेयर, चम्चा दौड, बेलुन फुटाई… पुरा पढौ

कोरियाबाट फर्किएका श्रमिकहरूको पुनःस्थापना कार्यक्रम पोखरामा सम्पन्न, विदेशको सिप नेपालमा प्रयोग गर्न सुझाव

पोखरा, कोरियाबाट फर्किएका नेपाली श्रमिकको दिगो पुनःस्थापनाका लागि कोइका अन्तर्गत संचालित ‘के–हामी’ परियोजनाले गण्डकी प्रदेशको पोखरामा पुनःस्थापना जानकारी कार्यक्रम हालै सम्पन्न गरेको छ । कार्यक्रमले विदेशी रोजगारपछि स्वदेश फर्किएका श्रमिकलाई उद्यमशीलता, व्यवसायिक योजना तथा सीप विकासमा प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । विदेशमा सिकेका ज्ञान सिपलाई नेपाली भूमिमा लागु गर्न आफुहरुले आग्रह गरिएको अंकुर नेपाल पोखराका अध्यक्ष सुमन बहादुर थापाले बताए । थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका विशेष अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव कृष्ण प्रसाद सापकोटा रहेका थिए।… पुरा पढौ

एडुब्रिज कन्सल्टेन्सीको आठौं शाखा विरौटामा

पोखरा, मंसिर १४ , एडुब्रिज कन्सल्टेन्सीले पोखराको विरौटामा आठौं शाखा विस्तार गरेको छ । एडुब्रिज कन्सल्टेन्सीका सञ्चालक योगेश क्षेत्री र गण्डकी प्रदेश शाखाका निर्देशक किसान सुनारले सयुक्त रुपमा शाखाको उद्घाटन गरे । शाखाको उद्घाटनपछि बोल्दै एडुब्रिज कन्सल्टेन्सीका निर्देशक योगेश क्षेत्रीले नेपाली विद्यार्थीसँगै विदेशी विद्यार्थीहरुलाई पनि नेपालको विभिन्न क्षेत्रमा अध्ययनका लागि ल्याउन सहजिकरण गर्दै आएको बताए । ‘एडुब्रिज कन्सल्टेन्सीले नेपाली विद्यार्थीहरुलाई वैदेशिक उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिदैं आएका छौं, क्षेत्रीले भने, ‘हामीले अहिले पर्यटनको राजधानी पोखरामा शाखा विस्तार गरिसकेका… पुरा पढौ

कान्तिपुर एकेडेमीमा स्पोर्ट मिट

पोखरा , कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी पोखरा– १० चाउथेको वार्षिक स्पोर्ट मिट कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीका अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्दै विद्यार्थीको चौतर्फी क्षमता विकास गर्ने उद्देश्यका साथ विद्यालयले स्पोर्ट मिट कार्यक्रम आयोजना गरेको हो । एन प्याव्सन कास्कीमा आबद्ध यस विद्यालयले हरेक वर्ष विद्यार्थीका क्षमता पहिचान गर्न यस्ता खालका कार्यक्रम आयोजना गर्दै आएको छ । आइतबार भएको स्पोर्ट मिटमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरू पोखरा रङ्गशाला र कक्षा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरूको प्रतियोगिता… पुरा पढौ

प्रतिभा माविमा फुटसल

पोखरा, मंसिर १३, पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत शनिबारदेखि फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा छात्रहरुका विभिन्न समूहले आन्तरिक प्रतिश्पर्धा गरेका छन् । प्रतियोगिताको विद्यालयका प्राचार्य किरण सापकोटा, प्रतियोगिता संयोजक राकेश जोशी लगायतले उद्घाटन गरेका थिए । विभन्न ३६ वटा टिमले भाग लिएको प्रतियोगितामा कक्षा ११ र १२ का विभिन्न कक्षाबाट छात्रहरुले सहभागिता जनाएका थिए । विद्यार्थीभित्रको खेल क्षमता पहिचान गर्नका लागि प्रतियोगिता आयोजना गरेको प्राचार्य सापकोटाले बताए । ‘विद्यालयले हरेक वर्ष खेलकुद सप्ताह गर्दै आएको… पुरा पढौ

कुमुदिनी होम्समा खेलकुद सप्ताह सुरु

पोखरा ७, मंसिर, पोखरा महानगरपालिका वडा नम्बर ४ मा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयको आइतवारदेखि ३९ औँ खेलकुद सप्ताह सुरु भएको छ । पोखरा रङ्गाशालामा सम्पन्न भएको उद्घाटन समारोह संस्थापक अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा सम्पन्न भएको थियो। विद्यार्थीहरूले मार्चपास, पि।टी। प्रदर्शन र स्वागत नृत्य समेत प्रस्तुत गरेका थिए । पहिलो दिनमा छात्र छात्रा लङ जम्प, त्रिपल जम्प, छेलो फ्याँक्ने, रिले दौड जस्ता विभिन्न एथलेटिक्सका खेलहरू सम्पन्न भएका छन् । यस खेलकुद अवधिभर विद्यार्थीहरूले कक्षागत, खुला तथा अन्तरसदनात्मक गरी विभिन्न बाईस… पुरा पढौ

कास्की मोर्डनाइज्ड महोत्सव, अभिभावक क्रेता विद्यार्थी विक्रेता

पोखरा – १३ बाँझापाटनकी ईश्वरा लिम्बुले ५ सय रुपैया तिरेर दुई वटा कुसन किनिन् । उनलाई कुसनको आवश्यकता थिएन, तर कास्की मोर्डनाइज्डमा भएको महोत्सवमा जव उनि पुगिन् उनको मन मानेन व्याग बाट ५ सय रुपैया निकलिन र दुई वटा कुसन लिएर हिडिन्। उनी विद्यालयकी अभिभावक हुन् । विद्यालयले आयोजना गरेको महोत्सव अवलोकन गर्न उनि पुगेकी थिईन् । महोत्सवमा विद्यालयका विद्यार्थीले आफैले निर्माण गरेका सामाग्री वेच्दै थिए । ‘महोत्सव अवलोकन गर्न जाँदा विद्यालयका विद्यार्थीले विभिन्न खालका समाग्री निर्माण गरेर वेच्न लागेको… पुरा पढौ

कास्की मोर्डनाइज्ड महोत्सव–२०८२ शुरु

पोखरा, ५ मंसिर, कास्की मोर्डनाइज्ड एकेडेमी सेकेण्डरी स्कूलमा शुक्रबारदेखि ‘कास्की मोर्डनाइज्ड महोत्सव–२०८२’ शुरु भएको छ । ‘शैक्षिक क्षेत्रमा देखिएको आफ्नै पहिचान, हाम्रा विद्यार्थीको चौतर्फी क्षमता विकासमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजित महोत्सव शनिबार (भोलि) सम्म चल्ने छ । कला, साहित्य, शिक्षा, खेल, सृजना र मनोरञ्जनको संगम स्थलको रुपमा हेरिएको उक्त महोत्सवमा विद्यालयका शिक्षक, विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावकको जमघटको थलो बनेको छ । विद्यार्थीका अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ विद्यालयले पहिलो पटक महोत्सव आयोजना गरेको हो । महोत्सवमा… पुरा पढौ

This will close in 20 seconds