शिक्षा

४ जिपिए ल्याएका विद्यार्थीलाई ३५ हजारसहित पोखरा पब्लिकको सम्मान

पोखरा, पोखरा पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ । शनिबार विद्यालयमा आयोजित कार्यक्रममा एसइईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान र बधाई दिँदै पुरस्कृतसमेत गरिएको हो । ४ जिपिए ल्याएका दुई विद्यार्थी रोनिश खत्री र सक्षम पौडेललाई जनही ३५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।विद्यालयले दुवै विद्यार्थीको उपलब्धिले विद्यालयसँगै समग्र पोखराकै शैक्षिक प्रतिष्ठा उँचो बनाएको भन्दै पुरस्कृत गरेको हो । उत्तीर्ण सबै विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई समेत कार्यक्रममा सम्मान गरिएको… पुरा पढौ

पोखरा महागनर लेखा समितिले भन्यो, निजी विद्यालयलको मनपरी

पोखरा, बैशाख २९, पोखरा महानगरपालिका भित्र रहेका निजी विद्यालयहरुले विद्यार्थीहरुसंग लिएको शुल्क र छात्रबृत्ति प्र्रदानका विषयमा पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिले गम्भीर चासो ब्यक्त गरेको छ । बैठकले छात्रवृत्ति, भर्ना, वार्षिक शुल्क, विद्यालय संचालन मितिका विषयमा गम्भीर चासो ब्यक्त गरेको हो । पोखरामा संचालनमा रहेका निजी विद्यालयले विद्यार्थीहरुसंग मनपरी रुपमा भर्ना र वार्षिक शुल्क लिएको गुनासो आएको भन्दै गम्भीर चासो ब्यक्त गरेको हो । लेखा समितिका संयोजक झपटबहादुर रानाभाटको अध्यक्षतामा बसेको बैठकले निजी क्षेत्रले नर्सरीदेखि १२ कक्षासम्म प्रदान गर्ने छात्रबृत्ति,… पुरा पढौ

कास्कीका कुन कुन बिद्यालयले ४ जिपिए ल्याए ! , कास्कीमा ८१.७५ प्रतिशत उत्तीर्ण, ६५ विद्यार्थीले ल्याए ४.० जिपिए, एकै बिद्यायका १२ जनाले ल्याए ४.० जिपिए

दीननाथ बराल,पोखरा, २९ वैशाख, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८२ मा कास्कीबाट ८१.७५ प्रतिशत उत्र्तीण हुनु भएको छ । जिल्लामा कुल सहभागी विद्यार्थी मध्ये ८१.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले पोखरा क्लिकलाई जनाएको छ । १८.२५ प्रतिशत बिद्याथी भने नन् ग्रेडेड भएका छन् । कास्कीमा यस बर्ष ९ हजार ७ सय ५ जना र प्राविधिक धार तर्फ १ सय ८४ जना विद्यार्थी एसईई परीक्षामा सहभागि हुनु भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका… पुरा पढौ

छोरेपाटन माविका ३ जनाले ल्याए एसइईमा ४ जिपिए

पोखरा, २९ वैशाख, राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाअनुसार छोरेपाटन माविका ३ जना विद्यार्थीले उच्चतम् ४.० जिपिए ल्याएका छन् । विद्यार्थी शिवानी सुवेदी, रचना ढकाल र करिना गौडेलले उच्चतम् ४.० जिपिए ल्याएका हुन् । विद्यालयबाट २०८१ सालमा १ जनाको पनि ४.० जिपिए आएको थियो ।नतिजा हेर्दा छोरेपाटन माध्यमिक विद्यालयले एकपछि अर्को सफलता हात पार्दै गएको देखिन्छ । कुल १ सय ८१ जना विद्यार्थी परीक्षामा सम्मिलित भएकामा ३.६ देखि ३.९९ जिपिए ल्याउने विद्यार्थी… पुरा पढौ

बेसलाइन एकेडेमीकी छात्रा कृतिका ले यस बर्षको एसईईमा ल्याइन ४.० जिपिए

पोखरा १३ कुँडहरस्थित बेसलाइन एकेडेमीकी छात्रा कृतिका लामिछाने क्षेत्रीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४.० जिपिए ल्याएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको २०८२ सालको नतिजाअनुसार उनले यो उच्चतम् सफलता हात पारेकी हुन् । विद्यालयबाट यस वर्षको परीक्षामा कुल ३२ जना विद्यार्थी सहभागी भएका थिए । नतिजाको विवरणअनुसार विद्यालयका ६ जना विद्यार्थीले ३.६ देखि ४.० सम्मको जिपिए (ए प्लस) ल्याउन सफल भए । त्यस्तै १५ जना विद्यार्थीले ३.२ देखि ३.५९ सम्मको जिपिए (ए) हासिल गरेका छन् । परीक्षामा… पुरा पढौ

पोखराको मदरल्याण्ड माविका १२ जना विद्यार्थीले ४.० जिपिए ल्याए

दीननाथ बराल,पोखरा, २९ वैशाख, पोखरास्थित मदरल्याण्ड माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ मा उल्लेखनीय सफलता हासिल गरेको छ । विद्यालयका १२ जना विद्यार्थीले उच्चतम ४.० जिपिए ल्याउन सफल हुनु् भएको हो । यस वर्षको नतिजासँगै मदरल्याण्डले लगातार उत्कृष्ट शैक्षिक उपलब्धिलाई निरन्तरता दिएको बिद्यालयको दाबी छ । विद्यालयबाट २०८० सालमा १० जना र २०८१ सालमा ११ जनाले ४.० जिपिए ल्याएका थिए भने यसपटक उक्त संख्या बढेर १२ पुगेको हो । राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित नतिजाअनुसार विद्यालयबाट एसइईमा सहभागी १ सय ६३… पुरा पढौ

यस वर्षको एसईई नतिजा एक महिनामै सार्वजनिक, गत वर्षभन्दा सुधार — ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा सकिएको करिब एक महिनामै सार्वजनिक गरेको छ । यसपटकको नतिजामा गत वर्षको तुलनामा उल्लेखनीय सुधार देखिएको छ । बोर्डका अनुसार कुल परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए । यस वर्ष उक्त संख्या बढेर ६५.९८ प्रतिशत पुगेपछि नतिजामा सुधार आएको शिक्षा सचिव चुडामणि पौडेलले बताएका छन् । यस वर्ष कुल २ लाख ८४ हजार १६० विद्यार्थी… पुरा पढौ

प्रतिभा माविमा विज्ञान हाजिरीजवाफ

पोखरा, वैशाख २७, पोखराको पालिखेचोकस्थित प्रतिभा माविले गण्डकी प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि विद्यालयले कार्यक्रम आयोजना गरेको हो । आइतबार आयोजित कार्यक्रममा पोखरा र कास्की आसपासका गरेर २९ वटा विद्यालयका टिमले सहभागिता जनाएका छन् । प्रतिस्पर्धामा अक्सिजन टिम प्रथम भएर ३० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । त्यस्तै दोश्रो भएको नाइट्रोजन टिमले २० हजार रुपैयाँ पुरस्कार पायो । प्रतिश्पर्धामा नियन टिम तेश्रो भएर १० हजार रुपैयाँ पुरस्कार पायो… पुरा पढौ

मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ

पोखरा, वैशाख २६, पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीका लागि आयोजित प्रतियोगिता शनिबारदेखि सुरु भएको हो । विद्यालयले आयोजना गरेको यो चौंथो संस्करण हो । विद्यार्थीमा गणित शिक्षाको ज्ञान बढाउँदै परीक्षापछि फुर्सदिला भएका विद्यार्थीलाई पाठ्यक्रममा जोड्नका लागि प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले बताए । यो बेला विद्यार्थी फुर्सदिलो बनेको र उनीहरुलाई यस्ता कार्यक्रममार्फत अध्ययनमा सक्रिय बनाउन सकिने उनले बताए ।आचार्यका अनुसार प्रतियोगितामा विभिन्न… पुरा पढौ

प्रतिभा माविमा नेपाली वक्तृत्वकला

पोखरा, वैशाख २६, पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा गण्डकी प्रदेशस्तरीय नेपाली वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि विद्यालयले प्रतियोगिता आयोजना गरेको हो । विद्यालयले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामामा पोखरा सहित कास्की आसपासका जिल्लाबाट विभिन्न २५ वटा विद्यालयका विद्यार्थी सहभागि भएको प्रतियोगिता संयोजक सहप्राध्यापक डा पुण्यप्रसाद शर्माले जानकारी दिए । ‘युवा पलायन र यसको प्रभाव’ शीर्षकमा विद्यार्थीले आफ्ना विचार व्यक्त गरेका थिए । विद्यार्थीमा बोल्ने कला, आत्मविश्वास र विचार प्रस्तुत गर्ने क्षमता विकास गर्नका… पुरा पढौ

This will close in 20 seconds