
पोखरा,
निर्वाचन प्रणालीका बारेमा सिक्ने सिकाउने तथा कार्यसमितिको निर्वाचन गर्ने उद्देश्यले पोखरा मासवारमा रहेको स्टेप बाई स्टेप मा. बि.मा क्रियाशील युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल, ग्रो सर्कल र एस. सी. जी. सर्कलको प्रत्यक्ष निर्वाचन गरी कार्यसमिति चयन गरिएको छ । निर्वाचन आयोगले निर्वाचनमा प्रयोग गर्ने मतपेटिका, स्वस्तिक छाप लगायतका सामाग्रीको प्रयोग गरीे चारै सर्कलको निर्वाचन गरिएको थियो । पुनर्गठित युवा रेडक्रस सर्कलको अध्यक्षमा साहान पौडेल, उपाध्यक्ष प्रिसा गौतम, सचिव कृदिका गुरुङ्ग, कोषाध्यक्ष आयुष कडेँल र जनसम्पर्क अधिकारीमा अविरल कुवँर निर्वाचित भएका छन् । सदस्यहरुमा अच्युत चालिसे, इरा शर्मा, उमङ झुजेल, आशिष कडेँल निर्वाचित भएका छन् । शिक्षक नायकको जिम्मेवारी सीता बराललाई दिइएको छ ।
सौरभ भण्डारीको अध्यक्षतामा निर्वाचित क्वालिटी सर्कलको उपाध्यक्षमा सुसान्त पौडेल, सचिवमा रोमन्सन गिरी, कोषाध्यक्षमा सुर्दशन तिमिल्सीना र जनसम्पर्क अधिकारीमा कृपा भण्डारी चुनिएका छन् । सदस्यहरुमा सुशान्त पराजुली, पुर्निमा गुरुङ्ग, आइश्ना कार्की र लिशा गुरुङ्ग निर्वाचित भएका छन् । शिक्षक कोर्डिनेटरमा पुष्पाञ्जली थापा मगर रहेकी छन् । ग्रो सर्कलको अध्यक्षमा निरेश क्षेत्री निर्वाचित भएका छन् भने उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा र जनसम्पर्क अधिकारीमा क्रमशः राजवीर जैसवाल, सम्भव रेग्मी, अनुप पोख्रेल र इमा गुरुङ्ग निर्वाचित भएका छन् । सदस्यहरुमा प्रसङ्ग पौडेल, अनुज बराल, सुप्रिया दास र विहान्सा शर्मा निर्वाचित भएका छन् । शिक्षक कोडिनेटरको जिम्मेवारी पारसराज पाण्डेलाई दिएको छ ।
नव गठित एस. सी. जी. सर्कलको अध्यक्षमा रोजित सापकोटा छनोट भएका छन् भने उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमश ः गुष्मा शाही, प्रशन्ना पराजुली र सन्दिप पौडेल छनोट भएका छन् । सदस्यहरुमा एलन भट्टराई, सदिक्षा पौडेल, रोशन गौतम, प्रिस्टिन क्षेत्री, साहान पौडेल र राजवीर जैसवाल छनोट भएका छन् । कार्यक्रममा संस्थापक प्राचार्य तथा सर्कलका संरक्षक निर्मला बरालले विद्यार्थीहरुमा नेतृत्व क्षमताको विकास गर्ने, सेवाको भावना जागृत गर्ने र विद्यार्थीमा सक्रियता बढाउने उद्देश्यले सर्कलहरु गठन गरिएको बताउँदै बधाई तथा शुभकामना दिनुभयो । संस्थापक निर्देशक रमाकान्त बराल, सहप्राचार्य दिपक गिरी र विद्यालय संयोजक सूर्य प्रसाद लम्सालले पनि शुभकामना दिनुभएको थियो । निर्वाचन कार्यक्रम विद्यालयका सामाजिक विभाग प्रमुख लक्ष्मण भण्डारीको संयोजकत्वमा सम्पन्न भएको थियो ।



