पर्यटन

होटल संघद्वारा फेवा संरक्षणका लागि मन्त्री घिसिङको ध्यानाकर्षण

पोखरा, १४ पुस, होटल संघ पोखरा नेपालले फेवा तालको संरक्षणका लागि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएको छ । भौतिक पुर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री घिसिङलाई आइतबार छ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै संघले ताल संरक्षणका लागि उचित बजेट विनियोजनको माग गरेको हो । होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीको अगुवाईमा संघको टोलीले मन्त्री घिसिङलाई भेटी पर्यटन क्षेत्रले भोग्नुपरेका समस्या र चुनौतिहरुलाई संवोधन… पुरा पढौ

टान गण्डकीद्धारा ४ दिने पदयात्रा व्यवसायी तालिम प्रदान

पोखरा, ट्रेकिङ एजेन्सीज एशोसिएन अफ नेपाल (टान) गण्डकीको आयोजना स्टिम ल्याव लिमिटेडको समन्वय, नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा ४ दिने पदयात्रा व्यवसायीक तालिम प्रदान गरिएको छ । दिगो पर्यटन परियोजना अन्र्तगत टान गण्डकीमा आबद्ध सदस्य कम्पन्नी सन्चालकलाई लक्षित गरि हालै ४ दिने डिजिटल प्रमोशन र एआई टे«निङ पोखराको लेकसाइड स्थित वरपीपल रिसोर्टमा आयोजना भएको थियो भने सो तालिममा ५० जना पदयात्रा व्यवसायी तालिम प्रशिक्षार्थी रहेको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनु भयो । पदयात्रा… पुरा पढौ

तामझामका साथ पोखरामा सुरु भयो सडक महोत्सव (भिडियो सहित), पोखरामा देखिएको जंगल जस्ता पोलका तारहरु अब सबै अण्डरग्राउण्डमा व्यबस्थापन गर्दैछौं ः मन्त्री घिसिङ

दीननाथ बराल, पोखरा १३, पुस, नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पोखरामा अन्तराष्ट्रिय उडान गर्ने बिषय अहिलेको सरकारले भन्दा नयाँ आउने सरकारले त्यसलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । रेवान पोखराले सुरु गरेको २७ औँ पोखरा सडक महोत्सवको आइतबार उद्घाटन गर्दै मन्त्री घिसिङले जेनजी आन्दोलनबाट ६ महिना भित्र चुनाव गर्ने गरी स्थापना भएको सरकारबाट धेरै अपेक्षा गर्नु भन्दा आउने नयाँ सरकारले पोखरामा अन्तराष्ट्रिय हवाई उडान गर्ने बिषयमा मुख्य मुद्धा बनाउनु पर्नेमा… पुरा पढौ

प्रदेश स्तरिय चलचित्र बिकास बोर्ड आवश्यक छः मन्त्री थापा (भिडियो सहित), चलचित्र पत्रकार संघको अध्यक्षमा बस्याल

दीननाथ बराल,पोखरा १२, पुस, पोखरा सहित गण्डकी प्रदेशमा रहेको विशाल सांस्कृतिक विविधता, भौगोलिक सुन्दरता र चलचित्र छायांकनका अमूल्य सम्भावनालाई व्यवस्थित रूपमा अघि बढाउन प्रदेशस्तरीय चलचित्र विकास बोर्ड गठन गर्न आवश्यक भएको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले बताए । https://www.youtube.com/watch?v=fNP9JlKqbyA शनिबार पोखरामा सम्पन्न चलचित्र पत्रकार संघ नेपाल कास्कीको छैटौँ अधिवेशन उद्घाटन गर्दै मन्त्री थापाले अघिल्लो कार्यकालमा सञ्चार तथा सूचना मन्त्रालयको नेतृत्व सम्हालेका बेला नै बोर्ड गठनको अभियान अघि बढाइए पनि मूर्त रुप लिन नसकिएको उल्लेख गर्नुभयो… पुरा पढौ

पोखरा सडक महोत्सवको सांगीतिक उत्सव ः लेकाली र देउराली पनि गुञ्जिने

पोखरा, पुस १२, पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा पोखराका चर्चित व्याण्डहरु लेकाली र देउराली पनि गुञ्जिने भएका छन् । गत वर्ष पोखरामा आयोजित व्याक टु नाईन्टिजबाट जुर्मुराएका दुई व्याण्डहरु लेकाली र देउराली गुञ्जिने भएका हुन् । । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १६ गते बेलुका न्यू ईयर ईभ विशेष कार्यक्रममा लेकाली र देउराली व्याण्डले पनि प्रस्तुती राख्ने सांगीतिक कार्यक्रम संयोजन गरिरहेको अल टेक नेपालका सञ्चालक शेरबहादुर… पुरा पढौ

होटल संघद्वारा पर्यटन मन्त्रीलाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझायो

पोखरा, १२ पुस होटल संघ पोखरा नेपालले पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिन सरकारको ध्यानाकर्षण गराएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हालाई शनिबार पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै संघका अध्यक्ष लक्ष्मण सुवेदीले चालू बजेटमा पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता प्रदान गरी सोही अनुसारको सुविधा प्रदान गर्ने विषय उल्लेख गरिए पनि त्यो कार्यान्वयन हुन नसकेको स्मरण गराएका थिए । उद्योग र कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री सिन्हालाई संघले पोखरामा स्वागत गर्दै उल्लेखित विषयलाई शीघ्र कार्यान्वयनमा लैजान… पुरा पढौ

लेकलाईड न्यू ईयर ईभमा भाईरल डान्सर आस्मा विश्वकर्माको डान्स हेर्न पाईने

पोखरा, पुस ११, पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाईरल डान्सर आस्मा विश्वकर्माको डान्स हेर्न पाईने भएको छ । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रममा कार्टुन क्रुजकी आस्माले प्रस्तुती दिने भएकी हुन् । आस्माले प्रस्तुती राख्नेबारेमा सम्झौता भइसकेको सांगीतिक उत्सवको संयोजन गरिरहेका अल टेक नेपालका संयोजक शेरबहादुर गुरुङले जानकारी दिए । आस्माले अहिलेको भाइरल हिन्दी गीतहरु छिकिरी छिकिरीलगायतका गीतहरुमा डान्स प्रस्तुत गर्नेछिन् । पुस १६ गते बेलुकाको न्यू… पुरा पढौ

२७ औं पोखरा सडक महोत्सव आइतबारदेखि सुरु हुने ९० प्रतिशत तयारी पूरा (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ११ पुस, अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा आगामी आइतबारदेखि २७ औं संस्करणको पोखरा सडक महोत्सव सुरु हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा लेकसाइड क्षेत्रको करिब साढे तीन किलोमिटर सडक क्षेत्रमा आयोजना हुने महोत्सवको करिब ९० प्रतिशत तयारी पूरा भएको आयोजकले आज (शुक्रबार) महोत्सव स्थल कोमागाने पार्कमा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । https://www.youtube.com/watch?v=jpGGbpEfd1M ‘सडकमै खाउँ, सडकमै नाचौँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सव पुस १७ गतेसम्म चल्ने भएको… पुरा पढौ

पोखरा–२१ कृष्तीमा सुन्तला महोत्सवको रौनक (भिडियो सहित)

दीननाथ बराल, पोखरा १० , पुस, पोखरा महानगरपालिका वडा नम्बर २१ कृष्ती दोपरे हर्राबोट क्षेत्रमा विहिबार पहिलो पटक भएको ‘सुन्तला महोत्सव २०८२’ मा करिब १५ लाख मुल्य बराबरको कारोवार भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ को आयोजनामा एक दिने उक्त महोत्सवमा करिब १५ लाख मुल्य बराबरको सुन्तला सहितको कृषि उपजको आर्थिक कारोवार भएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले पोखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=Cme-lIBHSuQ महोत्सवमा उल्लेखनिय दर्शकहरुको सहभागिता रहेको उहाँले जनाउनु भयो । त्यसै गरी महोत्सवको… पुरा पढौ

पोखरा २१ कृष्तिमा सुन्तलाको सुनौलो याम (भिडियो सहित) काफलबोटे क्षेत्रमै फल्यो डेढ करोडको सुन्तला, महोत्सवको तयारीले स्थानिय उत्साहित

दिननाथ बराल,पोखरा, ९ पुस पोखरा महानगरपालिका वडा नम्बर २१ को कृष्ति–काफलबोटे क्षेत्र अहिले सुन्तलाले पहेँलपुर भएको छ । केही वर्षअघिसम्म मकै र कोदोसमेत राम्रो नफल्ने यो क्षेत्रमा यस वर्ष करिब १ करोड ५० लाख रुपैयाँ बराबरको सुन्तला फल्यो । सुन्तला खेतीले गाउँको अनुहार फेरिँदै गएपछि यहाँका किसानहरू उत्साहित देखिएका छन् । https://www.youtube.com/watch?v=apJA8f3z-Is काफलबोटे क्षेत्रमा करिब १६ घरपरिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । तीमध्येका एक किसान इन्द्रप्रसाद सुवेदी पोखराक्लिकलाई भन्छन्, “सुन्तला खेतीले हामीलाई आत्मनिर्भर बनायो । अहिले वार्षिक… पुरा पढौ