पर्यटन

गणेश तथा भद्रकाली मन्दिरद्धारा बाढीपीडितलाई एक लाख सहयोग

पोखरा, १५ असोज, पोखरा महानगरपालिका वडा नं १२÷१३ स्थित श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिले रसुवा, नुवाकोट, धादिङलगायतका बाढीपीडितका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ । समितिले बुधबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विपद्को घडीमा प्रभावित समुदायलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम कोषमा जम्मा गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान श्रेष्ठले बताए । सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै समितिले जम्मा गरेको रकमको भौचर मन्दिर सेवा समिति परिवारले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह… पुरा पढौ

कान्तिपुर एकेडेमी र त्रिवेणी पब्लिकबाट बाढीपीडितलाई सहयोग

पोखरा, पोखरा–१४ चाउथेमा अवस्थित कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी र पोखरा–२७ मा अवस्थित त्रिवेणी पब्लिक माविले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा लागि सहयोग गरेका छन्। रसुवा जिल्लामा प्राकृतिक विपद्का कारण प्रभावित बनेका नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीले एन प्याब्सन कास्की मार्फत १ लाख ११ हजार १ सय ११ रुपैया प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने गरी रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य तथा… पुरा पढौ

काठमाडौँ–सांघाई सीधा उडान पुनः सञ्चालन

काठमाडौँ–सांघाई–काठमाडौँ रुटमा हिमालय एअरलाइन्स्ले नियमित सीधा उडान पुनः सञ्चालन गरेको छ। एअरलाइन्स्ले सोमबार, सेप्टेम्बर २८, २०२६ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच सेवा सुरु गरेको हो। हिमालय एअरलाइन्स्को उडान एच९ ७९१ ले सेप्टेम्बर २८ साँझ काठमाडौँबाट उडान भरी सेप्टेम्बर २९ बिहान २ः३६ बजे सांघाई पुडोङ विमानस्थलमा अवतरण गरेको थियो। त्यसैगरी, एच९ ७९२ ले सेप्टेम्बर २९ बिहान ४ः३६ बजे सांघाईबाट उडान भरी बिहान ८ः१३ बजे काठमाडौँ अवतरण गरेको एअरलाइन्स्ले जनाएको छ। प्रारम्भिक चरणमा यस रुटमा साप्ताहिक दुई… पुरा पढौ

दशैँ महोत्सव सफल बनाउन पर्यटन क्षेत्रको सामूहिक प्रतिबद्धता

पोखरा १३ असोज, नेपालीहरूको महान पर्व दशैँलाई पर्यटनसँग जोड्दै आयोजना गर्न लागिएको ‘दशैँ पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३’ लाई सफल बनाउन पोखराका पर्यटनसम्बद्ध संघ–संस्थाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा हुने महोत्सवका विषयमा मंगलबार पोखरामा आयोजित छलफल कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले महोत्सवलाई एउटा संस्थाको मात्र कार्यक्रम नभई समग्र पोखराको पर्यटन क्षेत्रको साझा कार्यक्रमका रूपमा अपनत्व लिएर सफल बनाउनुपर्नेमा प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘टिका, जमरा र चङ्गा चेट–पोखरामा पर्यटकसँग दशैँ… पुरा पढौ

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाख भन्दा बढी हस्तान्तरण

पोखरा, रसुवामा गएको बाढीपहिरोबाट प्रभावितहरूका लागि उल्लेरी गाउँ सेवा समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेको संयुक्त पहलमा संकलित चार लाख एक सय पैँतालीस रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। संकलित रकम नेपाल बैंक लिमिटेडमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’मा जम्मा गरिएको हो। सो सहयोगबारे जानकारी दिँदै सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई प्रतीकस्वरूपको चेक औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। उल्लेरी गाउँ सेवा समाज कास्की, पोखराले पूर्वनिर्धारित ‘आत्मीय भेटघाट’ कार्यक्रमलाई एक हप्ता पछाडि सारेर बाढीपहिरो पीडितको सहयोगार्थ रकम संकलन अभियान… पुरा पढौ

अन्तराष्ट्रिय धावक ले.रि.कुसाङ कुमार गुरुङले खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन गर्ने

पोखरा १३, असोज, चार भञ्ज्याङ्ग खाल्टे पर्वतमा जन्मेर ब्रिटिश सेनामा नेपालीको विरता एवम् सुरताको उच्च नमूना प्रदर्शन गर्दै लेफ्टिनेन्ट पदबाट अवकाश प्राप्त बहुआयामिक व्यक्तित्वका धनी कुसाङ कुमार गुरुङले खुला पर्वतीय दौड तेस्रो संस्करणको प्रथम पुरस्कार प्रायोजन गर्नु हुने भएको छ ।गुरुङ खेलकुदका माध्यमबाट राष्ट्र र राष्ट्रियतालाई विश्वसामु सुपरिचित गराउँदै अन्तर्राष्ट्रिय खेलाडीका रूपमा आफूलाई स्थापित गरी मलेसियामा आयोजित माउन्टे किन वालु कल्यमबथनमा ह्याट्रिक गरी ‘गिनिज बुक अफ ओल्र्ड रेकोर्ड राख्न सफल अन्तर्राष्ट्रियस्तरका धावक हुनुहुन्छ । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका १९ बढी… पुरा पढौ

पर्वतीय दौड सफल पार्न पोखराका पर्यटन व्यवसायी एकजुट

पोखरा १२, असोज, यही असोज २४ गते पोखरामा आयोजना हुन लागेको तेस्रो पर्वतीय दौड प्रतियोगितालाई सफल बनाउन पोखराका पर्यटन व्यवसायी तथा पर्यटनसम्बद्ध संघसंस्था एकजुट भएका छन् । पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा हुने प्रतियोगिताका विषयमा पोखराका पर्यटन व्यवसायी, संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाबीच भएको छलफलका सहभागीहरूले विपद्को विषम परिस्थितिमा पनि प्रतियोगितालाई निरन्तरता दिनु सकारात्मक भएको भन्दै आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । पोखरा प्रवद्र्धन केन्द्रका अध्यक्ष एवं प्रतियोगिता संयोजक दिननाथ बरालको अध्यक्षतामा भएको छलफलमा पोखरा… पुरा पढौ

पोखरामा पर्यटक सुनसानमा पनि सीमित पर्यटकसँगै मनाइयो विश्व पर्यटन दिवस , “हामी धेरै कन्फर्ट जोनमा बसिरहेका छौँ, यसरी पार लाग्दैन” मेयर आचार्य (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ११ असोज, देशभर परेको अविरल वर्षा र प्राकृतिक विपत्तिका कारण पोखरामा पर्यटकको चहलपहल सुनसानजस्तै भएका बेला पनि सीमित पर्यटकसँगै विश्व पर्यटन दिवस मनाइएको छ । पोखरा आउने अधिकांश सडक मार्ग प्रभावित हुनुका साथै देशका विभिन्न स्थानमा भएको प्राकृतिक विपत्तिको असर पर्यटन क्षेत्रमा परेपछि पर्यटक आगमन घटेको हो । https://www.youtube.com/watch?v=WOFrOQp9ktM पर्यटकको संख्या न्यून भए पनि पर्यटन व्यवसायीले प्रतिकूल परिस्थितिमा पनि पोखरा सुरक्षित र पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश दिन विभिन्न कार्यक्रम सहित विश्व पर्यटन दिवस मनाएका हुन् ।… पुरा पढौ

दुबईबाट पोखरा आउँदा गायिका रजना रिमालको अनुभव ! ‘नेपालबाट विश्व जोडिने बाटो फराकिलो बनाऔँ’

पोखरा, विदेशबाट नेपाल फर्किँदा अहिलेसम्म काठमाडौंलाई नै आफ्नो एकमात्र गन्तव्य बनाउँदै आउनुभएकी गायिका रजना रिमाल यसपटक भने दुबईबाट सिधै पोखरा आउनुभएको छ । काठमाडौंमा बसोबास भए पनि आफ्नै इच्छाले पोखरामा अन्तराष्ट्रिय उडानको प्रबद्र्धन गर्न यसपटक पोखरा हुँदै नेपाल प्रवेश गर्ने निर्णय गर्नुभएकी रिमालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको प्रत्यक्ष अनुभव लिनुभएको हो। https://www.youtube.com/watch?v=cSuICTlq4Kg फ्लाईदुबईले दुबई–पोखरा नियमित उडान सुरु गरेको केही दिनमै उहाँले दुबईबाट पोखरा यात्रा गर्नुभएको हो। पोखरा आइपुगेपछि सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै रिमालले दुबईबाट पोखरा आउँदाको… पुरा पढौ

विश्व पर्यटन दिवसमा पोखरामा मिनि सडक महोत्सव हुने (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ९ असोज, विश्व पर्यटन दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले ‘विश्व पर्यटन दिवस मिनि सडक महोत्सव २०८३’ आयोजना गर्ने तयारी गरेको छ । यही असोज ११ गते ( २७ सेप्टेम्बर २०२६) मा लेकसाइड क्षेत्रमा विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक तथा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सहित उक्त महोत्सव आयोजना गर्न लागिएको रेवान पोखराले आज (शुक्रबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=WOzzAlYVOC0&t=36s विश्व पर्यटन दिवस २०२६ को मूल सन्देश ‘पर्यटनलाई पुनःपरिकल्पना गर्न डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ता’ लाई… पुरा पढौ

This will close in 20 seconds