पर्यटन

तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको हस्पिटालिटी पार्टनरमा म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स

पोखरा, ३० भदौं, पोखरामा आगामी असोज २४ गते आयोजना हुन लागेको तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगितामा पोखरा लेकसाइडस्थित म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स हस्पिटालिटी पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । प्रतियोगितालाई सफल बनाउन होटल र आयोजक बीच हस्पिटालिटी पार्टनरका रूपमा सहकार्य गर्ने सम्झौता भएको हो । होटलका सञ्चालक युवा व्यवसायी सुनिलबहादुर भट्टराई र प्रतियोगिताका संयोजक दीननाथ बराल बीच उक्त सहकार्य सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । करिब सात रोपनी क्षेत्रफलमा फैलिएको म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्समा… पुरा पढौ

करिब एक अर्ब लगानीमा रूपामा बन्दै ‘वल्ड भिलेज रिसोर्ट’, २०८४ वैशाखदेखि पहिलो चरण सञ्चालनको तयारी

दीननाथ बराल,पोखरा, २९, भदौं, कास्कीको रूपा गाउँपालिकामा करिब १ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको ‘वल्ड भिलेज रिसोर्ट’ को निर्माण कार्य उत्साहजनक रूपमा अघि बढेको छ। सूर्योदय होल्डिङ्गस र रूपाकोट रिसोर्टको संयुक्त लगानीमा निर्माण भइरहेको रिसोर्टको पहिलो चरणअन्तर्गतका गैरआवासीय संरचना आगामी २०८४ साल वैशाखसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको श्रोतले जनाएको छ । पहिलो चरणमा सोभिनियर हाउस, रेस्टुरेन्ट, बैंक्वेट हल, सांस्कृतिक केन्द्र तथा सेमिनार हल निर्माण सम्पन्न गरी पर्यटक तथा पाहुनालाई गैरआवासीय सेवा प्रदान गर्न रिसोर्ट तयार हुनेछ। पहिलो चरणका संरचना सञ्चालनमा… पुरा पढौ

आइतबार ट्रायलका लागि केही घण्टा खुलेको कृष्णभीर सडक सोमबार र मंगलबार पूर्ण बन्द हुने

दीननाथ बराल,पोखरा, २८ भदौ, राजधानी काठमाडौं जोड्ने पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा बाढीका कारण भासिएको सडक ट्रायलका रूपमा आइतबार केही घण्टा एकतर्फी सञ्चालनमा ल्याइएको छ। सडक निर्माणको बाँकी काम पूरा गर्न भने सोमबार र मंगलबार सडक पूर्ण रूपमा बन्द गरिने भएको छ। नयाँ ट्र्याक निर्माण गरी सडकको अवस्था परीक्षण गर्न आइतबार साँझ केही घण्टाका लागि मात्र सडकमा रोकिएका अत्यावश्यक सामग्री बोकेका करिब ५० देखि ६० वटा सवारीसाधनलाई एकतर्फी रूपमा आवतजावत गराइएको हो। शर्मा–जेडआईसीजीका प्रतिनिधि इश्वर नेपालका अनुसार सडकको प्रारम्भिक परीक्षण सफल… पुरा पढौ

नाट्टा गण्डकीको तीन दिने GDS तालिम सम्पन्न, ६२ जना पर्यटन व्यवसायी सहभागी

पोखरा, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा SABRE Nepal Partner को सहकार्यमा सञ्चालित तीन दिने GDS (Global Distribution System) तालिम सम्पन्न भएको छ। पर्यटन तथा हवाई टिकटिङ व्यवसायमा कार्यरत टुर तथा ट्राभल कम्पनीका कर्मचारी तथा व्यवसायीको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम भदौ २६ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको थियो। तालिममा नाट्टा गण्डकी प्रदेशमा आबद्ध सदस्य टुर एन्ड ट्राभल कम्पनीबाट ६२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। तालिमको समापन समारोह नाट्टा गण्डकी प्रदेशका अध्यक्ष संगीता शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको… पुरा पढौ

रेवान पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित, पोखराका मेयर धनराज आचार्यलाई धम्की आएको गुनासो

पोखरा, रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट वसन्त गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ। शनिबार सम्पन्न अधिवेशनबाट गौतमको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन अधिकृत चौबहादुर गुरुङले जानकारी दिनुभयो। नवनिर्वाचित कार्यसमितिको निवर्तमान अध्यक्षमा विश्वराज पौडेल, प्रथम उपाध्यक्षमा विकास भट्टराई, द्वितीय उपाध्यक्षमा योगेश भट्टराई, महासचिवमा वीरेन्द्र शेरचन, सचिवमा रोशन जंग कार्की, कोषाध्यक्षमा सुरेश न्यौपाने र सह–कोषाध्यक्षमा सफल थापा चयन हुनुभएको छ।त्यसैगरी कार्यसमिति सदस्यमा वैभव पौडेल, भीष्मराज पौडेल, लोकेश… पुरा पढौ

काठमाडौं जोड्ने कृष्णभिर सडक सके ३ अन्यथा ४ दिनमा खुल्ने तयारी

धादिङ, नागढुंगा–मुग्लिङ सडकखण्डअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा गएको पहिरोका कारण लामो समयदेखि अवरुद्ध सडक खुलाउने काम तीव्र गतिमा अघि बढेको छ। नयाँ ट्र्याक निर्माण गरी सडक सञ्चालनमा ल्याउने तयारीसँगै अब सके ३ दिन, अन्यथा बढीमा ४ दिनभित्र कृष्णभिरको सडक खुल्ने सम्भावना देखिएको छ। गत भदौ १४ गते बिहान कृष्णभिरमा ठूलो पहिरो गएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने प्रमुख सडकमार्ग नै ठप्प भएपछि राजधानीमा आउने–जाने यातायातमा समेत ठूलो असर परेको छ।… पुरा पढौ

१ करोड ३३ लाख आम्दानी भएको २५ औं आहा रारा पोखरा गोल्ड कपबाट ३ लाख २१ हजार बचत

दीननाथ बराल,पोखरा २६, भदौं, गत बर्ष सहारा क्लब पोखराले आयोजना गरेको २५ औं आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिताबाट आम्दानीको २.४२ प्रतिशत अर्थात ३ लाख २१ हजार बचत गर्न सफल भएको छ । गत वर्ष माघ २७ गतेदेखि फागुन ९ गतेसम्म ११ दिन सञ्चालन भएको प्रतियोगिताबाट उक्त रकम बचत भएको क्लबले आज (शुक्रबार) पोखरामा आयोजित आय–व्यय सार्वजनिक तथा धन्यवाद ज्ञापन कार्यक्रममा जानकारी गराएको हो । प्रतियोगिताबाट १ करोड ३३ लाख २३ हजार ४ सय ८५ रुपैयाँ आम्दानी भएको छ… पुरा पढौ

तालबाराही स्कुलमा क्षेत्रलाल प्रतिष्ठानको पुरस्कार

पोखरा, तालबाराही मावि लेकसाईडमा कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानले पुरस्कार वितरण गरेको छ । १९ सेक्सनबाट आन्तरिक परीक्षामा उत्तीर्ण ५७ जना विद्यार्थीलाई पुरस्कार प्रदान गरेको कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद गुरुङको अध्यक्षतामा भएको प्रथम, द्वितीय र तृतीय भएका छात्रछात्रालाई पुरस्कार वितरण कार्यक्रममा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले प्रतिष्ठानले प्रशंसा योग्य काम गरेको बताए । सुवेदीले भविष्यमा होटल संघले पनि शिक्षा क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउँदै न्यूकास कन्सर्न प्रालिले शिक्षा क्षेत्रमा दिएको योगदान स्मरण योग्य… पुरा पढौ

मन्त्र थकालीका ४ महिला उद्यमीले खुलेर गरे सहयोग, भोटेकोशी बाढी प्रभावितका लागि २१ लाख सहयोग

दीननाथ बराल,पोखरा, २४ भदौ, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार एवं पुनस्थापनाका लागि पोखराका चार महिला उद्यमीले संचालन गरेको मन्त्र थकालीले २१ लाख एक हजार ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । पोखराको न्यूरोडबाट करिब १८ वर्षअघि सुरु भएको मन्त्र थकालीका सञ्चालक नमिता शेरचन भट्टचन, रोश्नी तुलाचन शेरचन, विनिता गौचन र तृष्णा शेरचनले संयुक्त रूपमा उक्त रकम सहयोग गर्नुभएको मन्त्र थकालीले पोखराक्लिकलाई जनाएको छ । उहाँहरूले केही दिन अघि नेपाल सरकारका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई उक्त… पुरा पढौ

होटल संघद्धार राहत कोषमा सहयोग, संघ सहित संघमा आबद्ध होटलबाट करिब ४० लाख सहयोग

पोखरा, २४ भदौ, होटल संघ पोखरा नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम प्रदान गरेको छ । संघका तर्फबाट दुई लाख रुपैयाँ, बाराही हस्पिटालिटिका तर्फबाट २० लाख ५५ हजार रुपैयाँ र अन्य होटलको सहित गरी कूल २९ लाख ३५ हजार आठ सय ३३ रुपैयाँको भौचर कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङलाई प्रदान गरिएको थियो । सो अवसरमा माउण्टेन ट्रष्टका तर्फबाट गरिएको १० लाख रुपैयाँ सहयोग बारे समेत जानकारी प्रदान गरिएको थियो । संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको… पुरा पढौ

This will close in 20 seconds