पर्यटन

पर्वतीय संग्रहालयमा सिटी टुर गाइडसँग अन्तरक्रिया

पोखरा, २७ फागुन, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले मंगलबार पोखरा उपत्यकाका पथप्रदर्शकहरुसँग छलफल गरेको छ । पोखरा–१७, रातोपहिरोमा रहेको संग्रहालयले पोखरा सिटी टुर गाइड एसोसियसनमा आवद्ध पथप्रदर्शकहरुसँग संग्रहालय प्रवद्र्धनका लागि कार्यक्रम गरेको हो । कार्यक्रममा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्वतीय संग्रहालय पोखराको सबैभन्दा आकर्षक मानव निर्मित पर्यटकीय गन्तव्य भएको बताए । उनले संग्रहालय प्रवद्र्धनका लागि प्रदेश सरकारले सघाउने प्रतिवद्धता समेत गरे । ‘यसको प्रवद्र्धनका लागि प्रदेश सरकारले पनि सघाउँछ,’ सचिव गुरुङले भने, ‘पथप्रदर्शक साथीहरुलाई पोखरा भ्रमणका मुख्य… पुरा पढौ

सराङकोट धाममा महाआरतीको रौनक सुरु, हरेक सोमबार अन्नपूर्ण केवलकारबाट भक्तजनलाई २ सय ५० मै यात्राको अवसर

पोखरा १८ स्थित पोखराको सराङकोट धाममा आज (सोमबार) देखि महाआरती पूजा प्रारम्भ भएको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र बिकास समितीले निमार्ण गरेको सराङकोट धाममा आगामी दिन देखि हरेक सोमबार महाआरती पूजा विधि पूर्वक पूजा हुने भएको जस अन्र्तगत सोमबार देखि सुरु भएको समितिका बरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर थापाले बताउनु भयो । हरेक सोमबार महाआरती हुने गरी महायज्ञ पछि पहिलो सोमबार बाट महाआरती सुरु भएको उहाँले बताउनु भयो । हरेक हप्ताको सोमबार साँझ ५.३० बजे देखि ३० मिनेटसम्म आरती… पुरा पढौ

कास्कीको अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडानमा शुल्क लिन सुरु, सिम्रिकले पहिलो दिनमै दुई फ्लाइट गर्यो , प्रति फ्लाइट १० हजार शुल्कः

दीननाथ बराल,पोखरा २१, फागुन, कास्कीको अन्नपूर्ण बेसक्याम्पमा बुधबार देखि हेलिकोप्टर उडान गर्दा शुल्क लिन सुरु गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले आफ्नो ठाउँमा निश्चित मापण्डका आधारमा अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडान गर्दा आज(बुधबार) देखि शुल्क लिन सुरु गरेको अन्नपूर्ण गाउँपालिकाले पोखराक्लिकलाई जनाएको छ । सिम्रिक एयरलाइन्स कम्पनीले अन्नपूर्ण गाउँपालिकाबाट उक्त क्षेत्रमा हेलिकोप्टर उडानको अनुमति लिएसंगै पहिलो फ्लाईट बुधबार देखि नै सुरु गरेको हो । बुधबार सिम्रिक एयरलाइन्सले दुई वटा व्यवसायीक हेलिकोप्टर उडान गरेको सिम्रिक एयरलाइन्स गण्डकी प्रदेशका कमल गौतमले बताउनु भयो ।… पुरा पढौ

हिमालय एअरलाइन्सले पोखरा ल्हासा उडान गर्ने, १० लाख चिनिया पर्यटक भित्राउने लक्ष्य

दीननाथ बराल, पोखरा १९, फागुन, १० लाख चिनिया पर्यटक पोखरा सहित नेपाल भित्राउने लक्ष्य सहित हमालय एअरलाइन्सले पोखरा देखि ल्हासा सिधा हवाई उडान गर्ने भएको छ । नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हिमालय एअरलाइन्स्ले पर्यटनको राजधानी पोखरा र काठमाण्डौंबाट विश्वप्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासा बीच मार्च ३१ तारिख देखि हवाई उडान सुरु गर्ने भएको हो । यही मार्च ३१ तरिख देखि हप्ताको एक दिन उक्त रुटमा हवाई उडान गर्ने तयारी गरेको हिमालय एअरलाइन्सका उपाध्यक्ष… पुरा पढौ

यस वर्षको जाउँ है पोखरा अभियान आरम्भ

पोखरा, १८ फागुन होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान यस वर्ष पनि आइतबारबाट आरम्भ भएको छ ।नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखराका प्रमुख मणिराज लामिछाने र होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले प्रबर्द्धन अभियानका सहभागीलाई पोखरामा विदाई गरेका थिए । टोलीमा होटलकर्मी, संचारकर्मी र अन्य पर्यटन ब्यावसायी गरी २० जनाको सहभागिता छ । नेपाल पर्यटन बोर्ड गण्डकीको मुख्य प्रबद्र्धनमा यही फागुन १८ गते देखि फागुन २२ गते सम्म पूर्वी नेपालका जनकपुर, विर्तामोड,… पुरा पढौ

राष्ट्रपति पौडेलबाट सराङकोट धामको उद्घाटन

दीननाथ बराल,पोखरा १७, फागुन, राष्ट्रपति रामचन्द्र पौडेल कास्कीमा पहिलो पटक कार्यक्रममा सहभागि हुनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल धार्मिक कार्यक्रममा सहभागि हुन कास्कीको पोखरामा शनिबार पहिलो पटक सहभागि हुनु भएको हो । तष्विर दुर्गा पौडेल र श्रीभद्र पौडेल उहाँ नेपाली सेनाको हेलिकोप्टर मार्फत सिधै पोखरा १८ स्थित सराङकोटको डाँडामा अवतरण गर्दै त्यहाँ निर्माण भएको सराङकोट धाम एवं जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको विधिपूर्वक पुजाअर्चना गरी उद्घाटन गर्नु भएको हो । सराङकोट डाँडामा निर्माण भएका करिब ३५ करोड… पुरा पढौ

सराङकोटमा आयोजना हुने महायज्ञमा सहभागि हुने भक्तजनलाई २ सय मै केवलकारको यात्रा गर्न पाउने

दीननाथ बराल, पोखरा १३, फागुन, पोखरा १८ स्थित पर्यटकीय गाउँ सराङकोटमा आयोजना हुने श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सवको अवसरमा महायज्ञ तथा महोत्सवमा सहभागि हुने भक्तजन एवं दर्शकहरुको लागि अन्नपूर्ण केवलकारले बिषेश छुटमा केवलकारमा यात्रा गराउने भएको छ । अन्नपूर्ण केवलकार कम्पनीले ७१ प्रतिशत छुटमा केवलकार सेवा दिने भएको हो । उक्त महायज्ञ एवं महोत्सवमा आउने आगन्तुक भक्तजनहरुको लागि जनही २ सय रुपैयाबाट यात्रा गराउने भएको अन्नपूर्ण केबुलकारका महाप्रवन्धक दिनेश पौडेलले बताउनु भयो । सराङकोट क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धन… पुरा पढौ

सराङकोटमा बुधबार देखि सुरु हुने महायज्ञ एवं पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा, सराङकोटमा राष्ट्रपति पौडेल आउने

दीननाथ बराल,पोखरा १२, फागुन, यही फागुन १४ गते (बुधबार) सराङकोटमा सुरु हुने श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा फागुन २१ गतेसम्म संचालन हुने उक्त महायज्ञ एवं महोत्सवको तयारी अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष एवं महायज्ञ मुल आयोजक समितिका अध्यक्ष प्रेम बहादुर जिसिले बताउनुभयो । महायज्ञको पहिलो दिनमा पोखराको सिमपानी स्थित गाइघाँटदेखि जल सहितको कशल यात्रा हुने भएको उहाँले जनाउनु भयो । उक्तः स्थानमा सराङकोट धाम… पुरा पढौ

पोखरामा नेपाल, भारत, चाइना एक्सपो सुरु

दीननाथ बराल,पोखरा १२, फागुन, प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टर(पाटा)को आयोजनामा पर्यटनको राजधानि पोखरामा आज (सोमबार) देखि नेपाल, भारत, चाइना एक्सपो २०२५ सुरु भएको छ । पोखरा सहित नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले पोखरामा उक्त कार्यक्रम आजबाट सुरु भएकोे कार्यक्रम संयोजक सुनिल भट्टराईले बताउनु भयो । उक्त कार्यक्रममा मित्र राष्ट्र भारत र चाइना सहित नेपालका गरी करिब ५ सय जनाको सहभागिता भएको आयोजकले दाबी गरेको छ । भारतबाट करिब ४० जना र चिनबाट करिब ५० जनाको सहभागिता भएको छ भने… पुरा पढौ

लमजुङको क्व्होलासोथारमा यही फागुन १८ गते देखि १५ औं पसगाउँ महोत्सव हुने

दीननाथ बराल,पोखरा, १२ फागुन, लमजुङको क्व्होलासोथारमा यही फागुन १८ गते देखि १५ औं पसगाउँ महोत्सव हुने भएको छ । ग्रामिण पर्यटन प्रबद्र्धन गरि गाउँको प्रचार प्रसार गर्न उक्त महोत्सव हुने भएको क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष एवं पसगाउँ सामुहिक होमस्टेका समेत अध्यक्ष सुर्य प्रसाद गुरुङले बताउनु भयो । ग्रामिण पर्यटनको माध्यमबाट गरिवी न्यूनीकरण गर्ने, स्थानीय भेषभुषा, कला संस्कृतिको संरक्षण एवं सम्बद्र्धन गर्ने, आर्थिक एवं सामाजिक स्तर बृद्धि गर्ने, पसगाउँको थप प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने लगायतका उद्धेश्य राखेर उक्त महोत्सव… पुरा पढौ