पर्यटन

गण्डकीका ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोही ६ जनालाई प्रदेश सरकारको नगद सहित सम्मान (भिडियो सहित)

दीननाथ बराल,पोखरा, असार २६, गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरेका ६ जना पर्वतारोहीलाई नगदसहित सम्मान गरेको छ । पोखराको पौवा होटलमा आज (शुक्रबार) आयोजित ‘प्रदेशभित्रका पर्वतारोहीलाई सहयोग तथा सम्मान कार्यक्रम’ मा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल तथा मन्त्रालयका सचिव रोशन ज्ञवालीले जनही ४५ हजार रुपैयाँ, सम्मानपत्र, मायाको चिनो र दोसल्ला प्रदान गरी पर्वतारोहीहरूलाई सम्मान गर्नु भएको हो । https://www.youtube.com/watch?v=nd25H0mS-nA सम्मानित हुनेमा गोरखाको चुमनुब्री गाउँपालिका–१ का नाङसल छ्योटोन लामा, पर्वतको कुश्मा… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा १ हजार ४ सय १३ होटल सञ्चालनमा,एकै रातमा २६ हजार भन्दा बढी पर्यटकलाई राख्न सकिने (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २५ असार, अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्यटन पूर्वाधार उल्लेखनीय रूपमा विस्तार भएको छ । हाल संरक्षण क्षेत्रभित्र १ हजार ४ सय १३ वटा होटल तथा पर्यटकीय आवास सञ्चालनमा रहेका छन् भने एकै रातमा २६ हजार ८ सय ६१ पर्यटकलाई आवास सुविधा उपलब्ध गराउने क्षमता रहेको एक्याप पोखराका प्रमुख डा. रविन कँडरियाले बताउनु भयो । https://www.youtube.com/watch?v=henk5LQL_Y8&t=3155s संरक्षण क्षेत्रका होटलमा ११ हजार ७ सय २१ कोठा रहेका छन् भने निजी क्षेत्रबाट सञ्चालित होटल तथा पर्यटकीय व्यवसायले १ हजार ७ सय ९… पुरा पढौ

गण्डकी प्रदेशमा गाँजा विधेयक पारित, अब निश्चित मापदण्ड पूरा गरी व्यावसायिक गाँजा खेती गर्न कानुनी बाटो खुल्ला

दीननाथ बराल,पोखरा २५, असार, गण्डकी प्रदेशसभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती, उत्पादन, उपयोग र व्यवस्थापनलाई कानुनी आधार दिने ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती (नियमन र उपयोग) विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ । आज (बिहीबार) बसेको प्रदेशसभा बैठकबाट विधेयक पारित भएसँगै निश्चित मापदण्ड पूरा गर्ने कम्पनी तथा उद्योगले प्रदेश सरकारबाट अनुमति लिएर व्यावसायिक रूपमा गाँजा खेती, उत्पादन, प्रशोधन र बिक्री–वितरण गर्न सक्ने कानुनी बाटो खुलेको हो । गण्डकी प्रदेशले गाँजा खेतीलाई औषधीय तथा औद्योगिक उत्पादनसँग… पुरा पढौ

पोखरामा बन्यो ५ बर्षमै २२ मेगावाटको सेतीखोला जलविद्युत आयोजना, साउनदेखि व्यावसायिक उत्पादन सुरु हुने

दीननाथ बराल,पोखरा, असार २४, पर्यटनको राजधानीका रूपमा परिचित पोखराले अब ऊर्जा उत्पादनको क्षेत्रमा पनि अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। करिब पाँच वर्षको निर्माण अवधि र ५ अर्ब ५ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत आयोजना परीक्षण उत्पादनमा प्रवेश गरेको छ। आगामी साउनको पहिलो सातादेखि आयोजना व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको परियोजनाले पोखराक्लिकलाई जनाएको छ । पोखरा महानगरपालिका–३३ मुसेटुँडा क्षेत्रमा निर्माण गरिएको आयोजनाले असार १५ गतेदेखि परीक्षणस्वरूप विद्युत उत्पादन सुरु गरेको हो। हाल उत्पादित विद्युत… पुरा पढौ

पोखरा–दुबई उडानका लागि फ्लाई दुबईले सरकार र निजी क्षेत्रको साथ खोज्दै पोखरामा (भिडियो सहित)

दीननाथ बराल,पोखरा, असार २२, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईसम्म नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारीमा रहेको फ्लाई दुबईले आफ्नो सेवा दीगो र प्रभावकारी बनाउन सरकार तथा निजी क्षेत्रको सक्रिय साथ आवश्यक रहेको जनाएको छ । आगामी असोज ७ गते (सेप्टेम्बर २३) देखि पोखरा–दुबई नियमित उडान सुरु गर्ने घोषणा गर्दै सन् २०२७ मार्च २६ सम्मका लागि टिकट बुकिङ खुलाइसकेको कम्पनीले उडानको दीर्घकालीन सफलताका लागि पोखरामा सरकारी तथा निजी क्षेत्रसँग उच्चस्तरीय भेटघाटलाई तीव्र बनाएको हो । https://www.youtube.com/watch?v=Jw-Nz6LkrC8&t=6s फ्लाई दुबईका नेपालस्थित जनरल म्यानेजर नवराज… पुरा पढौ

पदयात्रा पर्यटन सुधारका लागि टान गण्डकीद्वारा पर्यटनमन्त्री पौडेल समक्ष आठबुँदे सुझाव पेश

पोखर, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले नेपालको पदयात्रा पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान, सुरक्षित पर्यटनको प्रत्याभूति र दिगो पर्यटन प्रवर्द्धनका लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेस) समक्ष आठबुँदे ध्यानाकर्षणपत्र पेश गरेको छ। टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेतृत्वले बुझाएको ध्यानाकर्षणपत्रमा पर्यटन नीति तथा कानुन सुधारदेखि पदमार्ग संरक्षण, अवैध ट्रेकिङ नियन्त्रण, नेपाल पर्यटन बोर्डमा संस्थागत सुधार, नयाँ पदमार्गको विकास, दोहोरो शुल्क अन्त्य, प्रशासनिक सरलीकरण तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवर्द्धनसम्मका बिषयहरु समेटिएका छन्। टान गण्डकीले… पुरा पढौ

फ्लाइ दुबईको पोखरा–दुबई उडानका निम्ति २०२७ मार्चसम्मकोे टिकट बुकिङ खुला

पोखरा,२१ असार, पोखराबाट दुबई उडानको घोषणा गरेको फ्लाइ दुबईले लामो उडान तालिका सार्वजनिक गरेको छ । सुरुमा असोज ७ गतेदेखि एक महिनाको लागिमात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ को माच २६ सम्मकै बुकिङ खुला गर्दै उडान दीर्घकालीन बनाउने छनक दिएको हो । फ्लाइ दुबईका नेपालस्थित जनरल म्यानेजर नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउने गरी काम सुरु भएको बताए ।‘हप्तामा ४ उडानबाट सुरु भएको काठमाडौं–दुबई उडान अहिले दिनमै ४ वटामा आएको छ,’उनले भने,‘हामी पोखरामा पनि तीतो… पुरा पढौ

प्राकृतिक पदयात्रा र चरा पर्यटन प्रवद्र्धनका लागि पोखरामा स्थलगत अध्ययन सुरु(भिडियो सहित) पोखरामा १ सय ५३ प्रजातिका चरा भेटियो,

दीननाथ बराल,पोखरा, १९ असार, पोखरा महानगरपालिका र पोखरा पंक्षी समाजले प्राकृतिक पदयात्रा तथा चरा पर्यटनको दीर्घकालीन विकासका लागि बेगनास क्षेत्रमा दुईदिने स्थलगत अध्ययन कार्यक्रम सुरु गरेको छ । प्राकृतिक पदयात्रा तथा चरा अवलोकन रुट निर्धारण, अध्ययन प्रतिवेदन प्रस्तुति, महानगरको पक्षी सूची (बर्ड चेकलिस्ट) तयार गर्ने, ‘महानगर पक्षी’ घोषणा गर्न सिफारिस गर्ने तथा चरा अध्ययनका लागि लामो समय बस्ने पर्यटक आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको महानगरले जनाएको छ । https://www.youtube.com/watch?v=vlCAao5psm8 पोखरा महानगरपालिका–३१ स्थित बेगनास र पचभैया जंगललाई केन्द्र बनाएर सञ्चालन… पुरा पढौ

सीप र अवसर जोड्न पोखरामा रोजगार मेला (भिडियो सहित)

दीननाथ बराल, पोखरा १९, असार, बेरोजगार युवा र रोजगारदातालाई एउटै थलोमा जोड्ने उद्देश्यका साथ पोखरामा आज (शुक्रबार) भएको रोजगार मेला (जब फेयर) मा करिब ३ हजार युवा रोजगारको खोजिमा आउनु भएको छ । पोखरा उद्योग वाणिज्य संघ र ग्रोथ सेलर्सको संयुक्त आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा आयोजित मेलामा गण्डकी प्रदेशका करिब ३ हजार युवा बिद्यार्थीहरु नयाँ रोजगारको खोजिमा उक्त मेलामा सहभागि भएको ग्रोथ सेलर्सका संस्थापक अध्यक्ष मोहनराज ओझाले बताउनु भयो । https://www.youtube.com/watch?v=bOFLhLqnYrg&t=620s मेलामा सहभागी युवाले विभिन्न कर्पोरेट हाउस तथा व्यावसायिक… पुरा पढौ

पोखरा महानगरद्वारा ६ युवा ‘पोखरा यूथ एक्सेलेन्स अवार्ड २०८३’ बाट सम्मानित

पोखरा, असार १८ युवा उद्यमशीलता, सीप विकास, नवप्रवर्द्धन, पत्रकारिता, खेलकुद, पर्यटन, समाज सेवा तथा अपाङ्गता सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने ६ जना युवालाई पोखरा महानगरपालिकाले ‘पोखरा यूथ एक्सेलेन्स अवार्ड २०८३’ प्रदान गरेको छ। नगर युवा परिषद्को आयोजनामा बिहीबार सम्पन्न यूथ फेस्टिभल २०८३ का अवसरमा महानगर प्रमुख धनराज आचार्यले सम्मानित व्यक्तिहरूलाई दोसल्ला ओढाएर जनही ३० हजार रुपैयाँ नगदसहित अवार्ड प्रदान गर्नुभयो। यस वर्ष पत्रकारिता क्षेत्रमा दुर्गा राना मगर, पर्यटन तथा युवा उद्यमशीलतामा प्रतीकराज पहारी, समाज सेवामा सुदीश पुन, युवा उद्यमशीलता, नवप्रवर्द्धन… पुरा पढौ