दीननाथ बराल,पोखरा, २६ असार, पोखराको पर्यटकीय क्षेत्र सेदीमा सफ्टवेयर कम्पनीको आवरणमा सञ्चालन भइरहेको अनलाइन सट्टेबाजी केन्द्रमा प्रहरीले छापा मार्दै आठ जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीको प्रारम्भिक अनुसन्धानले उक्त समूह भारतीय नेटवर्कसँग आबद्ध रहेर क्रिकेट, फुटबल र क्यासिनो खेलमा अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको तथा करोडौं रुपैयाँ बराबरको कारोबार भएको हुन सक्ने कास्कीका प्रहरी उपरीक्षक एसपी नवीन कार्कीले बताउनु भयो । गोप्य सूचनाको आधारमा शुक्रबार बिहान गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र…
पुरा पढौ