
पोखरा,
पोखरा–१४ चाउथेमा अवस्थित कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी र पोखरा–२७ मा अवस्थित त्रिवेणी पब्लिक माविले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा लागि सहयोग गरेका छन्। रसुवा जिल्लामा प्राकृतिक विपद्का कारण प्रभावित बनेका नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीले एन प्याब्सन कास्की मार्फत १ लाख ११ हजार १ सय ११ रुपैया प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने गरी रकम हस्तान्तरण गरेको हो ।
कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य तथा एन प्याब्सन कास्कीका अध्यक्ष मनकाजी गुरुङले एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्का, निवर्तमान अध्यक्ष हेमन्त अधिकारी, वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारी, उपाध्यक्ष राजु केसी, सचिव शिबराज पौडेल, कोषाध्यक्ष राजु कायस्थ र सहकोषाध्यक्ष अर्जुन प्रसाद अधिकारीलाई चेक हस्तान्तरण गरेका थिए । कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका संस्थापक प्राचार्य तथा एन प्याब्सन कास्कीका अध्यक्ष मनकाजी गुरुङले प्राकृतिक विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताए। उनले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूलाई पुनः सामान्य अवस्थामा फर्काउन दीर्घकालीन सहयोग र सहकार्य आवश्यक रहेको बताए।
त्यसैगरीले त्रिवेणी पब्लिक माविले एन प्याब्सन कास्की मार्फत १ लाख ११ हजार १ सय ११ रुपैया प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने गरी रकम हस्तान्तरण गरेको छ ।कार्यक्रममा त्रिवेणी पब्लिक माविका संस्थापक प्राचार्य विष्णु प्रसाद अधिकारी, प्रबन्ध निर्देशक गोविन्द भण्डारी, सञ्चालक सदस्य राजेन्द्रमणि पौडेल, सदस्य तथा एन प्याब्सन गण्डकी प्रदेशका कोषाध्यक्ष विष्णुप्रसाद पौडेल, सञ्चालक सदस्य विजयन्द्र पौडेल, सदस्य भरतराज अधिकारी, सदस्य रामप्रसाद शर्मा, सदस्य विकास अधिकारी र सदस्य प्रकाश सुवेदीले एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्का, कास्कीका अध्यक्ष मनकाजी गुरुङ, निवर्तमान अध्यक्ष हेमन्त अधिकारी, वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारी, उपाध्यक्ष राजु केसी, सचिव शिबराज पौडेल, कोषाध्यक्ष राजु कायस्थ र सहकोषाध्यक्ष अर्जुन प्रसाद अधिकारीलाई चेक हस्तान्तरण गरेका थिए । यस अघि विद्यालयले हिसान कास्की मार्फत १ लाख ३४ हजार ८ सय २० रुपैया प्रधानमन्त्री राहत कोषामा सहयोग हस्तान्तरण गरेको छ ।
त्रिवेणी पब्लिक माविका संस्थापक प्राचार्य अधिकारीले विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्नु मानवीय कर्तव्य भएको बताए। बाढीका कारण समस्यामा परेका परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउनुका साथै उनीहरूको दीर्घकालीन पुनःस्थापनाका लागि समेत सहयोग आवश्यक रहेको उनको भनाइ थियो। एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष यादव खड्काले विपद्का बेला प्रभावित नागरिकको पीडामा साथ दिन शैक्षिक संस्था, निजी क्षेत्र तथा सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताए। राहत वितरणसँगै प्रभावित परिवारको पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए।
भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न राहत सामग्री तथा सहयोग उपलब्ध गराइएको हो। बाढीबाट घर, व्यवसाय तथा दैनिक जनजीवन प्रभावित भएका परिवारलाई राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनःस्थापनामा समेत सहयोग पु¥याउने उद्देश्यले एन प्याब्सन कास्कीले आवद्ध विद्यालय मार्फत राहत संकलनलाई अभियान रुपमा अगाडि बढाएको छ ।






