फोनिज युकेको पत्रकारिता पुरस्कार संगीता चेपाङलाई, दिपीन राई सम्मानित हुने

-


     पोखरा क्लिक     
     माघ १७ गते २०८० मा प्रकाशित


पोखरा १७, माघ

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको पत्रकारिता सम्मान २०२३ बाट दिपीन राई र संगीता चेपाङ पुरस्कार २०२३ बाट पुरस्कृत हुने भएका छन्। २५ जनवरीको बैठकले राई र चेपाङलाई प्रदान गर्ने निर्णय गरेको पुरस्कार छनौट समितिका प्रमुख (हेड अफ ट्रस्ट) सोनाम छिरिङ शेर्पाले बताए ।

सम्मान र पुरस्कारका लागि फोनिज संघीय समितिले पाँच जनाको नाम सिफारिस गरेका बताइन्छ । सम्मान र पुरस्कारको राशी जनही २५÷२५ हजार रुपैयाँ रहेको छ । झापाका पत्रकार दिपीन राई यलम्बर टाइम्स सम्पादक र प्रकाशक तथा लोकतन्त्र दैनिकमा कार्यरत छन् ।

युवा पत्रकार संगीता चेपाङ नेपालमा अति अल्पसंख्यक र लोपुन्मुख चेपाङ समुदायका पत्रकार हुन । उनी इच्छाकामना एफ एम १०२.४ मेघाहर्ज कुरिनटार चितवनमा कार्यरत छन । उक्त पुरस्कार आफुले पाउने खबरले निकै खुसि लागेको संगिताले पोखराक्लिकलाई बताइन् ।