
काठमाण्डौं,
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो । विराटनगरलाई रोक्ने क्रममा चितवनका कमलसिंह ऐरीले ४ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। रिजन ढकालले २ विकेट लिए भने अन्य बलरले एक–एक विकेट हात पारे ।
विराटनगरका इम्रान शेखले सर्वाधिक ३९ र आन्द्रे रसेलले १७ बलमा ३३ रन बनाए । लोकेश बमले २६ रनको योगदान दिए पनि टोलीलाई जिताउन सकेनन्। त्यसअघि त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो। ओपनर डाविड मलानले ५१ बलमा ७० रन बनाए। रवि बोपारा ३२ र डान मोस्ली २९ रनमा अविजित रहे। चितवनको जितसँगै विराटनगरको जितको सम्भावना अन्तिम ओभरमा समाप्त भयो। आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुदैछ ।





