खेलकुद

टान गण्डकीको अध्यक्षमा तीर्थराज सुवेदी निर्वाचित

पोखरा २८, असोज, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा तीर्थराज सुवेदी निर्वाचित हुनुभएको छ । टान गण्डकीको ३३औँ वार्षिक साधारण सभा तथा १९औँ अधिवेशनले सुवेदीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको निवर्तमान अध्यक्षमा कृष्ण आचार्य, प्रथम उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, द्वितीय उपाध्यक्षमा गोपालकृष्ण सिग्देल, सचिवमा भूपेन्द्रकुमार लामा, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर भुजेल चयन हुनुभएको छ । त्यसैगरी, कार्यसमिति सदस्यमा बलराम दाहाल, भूपेन्द्र गौतम, अजय राज अधिकारी, शिव क्षेत्री र श्रीराम पोखरेल निर्विरोध… पुरा पढौ

प्रतिभा माविमा खेलकुद कार्यक्रम सुरु, उपाधि विजेता खेलाडीलाई सम्मान

पोखरा, असोज २८, पालिखेचोकस्थित प्रतिभा माविमा बुधबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । आन्तरिक रुपमा विभिन्न समूह बनाएर विद्यार्थीले उक्त कार्यक्रममा भाग लिनेछन् । त्यसबाहेक विद्यालयले बुधबार एक कार्यक्रम गरि पोखरामा आयोजित विभिन्न खेल प्रतियोगिताका उपाधि विजेता विद्यार्थीलाई सम्मान समेत गरेको छ । विद्यालयले केही समय अघि पोखरामा आयोजित पाँचौ मञ्जुबहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगिता जितेको थियो । त्यस्तै कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको २२ औं इन्द्रबहादुर गुरुङ मेमोरियल अन्तर स्कुल ब्याडमिन्टन प्रतियोगितामा प्रतिभा मावि उपविजेता बनेको थियो… पुरा पढौ

तेस्रो पर्वतीय दौडको उपाधि पुनः नरेन्द्रले जिते, ६ देशका १७५ सहभागि, राज गुरुङ ‘ लाला ’ र म्याराथन धावक अर्जुन गोदार सम्मानित

पोखरा, २५ असोज, तेस्रो पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । पोखरा–२२, पुम्दी–भुम्दीमा शनिबार आयोजित उक्त प्रतियोगितामा निर्धारित ८ किमी दूरी उनले ३४ः३५ः८८ मिनेटमा पूरा गर्दै उपाधिसहित नगद ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । सुदूरपश्चिमका रावत गत वर्ष पनि च्याम्पियन बनेका थिए । यसैगरी, गौतम श्रेष्ठ दोस्रो र निरज भट्ट क्षेत्री तेस्रो भए । श्रेष्ठले निर्धारित दूरी ३५ः१६ः१९ मिनेटमा पूरा गर्दा क्षेत्रीले ३५ः२९ः०१ मिनेट समय लगाए । उनीहरुले क्रमशः ३० र १५ हजार साथमा मेडल… पुरा पढौ

मधुमेह र टिजी जाँच

पोखरा, २४ असोज, विवेक बचत तथा ऋण सहकारी पोखरा–९, अर्चलबोटको आयोजनामा शनिबार यसका सेयर सदस्यको सित्तैमा रगत जाँच गरिएको छ । पोखराको न्युरोडमा रहेको गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा कार्यक्रममा सहभागीको मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी रगत जाँच सित्तैमा गरिएको हो ।२ सय जनाको रगत जाँच सित्तैमा गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा वरिष्ठ मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा बिराज बरालले मधुमेह, थाइराइड र… पुरा पढौ

पर्वतीय दौडमा राज गुरुङ र अर्जुन गोदारलाई सम्मान गरिने

पोखरा, २० असोज, तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता–२०८३ अवसरमा राज गुरुङ ‘लाला’ र अर्जुन गोदारलाई सम्मान गरिने भएको छ । ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकले विश्व पर्यटन दिवस सन्दर्भ पारेर यही असोज २४ गते शनिबार आयोजना गर्ने प्रतियोगितामा सम्मान गरिने भएको हो । पुम्दीभुम्दीको पर्यटन प्रवद्र्धन तथा स्थानीय क्षेत्रको विकासमा योगदान दिने एक जना र खेलकुद क्षेत्रमा योगदान दिने एक जना गरी आयोजकले पहिलो संस्करणदेखि सम्मान गर्दै आएको प्रतियोगिता संयोजक दीननाथ… पुरा पढौ

सहारा आवासीय फुटबल एकेडेमीलाई सहयोगी हातहरू थपिँदै

पोखरा , सहारा क्लब पोखराद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीका बालकहरूका लागि सहयोग जुट्ने क्रम पछिल्लो समय बढ्दै गएको छ। पोखरा–१७, दोबिल्लामा रहेको एकेडेमीमा आश्रित बालकहरूको शिक्षा, आवास तथा दैनिक आवश्यकतामा सहयोग पु¥याउने उद्देश्यले विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक तथा सामग्री सहयोग गरेका हुन्। यसैक्रममा सहारा क्लब हङकङका आजीवन सदस्य दीपक ज्वारचनले आफ्नी दिदी तथा भिनाजु अनिता र बलबहादुर थकालीको स्मृतिमा एकेडेमीका बालकहरूलाई भोजन गराएका छन्। सो अवसरमा उनले २१ हजार रुपैयाँ सहयोगसमेत हस्तान्तरण गरे। त्यस्तै सहारा… पुरा पढौ

कास्की–३ कांग्रेस सभापतिमा प्रकाश बराल निर्वाचित

पोखरा , नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा बरालले ५ सय ६१ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी विष्णुबहादुर क्षेत्रीले ३ सय ८२ मत प्राप्त गरे। बराल १ सय ७९ मतान्तरले विजयी भएका हुन्। क्षेत्रीय सचिवमा शितल अधिकारी निर्वाचित भएका छन्। अधिकारीले ५ सय ११ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी महेशकुमार तिमिल्सिनाले ४ सय ६ मत पाए। त्यस्तै, सहसचिव… पुरा पढौ

तेस्रो पर्वतीय दौडको तयारी तीव्र, हालसम्म १८ जिल्लाका ८० धावक सूचीकृत

पोखरा १७, असोज, पर्यटनको राजधानी पोखरामा आउँदो शनिबार आयोजना हुने तेस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगिताका लागि हालसम्म १८ जिल्लाका ८० बढी धावकले नाम दर्ता गराइसकेको शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगिताका लागि असोज २१ गते राति १२ बजेसम्म पोखरा क्लिक अनलाइनमार्फत नाम दर्ता गर्न सकिने आयोजकले जनाएका छन् । खेल पर्यटन मार्फत् ग्रामीण पर्यटन र कृषि अर्थतन्त्रलाई जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक दीननाथ बरालले बताउनुभयो । पोखरा… पुरा पढौ

पाहुना टोली भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा चारै खेलमा पराजित

दीननाथ बराल, पोखरा, १६ असोज, नेपाल भ्रमणमा रहेको भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा खेलेका चारवटै अभ्यास खेलमा पराजित भएको छ । नेपाल भ्रमणअन्तर्गत शुक्रबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सम्पन्न अन्तिम अभ्यास खेलमा क्यान–११ ले भुटानलाई १०४ रनले पराजित गरेसँगै भुटानको भ्रमण चार खेलमा पराजित भएसंगै टुंगिएको छ । १७७ रनको लक्ष्य पछ्याएको भुटानको टोली १७.३ ओभरमा ७२ रनमै समेटियो । भुटानका लागि सोनाम चोपेल र आनन्द मोंगरले समान १५ रनको योगदान दिए । क्यान–११ का बिपिन शर्माले उत्कृष्ट बलिङ गर्नुभयो… पुरा पढौ

पर्वतीय दौडलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्राविधिक रूपमा मजबुत बनाउन खेल संघसंस्थाको आग्रह

पोखरा १६, असोज, पोखरामा आयोजना हुने तेस्रो संस्करणको पुम्दी भुम्दी खुला पर्वतीय दौड प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्राविधिक रूपमा थप मजबुत बनाउन खेल संघसंस्थाका प्रतिनिधिहरूले आग्रह गरेका छन् । पोखरामा शुक्रबार आयोजित खेल संघ संस्था सहितका सरोकारवालासंगको छलफल कार्यक्रममा सहभागिहरुले प्रतियोगिता सफल बनाउन आवश्यक प्राविधिक तथा अन्य सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन् । पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा आगामी असोज २४ गते शनिबार पोखरामा प्रतियोगिता आयोजना हुँदैछ । पोखराको पर्यटनसँगै खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले… पुरा पढौ

This will close in 20 seconds