खेलकुद

केपी ओली कप टी २० क्रिकेट ः गण्डकी र काठमाडौं फाइनलमा

टस जितेर गण्डकी र काठमाडौं १० रनले विजयी हुँदै फाइनलमा प्रवेश गरेका हुन । पोखरा ४ वैशाख – सिइसी काठमाडौं र गण्डकी हिरोज पोखरामा जारी केपी ओली कप टी२० पुरुष राष्ट्रिय क्लब स्तरिय क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा बिहिबार वर्षाका कारण पहिलो सेमीफाइनल खेल ५ ओभरको खेलाइयो भने दोस्रो खेलको पहिलो इनिङ चलिरहँदा वर्षा भएपछि टस गराइएको थियो । प्रतियोगिताको पहिलो सेमीफाइनलमा हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमीलाई १० रनले हराउँदै काठमाडौं फाइनलमा प्रवेश… पुरा पढौ

आरुषी र गृष्मा मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको फाइनलमा

बैशाख ४,पोखरा, आरुषी तुलाचन र गृष्मा गुरुङ्ग पोखरामा जारी चौंथो मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गतर यु–१६ गल्र्स सिंगलको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको सेमिफाइनलमा आरुषीले सरिशा शेरचनलाई ६–४, ३–६ र ६–३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाइन् । अर्को सेमिफाइनलमा गृष्माले आइसा मेक्लागनलाई ६–३, ६–३ ले पराजित गर्दै फाइनलमा आरुषीसंगको भेट पक्का गरिन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा यु–१६ ब्वाइज सिंगलतर्फ दर्शिल श्रेष्ठले सूर्यान्स श्रेष्ठलाई ६–२, ६–० ले, आसब सम्राट हाडाले सन्दिप… पुरा पढौ

केपी ओली कप टी २० ः समूह चरण सकियो, अत्तरिया सेमीफाइनलमा

पोखरा – ३ बैशाख, पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा समूह ‘डी’ बाट अत्तरिया क्रिकेट एकेडेमी प्रवेश गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै सेमीफाइनल प्रवेश गरेको हो । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा १२५ रनको विजयी लक्ष्य पाएको अत्तरियाले १४.१ ओभरमा ४ विकेट गुमाउँदै १२८ रन बनायो । निश्चल क्षेत्री ३० र अर्जुन… पुरा पढौ

पोखरामा चौंथो मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शुरु

बैशाख ३,पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजनामा बुधबारदेखि पोखरामा चौंथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले एक समारोहका विच टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटनका दिन विभिन्न उमेर समूहका खेलहरू सम्पन्न भएका छन् । सम्पन्न खेलहरूमा १४ वर्ष मुनि ब्वाइज सिंगलमा आर्यस राज पौडेलले शरण विकलाई ६–०, ६–० ले, स्पन्दन उदासले आरित मल्ललाई ६–०, ६–० ले, सुरेन्द्र विकले दर्शन… पुरा पढौ

पर्वत र आयोजक टोली बन्यो प्रथम एलिट भलिबल कप च्याम्पियन

पोखरा, पर्वत र आयोजक एलिट भलिबल प्रथम एलिट भलिबल कपको च्याम्पियन बनेका छन् । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३, नदिपुरमा भएको उक्त प्रतियोगिताको पुरुषतर्फ पर्वत र महिलातर्फ एलिट भलिबल टोली च्याम्पियन बनेको हो । पर्वतले पिरामिड कन्ट्रक्सन हङकङलाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २६–२४ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको पर्वतले तेस्रो सेट १७–२५ ले पिरामिड कन्ट्रक्सनलाई सुम्पिएको थियो । चौथो सेटमा २५–२२ को पुनरागमन जित निकाल्दै पर्वतले उपाधि रक्षा ग¥यो । उपाधिसँगै पर्वतले ट्रफीसहित… पुरा पढौ

१५ औं वार्षिकोत्सवको अवसर पारी युनाईटेड क्लबद्धारा पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण

पोखरा , युनाईटेड क्लब पोखराले १५ औं वार्षिकोत्सवको अवसर पारी पोखरा १७ मा रहेको पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । सामाजिक काम मार्फत छुट्टै पहिचान बनाउन सफल युनाईटेड क्लबले वैशाख ७ गते आफ्नो वर्षिकोत्सव मनाउने योजना अनुसार त्यसको अवसरमा वैशाख १ गते पोखरा १७ सितापाइलामा रहेको पोखरा बृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो । सो अवसरमा वोल्दै युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लब पोखराले पोखरामा पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेकाले पोखरा महोत्सवलाई सवै क्षेत्रको साथ… पुरा पढौ

चौंथो मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता बुधबार देखि

बैशाख २,पोखरा कास्की जिल्ला टेनिस संघको आयोजनामा बुधबारदेखि पोखरामा चौंथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने भएको छ । आयोजक संघले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा ८, ९, १०, १२, १४ र १६ वर्षमुनि ब्वाइज तथा गल्सतर्फ सिंगल,डबल्स गरी विभिन्न १४ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोक गुरुङले पत्रकार सम्मेलनमा बताउनुभयो । १६ वर्ष सिंगलतर्फ बिजेताले नगद १५ हजार तथा उप–विजेताले नगद ७ हजार ५ सय सहित मेडल प्राप्त… पुरा पढौ

एथ्लेटिक्स मिटमा सिनियरतर्फ ४ जना खेलाडी उत्कृष्ट

पोखरा, कास्की जिल्ला एथ्लेटिक्स संघको इतिहासमै पहिलो पटक पोखरामा आयोजना भएको दुई दिने पोखरा ओपन एथलेटिक्स मिट २०२५ मा सिनियरतर्फ ४ जना खेलाडी उत्कृष्ट घोषित भएका छन् । पुरुषतर्फ विभागिय टोली नेपाल आर्मी क्लबका मुकेश बहादुर पाल र सलिम देवान उत्कृष्ट हुँदा महिलातर्फ नेपाल पुलिस क्लबकी सिमा चौधरी र चितवनकी रेशमा सुवेदी उत्कृष्ट बन्न सफल हुनु भएको संघ कास्कीका अध्यक्ष गज बहादुर गुरूङले बताए । उत्कृष्ट भए संगै उनीहरुले नगद १०र१० हजारका साथमा प्रमाणपत्र हात पारेका छन् । दुई दिन… पुरा पढौ

केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग

पोखरा, ३१ चैत, इम्बोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखराले केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रमका विद्यार्थीलाई टिसर्ट सहित स्टेशनरी र खेलकुदका सामाग्री सहयोग गरेको छ ।संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आउँदै गरेको नयाँ वर्ष २०८२ को अवसर समेत पारी शनिबार गुरुकुलमा त्यहाँका ८१ जना बटु्कलाई टिसर्ट सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुुभयो । कार्यक्रमकै अवसरमा बटुकहरूलाई भोजन समेत गराइएको थियो । संस्थाले पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमका साथमा वर्षेनी सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कामहरू गर्दै आएको उहाँले बताउनुभयो… पुरा पढौ

पोखरामा आयोजित पर्यटक दौडमा लण्डनका साम प्रथम, १८ देशका ५५ सहभागी

पोखरा, ३१ चैत, पोखरामा जारी २० औं फेवा नव वर्ष महोत्सव २०८२ को दोश्रो दिन आइतबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा लण्डनबाट आएका साम प्रथम भएका छन् । यसैगरी युके, रसिया र अमेरिकाका क्रमशः लियो, डेनिस र युसेफले द्वितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गरे । महिला तर्फको छुट्टै मूल्यांकनमा फ्रान्सकी कोलिन प्रथम भइन् । फ्रान्सकी एलिजा द्वितीय भइन् भने रसियाकी मारिया तृतीय भइन् । चीनकी फ्लोराले सान्त्वना स्थान हाँसिल गरिन् । प्रतियोगितामा प्रथम हुनेले हाइ ग्राउण्ड एड्भेञ्चरबाट प्रदान गरिने… पुरा पढौ