खेलकुद

पोखरा क्षेत्रका शिवालय मन्दिरमा तेस्रो सोमबार भक्तजनको बिहानैदेखि घुइँचो

दीननाथ बराल, पोखरा, साउन महिनाको तेस्रो सोमबार आज पर्यटकीय नगरी पोखराका विभिन्न शिवालय मन्दिरमा बिहानैदेखि दर्शनार्थी भक्तजनको उल्लेखनीय भिडभाड भएको छ । भगवान् शिवको विशेष आराधनाको दिन मानिने सोमबारका अवसरमा पोखराको केदारेश्वर महादेव मन्दिर, पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति, पशुपतिनाथ मन्दिर, विन्ध्यवासिनी परिसरका शिवालय तथा अन्य शिव मन्दिरमा भक्तजनले पूजा–आराधना तथा जलाभिषेक गर्नु भएको छ । https://www.youtube.com/watch?v=0mb5MSQV2k8&t=604s बिहानैदेखि पोखरा महानगरका विभिन्न क्षेत्रसहित आसपासका जिल्लाबाट आएका श्रद्धालुहरू मन्दिर पुगेर जल चढाउने तथा पूजा आज गर्ने गर्नु भएको छ । वृद्धवृद्धा, महिला, युवा… पुरा पढौ

पर्यटन प्रबद्र्धन केन्द्रित भई काम गर्ने बोर्डको योजना छः सदस्य पोखरेल, चलिय पोखरालाई थप प्रभावकारी बनाउन होटल संघको माग

पोखरा, १८ साउन, नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले प्रबद्र्धन र संरक्षणका कामलाई प्राथमिकतामा राखेर बोर्ड अघि बढ्दै गरेको बताएका छन् । होटल संघ पोखरा नेपालले उनको स्वागतका लागि सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले पूर्वाधार विकासको पक्षलाई भन्दा प्रबद्र्धनमा नै बोर्डको ध्यान रहेको प्रष्ट पारे । यसका लागि पर्यटकलाई आबश्यक पर्ने सबै जानकारी समेट्ने गरी क्युआर कोड विकास गर्ने तयारीमा बोर्ड रहेको जानकारी पनि उनले दिए । बोर्डको प्रादेशिक कार्यालय पोखरामा हुनु सुखद पक्ष भएको बताउँदै उनले यसबाट… पुरा पढौ

रारा पोखरा स्पोट्र्स अवार्डबाट ७ लाख ७१ हजार रुपैयाँ बचत,

पोखरा, १० साउन, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत गर्न सफल भएको छ । मञ्चले आईतबार उक्त अवार्डको आयव्यय सार्वजनिक तथा समिक्षात्मक छलफल कार्यक्रम आयोजना गरी उक्त रकम बचत गरेको जनाएको हो । अवार्ड कार्यक्रमका लागि कुल ३४ लाख ७५ हजार ९ सय ३८ रुपैयाँ आम्दानी भएको थियो भने २७ लाख ४ हजार ५ सय २० रुपैयाँ खर्च भएपछि उक्त रकम बचत भएको हो… पुरा पढौ

लेखनाथ डोजोका ७० कराँते खेलाडीलाई बेल्ट वितरण

लेखनाथ, क्योकुशिन कान कराँते लेखनाथ डोजोका ७० खेलाडीलाई बेल्ट वितरण कार्यक्रम भण्डारढिक रङ्गशालामा सम्पन्न भएको छ । बेल्ट वितरण कार्यक्रम अन्तर्गत एलो बेल्ट प्राप्त गर्ने २८ जना,ओरेन्ज बेल्ट प्राप्त गर्ने १२ जना, ग्रीन बेल्ट प्राप्त गर्ने १२ जना, ब्राउन बेल्ट प्राप्त गर्ने १० र ब्लु बेल्ट ८ जना गरी ७० खेलाडीलाई बेल्ट वितरण गरिएको हो । खेलाडीहरुलाई बेल्ट वितरण गर्दै सफल उद्योगी कर्माचार्य ग्रुपका सञ्चालक लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहेका विक्रम कर्माचार्यले असल चरित्र निर्माणमा खेलले महत्वपूर्ण… पुरा पढौ

२८ औं लामाचौर तीज महोत्सव भदौ अन्तिम साता हुने तयारी

पोखरा, नवआदर्श सामुदायिक विकास समाज, लामाचौरको आयोजनामा यस वर्ष पनि ‘लामाचौर तीज महोत्सव–२०८३’ हुने भएको छ । संस्थाको ३० औं वार्षिकोत्सव समारोह एवं महिलाहरुको महान पर्व हरितालिका तीज पर्वका अवसरमा आगामी भदौ २७ देखि २९ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको परिसरमा उक्त महोत्सव हुने भएको समाजले जनाएको छ । संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिने गरी हाल महोत्सवको तयारी तिव्र पारिएको संस्थाका अध्यक्ष दिनेश भण्डारीले बताए । ‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ उद्घोषका साथ आयोजना हुने यो महोत्सव… पुरा पढौ

पल्सर स्पोर्टस् अवार्ड भदौं १८ गते, गोल्छा ग्रुपसँग सम्झौता नविकरण

काठमाडौं, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ को मिति घोषणा भएको छ । आज (बुधबार ) मञ्चले काठमाडौंमा एक कार्यक्रम गर्दै अवार्डको २३औं संस्करण भदौं १८ गते नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’ मा गर्ने घोषणा गरेको हो । अवार्डको लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता पनि गरेको छ । गोल्छा ग्रुप लगातार १९औं पटक अवार्डसँग जोडिएको हो । दुईबीच अघिल्लो वर्ष नै पाँच वर्षका लागि सम्झौता भएको थियो ।… पुरा पढौ

म्याजेस्टिक लेक फ्रन्ट होटल चौथो वर्षमा प्रवेश, वार्षिकोत्सवमा रक्तदानदेखि मानवसेवासम्म

पोखरा, पोखरा महानगरपालिका–६, खहरे, लेकसाइडस्थित म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स प्रालिले तेस्रो वार्षिकोत्सव सम्पन्न गर्दै चौथो वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा होटलले व्यवसायिक उपलब्धिको समीक्षा मात्र नभई रक्तदान, मानवसेवा तथा खेलकुदलगायत सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम आयोजना गरेर आफ्नो वार्षिकोत्सवलाई अर्थपूर्ण बनाएको हो। गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य लेकसाइडमा सञ्चालित होटलले नेपाली मौलिकता र अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवाको समन्वय गर्दै स्वदेशी तथा विदेशी पर्यटकमाझ छुट्टै पहिचान बनाउन सफल भएको जनाएको छ। विशेष समारोहबीच होटलका संस्थापक अध्यक्ष रमेशबहादुर भट्टराई र सुशीला… पुरा पढौ

फेवातालमा डुङ्गा चालकमाथि मापसे र लापसे परीक्षण, गाँजा सेवन गरेका तीन जना पक्राउ

दीननाथ बराल, पोखरा, साउन ५ पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा डुङ्गा चालकमाथि गरिएको मादक पदार्थ सेवन (मापसे) तथा लागूऔषध सेवन (लापसे) परीक्षणका क्रममा गाँजा सेवन गरेका तीन जना चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको सहकार्यमा आज(मंगलबार) पोखरा–६ स्थित बाराहीघाट क्षेत्रमा गरिएको संयुक्त अनुगमनका क्रममा ३२ जना डुङ्गा चालकको मापसे तथा लापसे परीक्षण गरिएको थियो । परीक्षणका क्रममा तीन जना डुङ्गा चालकले लागूऔषध… पुरा पढौ

दैनिक ४\५ हजार यात्रु ओहोरदोहोर हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बसमा दैनिक १२–१६ यात्रु मात्रै यात्रा गर्छन !

दीननाथ बराल,पोखरा, ५ साउन, दैनिक चारदेखि पाँच हजार यात्रुको आवागमन हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सहज आवतजावतका लागि सञ्चालन गरिएको सटल बस सेवाले अपेक्षित साथ पाउन सकेको छैन्। तीन महिनासम्म निःशुल्क रूपमा परीक्षण गरिएको सेवा साउन १ गतेदेखि सःशुल्क बने पनि यात्रु सहभागिता अत्यन्त न्यून देखिएको हो । पोखरा महानगरपालिका र पोखरा बस सेवा प्रालिबीचको सहमतिअनुसार हाल विमानस्थलबाट दुईवटा ननस्टप सटल बस नियमित सञ्चालनमा छन्। एउटा बस विमानस्थल–विरौटा–लेकसाइड र अर्को विमानस्थल–पृथ्वीचोक–हल्लनचोक रुटमा चलिरहेको छ। दुवै बसको भाडा प्रतियात्रु १०० रुपैयाँ… पुरा पढौ

विश्वकप हेरेपछि मनमा उब्जिएका केही भावना

पोखरा, मलाई आजैजस्तो लाग्छ, जब म दुई–तीन कक्षामा पढ्थेँ। त्यसबेला मेरो हातमा रहेको सामान्य ज्ञानको किताब पल्टाउँदा दुईवटा नाम बारम्बार देखिन्थे—लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो। त्यतिबेला मेरा लागि फुटबल भनेको किताबको एउटा प्रश्न र त्यसको उत्तर मात्र थियो। म सोच्थेँ, "को होलान् यी मानिसहरू, जसको नाम संसारभरका किताबमा लेखिन्छ?" म खेलकुदको अत्यन्त ठूलो पारखी त होइन। तर सानैदेखि उनीहरूको नाम सुन्दै आएको भए पनि, यसपटक पहिलो पटक आफ्नै आँखाले विश्वकपको रोमाञ्च, त्यसको वातावरण र फुटबलको वास्तविक सौन्दर्यलाई नजिकबाट महसुस गर्ने… पुरा पढौ