खेलकुद

पृथ्वीराजमार्ग बसपार्क अगाडि अब जथाभावी पार्किङ गर्न नपाइने, सबै बस बसपार्कबाटै सञ्चालन हुने

दीननाथ बराल, पोखरा २६, साउन, पोखराको पृथ्वीचोक क्षेत्रलाई व्यवस्थित बनाउने अभियान सुरु भएको छ । पोखरा बसपार्क निर्माणका लागि बसपार्कभित्र रहेका केही संरचना हटाइएसँगै अब पृथ्बीचोक क्षेत्रका पृथ्वीराजमार्गको सडक तथा फुटपाथमा हुने जथाभावी पार्किङ र यात्रु चढाउने–ओराल्ने कार्यलाई पूर्ण रूपमा रोक्ने अभियान आजबाट सुरु भएको हो । तष्विर शुदर्शन रञ्जित अब पृथ्वीचोक हुँदै पोखरा भित्रिने तथा बाहिरिने सार्वजनिक सवारीसाधनले सडक र फुटपाथबाट यात्रु चढाउने–ओराल्ने पाउने छैनन् । सबै बसले पोखरा बसपार्कभित्रैबाट यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाइने भएको छ ।… पुरा पढौ

सहारा एकेडेमीको सहयोगार्थ आयोजना हुने च्यारिटी समर हाइकिङको पूर्व अवसरमा फल्चा तथा अन्तर्राष्ट्रिय झण्डा पार्कमा सरसफाइ तथा पुष्परोपण (भिडियो सहित)

जया पौडेल,पोखरा, २६ साउन, सहारा एकेडेमीको सहयोगार्थ आउँदो शनिबार पोखरामा आयोजना हुने ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ को पूर्व अवसरमा आज (मंगलबार) पोखरा–९ स्थित फल्चा तथा अन्तर्राष्ट्रिय झण्डा पार्कमा सरसफाइ तथा पुष्परोपण गरिएको छ । सहारा क्लब पोखराको आयोजना तथा पोखरा महानगरपालिका–९ को समन्वयमा हुने च्यारिटी हाइकिङको प्रचारप्रसारसँगै पर्यटकीय क्षेत्रको संरक्षण र सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले सरसफाइ तथा पुष्परोपण गरिएको क्लवले जनाएको छ । https://www.youtube.com/watch?v=nzVSF82lr5E&t=1558s कार्यक्रममा विभिन्न जातका एक सय भन्दा बढी फूलका बिरुवा रोप्नुका साथै फलफूल तथा अन्य रुखका बिरुवाको… पुरा पढौ

गण्डकी खेलकुद पदक विवादमा परे पछि छानबिन समिति गठन, दोषी उपर कार्वाही गर्ने मन्त्री गुरुङको चेतावनी, साउन २९ गते भित्र प्रतिवेदन बुझाउने सचिव पौडेलको तयारी

दीननाथ बराल,पोखरा २५, साउन, ‘गण्डकी प्रदेश खेलकुद पदक’ विवादमा परेपछि अन्ततः गण्डकी प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ । गण्डकी प्रदेश खेलकुद परिषद्ले पहिलोपटक वितरण गरेको उक्त पदक वितरण प्रक्रिया, छनोट तथा सिफारिस, कार्यविधिको कार्यान्वयन र सार्वजनिक रूपमा उठेका अनियमितता तथा मिलेमतोका आरोपबारे सत्यतथ्य पत्ता लगाउन प्रदेश सरकारले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा मन्त्रालयका उपसचिव÷प्रवक्ता घनश्याम पौडेल र अधिकृत आठौ तहका कर्मचारी नारायण बास्तोला… पुरा पढौ

पोखरा २२ पुम्दी भुम्दीमा संयुक्त भदौ २० गते तीज गीत प्रतियोगिता हुने

पोखरा, पोखरा महानगरपालिका वडा नं.२२ अन्तर्गत वडा स्तरीय संयुक्त तीज गीत प्रतियोगिता आयोजना हुने भएको छ। वडा नं.२२ स्थित शान्ति स्तुप नजिकैको दहरामा आगामी भदौ २० गते शनिबार प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको हो। कालिमाटी शान्ति स्तुप टोल विकास संस्था, सृजनशील क्लब तथा कालिमाटी शान्ति स्तुप मोटर बाटो उपभोक्ता समितिको संयुक्त आयोजनामा हुने प्रतियोगितामा वडा नं.२२ का विभिन्न टोलका आमा समूहहरु , आमा–दिदीबहिनी तथा विभिन्न संघसंस्थाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः… पुरा पढौ

पोखरा रङ्गशालामा फोनिज कास्कीद्वारा वृक्षरोपण

पोखरा, साउन २३, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले २७औँ फोनिज स्थापना दिवस तथा ३२औँ विश्व आदिवासी दिवसको अवसरमा पोखरा रङ्गशाला परिसरमा वृक्षरोपण गरेको छ । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको हरियाली तथा वृक्षरोपण अभियानमा ऐक्यबद्धता जनाउँदै फोनिज कास्कीले शनिबार वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले वृक्षरोपणले वातावरण संरक्षणसँगै पोखरा रङ्गशालाको सौन्दर्य अभिवृद्धिमा सहयोग पुग्ने बताउनुभयो । उहाँले फोनिज स्थापना दिवस तथा विश्व आदिवासी दिवसको शुभकामना व्यक्त गर्नुहुदै खेलकुद… पुरा पढौ

सहारा एकेडेमीका युवा खेलाडीको सहयोगार्थ पोखरामा हाइकिङ, १५० जनाको नाम दर्ता

दीननाथ बराल,पोखरा, २३ साउन, पोखरामा स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देशसहित ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ आयोजना हुने भएको छ। पोखरा महानगरपालिका–९ को कार्यालयको समन्वय तथा सहारा क्लब पोखराको आयोजनामा यही साउन ३० गते उक्त हाइकिङ आयोजना गर्न लागिएको क्लवले पोखराक्लिकलाई जनाएको छ । हाइकिङ कार्यक्रम आउदो शनिबार पोखरा–९ स्थित फल्चाबाट बिहान करिब ७ बजे सुरु भई पर्यटकीय क्षेत्र काहुँडाँडासम्म पुग्नेछ। प्रकृतिसँग रमाउँदै शारीरिक व्यायाम गर्ने अवसरसँगै सामाजिक सेवामा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लवका अध्यक्ष केशव बहादुर थापाले… पुरा पढौ

मर्दी हिमालमा फसेका ३ युवाको उद्धार हुँदै

दीननाथ बराल,पोखरा, साउन २१, मर्दी हिमाल पदयात्राका क्रममा बाटो बिराएर तीन दिनदेखि अलपत्र परेका पोखराका तीन युवा सकुशल फेला परेका छन्। उनीहरू अहिले मोदी खोलाको किनारमा रहेका छन् भने उद्धार टोली उनीहरूसम्म पुगिसकेको छ। दुवै पक्षबीच प्रत्यक्ष संवाद भइरहेको छ र सुरक्षित स्थानतर्फ ल्याउने अन्तिम तयारी भइरहेको छ । माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीका अनुसार पोखरा महानगरपालिका–१४, खसिबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङ साउन १९ गते मर्दी हिमाल पदयात्राका लागि निस्किएका… पुरा पढौ

गण्डकी खेलकुद परिषद्को पदक वितरण विवादमा, सिफारिस समिति र परिषद्को मतभेद

दीननाथ बराल,पोखरा, साउन २०, गण्डकी प्रदेश खेलकुद परिषद्ले गत असार ३० गते वितरण गरेको ‘प्रदेश खेलकुद पदक’ प्रक्रिया विवादमा परेको छ । पदक वितरणमा सिफारिस समितिको निर्णयविना पुरस्कार प्रदान गरिएको, सिफारिस समितिकै सदस्य तथा पदाधिकारीहरूलाई पुरस्कार दिइएको र प्रक्रियागत पारदर्शिता कायम नगरिएको आरोप उठेपछि खेलकुद क्षेत्रका सरोकारवालाबीच प्रश्नहरू उठ्न थालेका छन्। यद्यपि परिषद्ले भने सिफारिस समितिको सिफारिस र बोर्डको निर्णयअनुसार नै पदक वितरण गरिएको दाबी गरेको छ । परिषद्ले खेलकुद पत्रकारितातर्फ केशव पाठक, खेलाडीतर्फ भलिबलकी अरुणा शाही, आईटीएफ तेक्वान्दोकी सुस्मिता… पुरा पढौ

खेलकुद पत्रकार मञ्चका सदस्य तथा फोटो पत्रकार उमेश पुनलाई मातृशोक

काठमाडौं, २० साउन, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य एवं फोटो पत्रकार उमेश पुनलाई मातृशोक परेको छ । उहाँकी ममतामयी आमा भिमकुमारी पुन (भमु) को ७० वर्षको उमेरमा साउन १९ गते मंगलबार निधन भएको पारिवारीक श्रोतले पोखराक्लिकलाई जनाएको छ । विगत २६ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आउनुभएकी भिमकुमारी पुन विगत ८ वर्षदेखि मिर्गौलाबाट प्रभावित हुनुहुन्थ्यो। उपचारकै क्रममा उहाँको मेडिसिटि हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँको आज बिहान काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। पारिवारिक परम्पराअनुसार काजकिरिया पोखरा महानगरपालिका–१०,… पुरा पढौ

पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण

पोखरा, साउन १९, पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन हाम्रो इको नेक्स्ट टेक्नोलोजी प्रा।लि।ले चार सय किलोग्राम इको अर्गानिक ९प्राङ्गारिक० मल सौजन्य स्वरूप प्रदान गरेको छ । जिल्ला खेलकुद विकास समिति, कास्कीको आयोजनामा रङ्गशाला परिसरमा सञ्चालित वृक्षारोपण कार्यक्रमअन्तर्गत उक्त मल हस्तान्तरण गरिएको हो । रङ्गशालालाई हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू, खेल सम्बद्ध संघ–संस्थाका प्रतिनिधि, स्थानीय तहका प्रमुख, प्रदेश सभासद् तथा खेलप्रेमी समाजसेवीहरूको सहभागितामा वृक्षारोपण अभियान निरन्तर चलिरहेको छ ।… पुरा पढौ