खेलकुद

पोखरा महानगरद्वारा ६ युवा ‘पोखरा यूथ एक्सेलेन्स अवार्ड २०८३’ बाट सम्मानित

पोखरा, असार १८ युवा उद्यमशीलता, सीप विकास, नवप्रवर्द्धन, पत्रकारिता, खेलकुद, पर्यटन, समाज सेवा तथा अपाङ्गता सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने ६ जना युवालाई पोखरा महानगरपालिकाले ‘पोखरा यूथ एक्सेलेन्स अवार्ड २०८३’ प्रदान गरेको छ। नगर युवा परिषद्को आयोजनामा बिहीबार सम्पन्न यूथ फेस्टिभल २०८३ का अवसरमा महानगर प्रमुख धनराज आचार्यले सम्मानित व्यक्तिहरूलाई दोसल्ला ओढाएर जनही ३० हजार रुपैयाँ नगदसहित अवार्ड प्रदान गर्नुभयो। यस वर्ष पत्रकारिता क्षेत्रमा दुर्गा राना मगर, पर्यटन तथा युवा उद्यमशीलतामा प्रतीकराज पहारी, समाज सेवामा सुदीश पुन, युवा उद्यमशीलता, नवप्रवर्द्धन… पुरा पढौ

लेउवा संघको स्थापना दिवसमा ब्याडमिन्टन र दौड प्रतियोगिता

लेखनाथ, १८ असार , लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो ३० औं स्थापना दिवस एवं २९ औं वार्षिकोत्सवका अवसरमा संस्थाका सदस्यहरु विच ब्याडमिन्टन तथा दौड प्रतियोगिता सम्पन्न गरेको छ । असार १६ र १७ गते गरि २ दिनसम्म आयोजित ब्याडमिन्टन प्रतियोगिताको उपाधी शुभम पार्टी प्यालेसका सञ्चालक हरि बस्ताकोटी र आरोश फर्निचर उद्योगका सञ्चालक सन्तोष गुरुङको समुहले प्राप्त गरेको छ भने गण्डकी मल्टी एग्रो फार्मका सञ्चालक हरि बुढाथोकी र शिशुवा कंक्रिट ब्लक उद्योगका सञ्चालक लक्ष्मण बाँस्तोलाको समुह उपबिजेतामा सिमित हुन पुगेको छ… पुरा पढौ

घरेलु टोली कास्कीलाई पराजित गर्दै स्याङजाले जित्यो तेस्रो महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि

दीननाथ बराल,पोखरा, १७ असार, घरेलु टिम कास्कीलाई स्याङजाले लिगको अन्तिम खेलमा पराजित गर्दै गण्डकी प्रदेशस्तरीय तेस्रो महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरामा आज (बुधबार) सम्पन्न लिग चरणको अन्तिम खेलमा पनि घरेलु टिम कास्की माथि ७१ रनको फराकिलो अन्तरले जित हासिल गर्दै स्याङजाले उक्त उपाधि हात पार्न सफल भएको हो । चिरप्रतिद्वन्द्वी कास्कीलाई ७१ रनले पराजित गर्दै स्याङजाले उपाधि सहित नगद ३० हजार हात पार्न सफल भएको हो । लिगका चारवटै खेल जितेर… पुरा पढौ

महिला टी–२० क्रिकेट प्रतियोगितामा स्याङजा शिर्ष स्थानमा, कास्कीको अपराजित यात्रा जारी, लिगका अन्तिम खेल बुधबार हुने

पोखरा १६, असार, पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी तेस्रो गण्डकी महिला टी–२० क्रिकेट प्रतियोगिता २०२६ अन्र्तगत स्याङ्जा शीर्ष स्थानमा रहेको छ । लिगका ३÷३ खेलमा जित हासिल गरेका स्याङजा र कास्कीको समान ६÷६ अंक रहे पनि रनरेटका आधारमा स्याङजा शिर्ष स्थानमा रहेको हो । लिग विजेता भोलि (बुधबार) हुने खेलबाट टुंगो लाग्ने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले पोखराक्लिकलाई बताउनु भयो । बुधबार स्याङजा र कास्की बिचको खेलमा जसले जित्छ उक्त टोली प्रदेश स्तरिय क्रिकेटको लिग च्याम्पियन र पराजित… पुरा पढौ

आन्तरिक पर्यटकदेखि विदेशी पर्यटकसम्म हिलोमा रमाए, पोखरा ३० मा २१औँ रोपाइँ महोत्सव सम्पन्न (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १४ असार, पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा–३० शिशुवा देउरालीखोला किनारमा आज (आइतबार) २१औँ असारे रोपाइँ महोत्सव–२०८३ मा आन्तरिक पर्यटक सहित विदेशी पर्यटक हिलोमा रमाउँदै रोपाई महोत्सवमा सहभागि हुनु भएको छ । ’पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ वडा स्तरीय कृषि सञ्जालको स्थानीय व्यवस्थापनमा सम्पन्न महोत्सवले कृषि, पर्यटन र स्थानीय संस्कृतिलाई एउटै मञ्चमा जोड्दै ग्रामीण पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थपेको परिषदले जनाएको छ । https://www.youtube.com/watch?v=E1ZTHciZr-4&t=650s विभिन्न देशका विदेशी पर्यटकहरूले स्थानीयसँगै धान रोप्दै, असारे भाका गाउँदै र हिलोमा… पुरा पढौ

छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा

पोखरा, देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, जोडी दौड, आमा समूह बीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने ,हिले भलिबल, फुटबल लगायतका प्रतियोगिता हुँदैछन् । महोत्सवको तयारी स्वरुप खेत हिल्याउने कार्य सम्पन्न भएको भएको छ । हेमजालाई कृषि पर्यटनसँग जोड्न विष्णुपादुका धार्मिक क्षेत्रको प्रवद्र्धन गर्न, आन्तरिक र बाह्य… पुरा पढौ

५ किलोमिटर सडक दौडमा पुरुष तर्फ अजय पाण्डे, महिला तर्फ नितु तामाङ प्रथम (भिडियो सहित)

दीननाथ बराल,पोखरा, असार १३ अन्तर्राष्ट्रिय श्रवणदृष्टि विहीनता दिवस २०८३ (जुन २७) को अवसरमा आज (शनिबार) पोखरामा श्रवणदृष्टि विहीन संघ नेपालको आयोजनामा खुला ५ किलोमिटर सडक दौड प्रतियोगिता आयोजना गरिएको छ । श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुको दोस्रो अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित जनचेतनामुलक ५ किलोमिटर सडक दौड प्रतियोगितामा पुरुष तर्फ अजय पाण्डे प्रथम हुनु भएको छ भने महिला तर्फ नितु तामाङ प्रथम हुनु भएको हो । https://www.youtube.com/watch?v=T1lrii8fNE8&t=478s पुरुषतर्फ पाण्डेले १६ मिनेट ४४ः९८ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गर्दा गौतम श्रेष्ठले… पुरा पढौ

पोखराबाट सरकार विरुद्ध खबरदारी अभियान, जनअपेक्षा अनुसार काम गर्न दबाब

पोखरा, असार १३, पछिल्लो समय सरकारविरुद्ध सडकबाट विरोधका कार्यक्रम तुलनात्मक रूपमा कम भइरहेका बेला पोखराबाट भने सरकारलाई खबरदारी दिने अभियान सुरु गरिएको छ। ‘परिवर्तनका लागि नयाँ सोच र खोज अभियान’ को आयोजनामा शनिबार पोखराको अमरसिंहचोकमा आयोजित सभामार्फत सरकारलाई जनअपेक्षाअनुसार तथा निर्वाचनका क्रममा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न दबाब दिइएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका गण्डकी प्रदेश संयोजक डा.निरञ्जन कोइरालाले सरकारले जनताले अपेक्षा गरेअनुसार सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा प्रभावकारी काम गर्नुपर्ने बताए। उनले घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्न… पुरा पढौ

पोखराको फिष्टेल ड्रिम पार्कमा थपियो साहसिक खेल ‘स्विङ’ (भिडियो सहित) सबै सिजनमा पर्यटक आकर्षण

दीननाथ बराल,पोखरा, १३ असार, पोखरामा विगत ५ बर्षदेखि पर्यटकीय आकर्षणका रूपमा स्थापित फिष्टेल ड्रिम पार्कले यस बर्ष साहसिक खेल ‘स्विङ’ (पिङ) सञ्चालनमा ल्याएको छ । हरेक वर्ष जसो केही न केही नयाँ मनोरञ्जनात्मक गतिविधि थप्दै आएको पार्कले यसपटक युवापुस्ता तथा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै स्विङ सञ्चालनमा ल्याएको कम्पनीले पोखराक्लिकलाई जनाएको छ । https://www.youtube.com/watch?v=hJLVsI1iOa0&t=318s पार्कमा सञ्चालनमा आएका जायन्ट स्विङ, डिलक्स स्विङ, इलेक्ट्रिक स्विङ र बेबी स्विङ ले साहसिक खेलप्रेमीका लागि नयाँ अनुभव प्रदान गर्ने कम्पनीका निर्देशक कमल बस्नेतले बताउनु… पुरा पढौ

ब्रेकिङ बाउन्ड्रीज क्रिकेट ः छात्रतर्फ कालिका र छात्रातर्फ बाराहीलाई उपाधी

१२ असार, पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशन र एमसिसीको सहयोगमा पोखरामा सम्पन्न छैटौं ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका मावि तथा छात्रातर्फ बाराही माविले उपाधि जितेका छन् । पोखरा रंगशालामा भएको फाइनल खेलमा कालिकाले जनप्रिय माविलाई तथा बाराहीले कालिका माविलाई पराजित गर्दै यो संस्करणको च्याम्पियन बनेका हुन् । प्रतियोगिताका बिजेता खेलाडीले ६० प्रतिशतको छात्राबृत्तिसंगै ट्रफि मेडल प्रमाणपत्र तथा उप–बिजेता खेलाडीले ४० प्रतिशतको छात्राबृत्तिसंगै ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे । उनीहरुलाई एक समारोहका… पुरा पढौ