खेलकुद

दशौं राष्ट्रिय खेलकुदमा प्रतिभाका २२ खेलाडी

पोखरा, मंसिर ९, दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा सहभागी हुने भएका छन् । कर्णाली प्रदेशमा पहिलोपटक दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लागेको छ । राष्ट्रिय खेलकुदको महाकुम्भका रुपमा यो प्रतियोगितालाई हेरिएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंशालामा हुनेछ । तर मुख्य खेल भने मंसिर ८ गतेदेखि नै सुरु हुनेछन् । मंसिर २७ गते सोही रंगशालामा समापन समारोह आयोजना गरिने… पुरा पढौ

पोखरामा फेवा किङ्स कप भलिबल प्रतियोगिता सुरु,आयोजक युनाइटेड किङ्स क्लबको विजयी सुरुआत

पोखरा, ९ मंसिर, युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा बुधबारदेखि पोखरामा ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको पहिलो दिनको खेलमा गण्डकी प्रदेश, एपिएफ क्लब र आयोजक किङ्स क्लब पोखराले विजयी सुरुआत गरेको छ । पहिलो खेलमा घरेलु टोली गण्डकी प्रदेशले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो र दोस्रो सेट २५–१७ ले जितेको गण्डकीले तेस्रो सेट १९–२५ ले गुमाएको थियो । चौथो सेट २५–२२… पुरा पढौ

अदालतको आदेशपछि प्रदेश खेलकुद परिषद्का सदस्यसचिव शर्मा काममा फर्किए, पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

पोखरा, गण्डकी प्रदेश सरकारले पदमुक्त गर्ने निर्णय गरेपछि कानुनी उपचारको खोजीमा अदालत पुगेका प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्मालाई उच्च अदालत पोखराले पदमा यथावत् काम गर्न दिन आदेश दिएको छ। अदालतको आदेशसँगै शर्मा पुनः सदस्यसचिवको जिम्मेवारीमा फर्किएका छन्। उच्च अदालत पोखराको संयुक्त इजलासले मंसिर १ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै मंसिर ७ गते शर्मालाई सदस्यसचिवकै हैसियतमा काम गर्न दिनुपर्ने आदेश गरेको हो। कामु मुख्य न्यायाधीश हरिप्रसाद पौडेल र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले शर्माले दायर गरेको उत्प्रेषण… पुरा पढौ

पोखराको केदारेश्वर महादेव मन्दिरमा देव दीपावली, पाँच हजार भन्दा बढी दीप प्रज्वलन

दीननाथ बराल,पोखरा ८, मंसिर, पोखराको लेकसाइडस्थित बैदाममा रहेको केदारेश्वर महादेव मणि मन्दिर तथा आश्रम परिसरमा कार्तिक पूर्णिमाको अवसरमा आज साँझ देव दीपावली महोत्सव आयोजना गरिएको छ । मंगलबार साँझ आयोजित महोत्सवमा पाँच हजारभन्दा बढी दीप प्रज्वलन गरिएसँगै मन्दिर परिसर झिलिमिली पारिएको हो । केदारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न महोत्सवमा मन्दिर परिसरका विभिन्न स्थानमा सामूहिक रूपमा दीप प्रज्वलन गरिएको हो । मन्दिर व्यवस्थापन समितिका पीठाधीश स्वामी चिद्धन चैतन्य (लेखनाथ आचार्य) का अनुसार यस वर्ष पाँच हजारभन्दा बढी दीप प्रज्वलन… पुरा पढौ

पोखरामा भोलिदेखि सुरु हुने फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक किङ्स र कोशी प्रदेश भिड्ने

दीननाथ बराल,पोखरा ८, मंसिर, पोखरामा भोलि (बुधबार) देखि सुरु हुने फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ को उद्घाटन खेलमा आयोजक युनाइटेड किङ्स क्लब र कोशी प्रदेश बिच खेल हुने भएको छ । बुधबार दिउसो २ः०० बजे पछि दुई टोली बिच उद्घाटन खेल हुने गरी आज खेल तालिका समेत सार्वजनिक गरिएको प्रतियोगिताका संयोजक थमन गुरुङले बताउनु भयो । उहाँका अनुसार बुधबार बिहान ९ः०० बजे घरेलु टिम गण्डकी भलिवल संघ र त्रिभुवन आर्मी क्लव बिच हुने छ भने दोश्रो खेल… पुरा पढौ

प्रतिभा माविमा गायन र नृत्य प्रतियोगिता

पोखरा, मंसिर ७, विद्यार्थीमा रहेको नृत्य र गायन कलाको प्रस्फुटन गराउने उद्देश्यले पालिखेचोकस्थित प्रतिभा माविमा प्रतिभा स्टार एकल गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको छ । ‘प्रतिभा स्टार–२०८३’ अन्तर्गतको यो पहिलो आयोजित कार्यक्रम रहेको विद्यालयले बताएको छ । प्रतियोगितामा विद्यार्थीले आफ्नो गायन तथा नृत्य प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । उनले विद्यार्थीमा लुकेको कलालाई बाहिर ल्याउनका लागि यो कार्यक्रम गरिएको बताए । ‘विद्यार्थीमा फरक फरक क्षमता रहन्छ । त्यो… पुरा पढौ

पोखराको केदारेश्वर मन्दिरमा मंगलबार पाँच हजारभन्दा बढी दीप प्रज्वलन गरिँदै, साँझ महाआरती हुने

दीननाथ बराल,पोखरा, ८ मंसिर, पोखराको लेकसाइडस्थित बैदाममा रहेको केदारेश्वर महादेव मणि सेवा आश्रममा कार्तिक पूर्णिमाको अवसरमा भोलि (मंगलबार) देव दीपावली महोत्सव आयोजना हुने भएको छ। महोत्सवका अवसरमा मन्दिर परिसरमा पाँच हजारभन्दा बढी दीप प्रज्वलन गरिनुका साथै विशेष महाआरतीसमेत गरिने भएको केदारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका पीठाधीश स्वामी चिद्धन चैतन्य (लेखनाथ आचार्य) ले बताउनु भयो । महोत्सव मंगलबार दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ। देवताहरूलाई प्रसन्न पार्ने उद्देश्यले परापूर्वकालदेखि मनाइँदै आएको देव दीपावलीलाई धार्मिक आस्था र परम्परासँग जोड्दै मन्दिर… पुरा पढौ

पोखरामा मङ्सिर ९ देखि सुरु हुने फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा (भिडियो सहित)

दीननाथ बराल, पोखरा ७, मंसिर, खेलकुदको शहर पोखरामा यही मङ्सिर ९ गतेदेखि फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३हुने भएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा मंसिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । https://www.youtube.com/watch?v=hF3kvgblpHk&t=14s आयोजकका अनुसार प्रतियोगितामा नेपालका छ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, नेपाल आर्मी क्लब, कोशी प्रदेश भलिबल सङ्घ,… पुरा पढौ

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य

लेखनाथ, ७ मंसिर, लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्ने २२औं लेखनाथ महोत्सव आगामी पुस २ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने भएको छ । “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि“ भन्ने नारासहित आयोजना हुने महोत्सवबारे जानकारी दिन सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिईएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले विषम आर्थिक परिवेशमा महोत्सव आयोजना गर्नु चुनौतीपूर्ण भए पनि सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीय उत्पादनको बजारीकरण गरी कृषकलाई सम्भावनाको बाटो देखाउन यसलाई निरन्तरता दिइएको… पुरा पढौ

दोस्रो माछापुच्छ्रे आमन्त्रित गल्फको उपाधि प्रेम तामाङलाई

पोखरा, मंसिर ६, पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिता २०८३’ को मुख्य उपाधि (ग्रस विजेता) प्रेम तामाङले जितेका छन् । कुल ६० स्कोर जोड्दै च्याम्पियन बनेका तामाङले उपाधिसँगै नगद २० हजार रुपैयाँ र ट्रफी हात पारे । हिमालयन गल्फ कोर्स र हिमालयन स्पोट्र्स म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा मंसिर ५ र ६ गते चलेको प्रतियोगितामा डिभिजन ‘ए’ (१–९ ह्यान्डीक्याप) तर्फ ६१ स्कोरका साथ प्रज्वल गुरुङ विजेता र ६० स्कोर जोडेका कवि थापा उपविजेता बने ।… पुरा पढौ