खेलकुद

पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्री प्रशिक्षण पोखरामा सम्पन्न, दक्ष जनशक्ति उत्पादनमा जोड

पोखरा, नेपाली ह्याण्डबल खेलको प्राविधिक विकास र दक्ष रेफ्री उत्पादन गर्ने उद्देश्यसहित आयोजित पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्री प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । नेपाल ह्याण्डबल संघको आयोजना तथा बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम आइतबार औपचारिक रूपमा सम्पन्न भएको हो । पोखरा ह्याण्डबल एकेडेमीमा आयोजित समापन कार्यक्रममा राष्ट्रिय ओलम्पिक एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङले सहभागी प्रशिक्षार्थीहरूलाई दीक्षित भएको प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै उनले नेपाली ह्याण्डबलको विकाससँगै आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि यस्ता प्रशिक्षण… पुरा पढौ

आर्मीलाई सडेन डेथमा पराजित गर्दै पुलिसलाई प्रथम महिला गोल्डकपको उपाधि

पोखरा, त्रिभुवन आर्मी क्लवलाई सडेन डेथमा पराजित गर्दै नेपाल पुलिस क्लबले प्रथम पोखरा महिला गोल्डकपको उपाधी जितेको छ । आर.एस.पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रंगशालाको फुटवल मैदानमा आइतबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पुलिसले टाईब्रेकरमा ४—४ गोल भए पछि सडेन डेथमा जित हासिल गरेको हो । ९० मिनेटको निर्धारित समयमा दुबै तर्फ गोल हुन नसके पछि खेल सिधै टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा पनि दुबै तर्फ ४—४ गोल भए पछि सडेन डेथमा आर्मीकी इन्दीरा राईको पेनाल्टी सुटलाई पुलिसकी गोलरक्षक… पुरा पढौ

कास्कीमा आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ

दीननाथ बराल,पोखरा २०, वैशाख, कास्कीमा आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ पर्नु भएको छ । कास्की जिल्लाको रुपा गाउँपालिका–४ बागेडाँडामा आफ्नै ६२ वर्षीय बुबा राम बहादुर घर्तीको हत्या गरी फरार हुनु भएको उहाँका छोरा ३४ वर्षीय भीम बहादुर भुजेललाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । प्रहरीले घटनाको भोलिपल्टै हत्याको आरोपमा भूजेलले वैशाख १८ गते नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताउनु भयो । वैशाख १७ गते साँझ करिब ६ः४५ बजे राम बहादुर घर्ती… पुरा पढौ

तेक्वान्दो संघ गण्डकी अध्यक्षमा जगनबहादुर गुरुङ पून निर्वाचित

पोखरा, वैशाख २०, गण्डकी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा जगनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । पोखरामा आइतबार भएको संघको पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनले पूनः गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी क्षेत्री पाण्डे र रमेश पौडेल, कोषाध्यक्षमा गंगाबहादुर गुरुङ चयन हुनुभएको छ । संघको सदस्यहरुमा इन्द्रमान खत्री, विकल्प बोगटी, दीक्षा गुरुङ, हरिराम सापकोटा, कुलबहादुर तामाङ (दोर्जे), योगराज अधिकारी, शिवराज वाग्ले, रेखमाया गुरुङ, कृष्ण महर्जन, माइकल कर्मचार्य, सुरज ढकाल र रमिला गुरुङ निर्वाचित भएका… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई पर्यटन क्षेत्रको साथ, सहकार्यसहित भव्य बनाइने

पोखरा, आगामी बैशाख ३१ गते पोखरामा आयोजना हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्ड भब्य र सभ्य बनाउनका लागि पोखराका पर्यटन व्यवसायीहरुले साथ दिने प्रतिवद्धता जनाएका छन । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी ले पोखराका विभिन्न पर्यटनसम्बन्धी संघ–संस्थासँग गरेको छलफलमा यस्तो सहमति बनेको हो । पोखरा स्पोर्टस अवार्ड संगै अयोजना गरिने स्पोर्टस् कनक्लेभ तथा विभिन्न ९ विद्यामा प्रदान गरिने अवार्डलाई प्रभावकारी बनाउन पर्यटन क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो । सो अवसरमा वोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष… पुरा पढौ

पोखरामा महिला गोल्डकप जारीः संकटालाई हराउँदै आर्मी फाइनलमा

पोखरा, त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटवल प्रतियोगिता २०८३ को फाइनलमा प्रवेश गरेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा जारी गोल्डकप अन्तरगत शनिबार संकटा क्लबलाई ४–२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो । पोखरा रंगशालास्थित फुटबल मैदानमा पहिलो हाफमा १–० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा थप ३ गोल ग¥यो । आर्मीको जितमा चन्द्रा भण्डारीले दुई तथा दिपा शाही र हिमा चौधरीले एक–एक गोल गरिन् । संकटाको तर्फबाट भने दुई विदेशी खेलाडी क्वीनबेल ए अमनाराह र… पुरा पढौ

पोखरामा तेक्वान्दो कोच तथा खेलाडीका लागि विशेष तालिम

पोखरा, नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशका कोच तथा खेलाडीहरुका विशेष तालिम सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार गण्डकी प्रदेशको पोखरामा गण्डकी प्रदेशका कोच तथा खेलाडीको ग्योरोगी र पुम्से समिनार तथा रिफ्रेसर तालिम सम्पन्न भएको हो । वैशाख १५ देखि १९ गते सम्म पोखरा रंगशाला स्थित कभर्ड हलमा उक्त तालिम सम्पन्न भएको उक्त तालिममा पुम्सेतर्फ चौथो रेफ्री सेमिनार तथा तेस्रो रेफी रिफ्रेसर, ग्योरोगी तर्फ १२ औं रेफ्री सेमिनार र ११ औं रिफ्रेसर कोर्ष सम्पन्न भएको हो… पुरा पढौ

गण्डकी प्रदेशबाट १४ जना युवालाई सम्मान

पोखरा, १८ बैशाख, गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले विभिन्न क्षेत्रमा योगदान पु¥याएका १४ जना युवालाई सम्मान गरेको छ । गण्डकी प्रदेशस्तरीय युवाप्रतिभा सम्मानबाट बिहिबार १४ जना युवाहरुलाई सम्मान अर्पण गरिएको हो । गण्डकी प्रदेशमा रहेर कृषि,कला,उद्यम,सञ्चार,अध्ययन अनुसन्धान लगायतका क्षेत्रमा योगदान पु¥याएका ४० वर्ष मुनिका युवाहरुलाई नगदसहित सम्मान गरिएको हो । यसरी पुरस्कृत हुनेहरुमा सञ्चार क्षेत्रबाट रेडियो अन्नपूर्णकी कविता श्रेष्ठ सहित अध्ययन अनुसन्धानको क्षेत्रबाट डा. राजकुमार थापा, स्वास्थ्य क्षेत्रबाट डा शिशिर देवकोटा, शिक्षा क्षेत्रबाट अग्निधर भुषाल, युवा सशक्तिकरण… पुरा पढौ

आयोजक माथि गोलको बर्षा, रेखाको ५ गोलको सहायतामा पुलिस महिला गोल्डकपको फाइनलमा

दीननाथ बराल,पोखरा १८, वैशाख, आयोजक आर एस पोखरा फुटबल क्लब माथि एकतर्फी ८ गोल बर्षाउदै नेपाल पुलिस क्लव महिला गोल्डकप फुटवल प्रतियोगिता २०८३ को फाइनलमा प्रबेश गरेको छ । आज (शुक्रबार) पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा पुलिसले आयोजक माथि ८–० को सानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो । पुलिसको जितमा रेखा पौडेलले सर्वाधिक पाँच गोल निर्मला विक र साहारा लिम्बुले एक÷एक गोलको योगदान दिनुभयो । पुलिसले थप एक गोल भने उपहार गोल प्राप्त गर्यो । पाँचौ मिनेटमा… पुरा पढौ

हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न

हेमजा,वैशाख १८, पोखरा महानगरपालिका–२५, हेमजामा २०७० सालमा स्थापना भई सक्रिय सामाजिक तथा खेलकुद संस्थाका रूपमा आफ्नो पहिचान बनाउन सफल हेमजा युनाइटेड को आठौँ वार्षिक साधारण सभा तथा २०८३ सालको संस्थागत वार्षिक कार्यपालिका सहितको भित्ते पात्रो विमोचन एवं खेलाडी सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका सचिव महादेव अधिकारीले आर्थिक वर्ष २०८१(८२ का संस्थागत गतिविधिहरूको समीक्षा सहित आगामी योजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष निराजन अधिकारीले सोही आर्थिक वर्षको आर्थिक प्रतिवेदन पेश गरेका थिए। प्रस्तुत आर्थिक प्रतिवेदन सभाबाट… पुरा पढौ