खेलकुद

वर्ष महिला खेलाडी को होला !

पोखरा, दशौंं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ को मिति नजिकिएसँगै मनोनयनमा परेका खेलाडीमध्ये उत्कृष्ट को होला भन्ने चर्चा चल्न थालेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा विभिन्न ९ विधामा अवार्ड प्रदान गर्दैछ । वर्ष महिला खेलाडीको मनोनयनमा परेका ३ जनामध्ये सर्वोत्कृष्ट एकजनाले अवार्डसहित स्कुटर प्राप्त गर्नेछन् । मनोनयन पर्नेहरुमा एथ्लेटिक्सकी नारायणी भण्डारी, जुडोकी मनीषा तामाङ र आर्चरीकी मोनिका राना मगर हुन् । उनीहरुको समान विशेषता भनेको सबैजना स्पोर्टस् अवार्डका लागि पहिलोपल्ट मनोनयनमा परेका… पुरा पढौ

गण्डकीका पत्रकारको लागि अन्तिम चरणको डेटा ड्रिभन पत्रकारिता तालिम

पोखरा, प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले आयोजना गरेको तथ्यांक पत्रकारिता (डेटा ड्रिभन) को अन्तिम चरणको तालिम आइतबारदेखि सुरु भएको छ । पहिलो हप्ता भौतिक तालिम त्यसपछिको छ हप्ता अनलाइन र अन्तिम हप्ता पनि भौतिक गरी कुल ८ हप्तासम्म तालिम सञ्चालन हुनेछ । जसमध्ये अन्तिम चरणको भौतिक तालिम आइतबारदेखि सुरु भएको हो । तालिमको उद्धाटन सत्रमा बोल्दै प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारकै आवश्यकताको आधारमा तालिम राखिएको बताइन । पत्रकारको दक्षता वृद्धिका लागि अनेकन अड्चन झेलेरै भएतापनि यो प्रकृतिको तालिम आयोजना गरिएको उनको… पुरा पढौ

“वर्ष उत्कृष्ट प्रशिक्षक” अवार्डमा पूर्व खेलाडीहरुको प्रतिस्पर्धामा

पोखरा, २७ वैशाख, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘१०औँ पोखरा स्पोट्र्स अवार्ड’ को ‘वर्ष उत्कृष्ट प्रशिक्षक’ विधामा खेलाडीबाट प्रशिक्षक बनेकाहरु बिच प्रतिस्पर्धा हुने भएको छ । यस विधाको मनोनयनमा परेका तीन हस्तीहरु तेक्वान्दोकी रेखमाया गुरुङ, टेनिसका कुमार अधिकारी र एथ्लेटिक्सका सिद्धान्त अधिकारीको एउटा रोचक समानता छ । उनीहरू हिजोका सफल खेलाडी हुन्, जसले मैदानमा पसिना बगाएर देशका लागि पदक जिते र आज त्यही अनुभवलाई नयाँ पुस्तामा बाँड्दै कुशल प्रशिक्षकका रूपमा आफूलाई उभ्याएका छन् । आफ्नो खेल जीवनको उचाइपछि… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा गायिका मिलन नेवारको प्रस्तुतीमा रम्न पाइने

पोखरा, २७ बैशाख, चर्चीत गायिका मिलन नेवारको प्रस्तुतीमा पोखरेली दर्शक रम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ’दशौं रारा पोखरा स्पोर्टस् अवार्ड २०८२’मा समावेश गरिएको साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतीमा मुख्य आकर्षणको रुपमा गायिका नेवारको प्रस्तुती रहने भएको हो । यहीं वैशाख ३१ गते बिहीबार दिउँसो ३ बजेबाट पोखरा इभेन्ट सेन्टर बुलौदीमा आयोजना हुने कार्यक्रममा मिलनले आफ्ना चर्चित गीत सुनाउँदै पोखरा घन्काउनेछिन् । उनको प्रस्तुतीमा रम्न इच्छुक सङ्गीतप्रेमी निर्बाध रुपमा यो कार्यक्रममा सहभागी बनेर रमाउन पाउनेछन्… पुरा पढौ

पोखरा–२२ मा प्रथम भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता हुने

पोखरा, पोखरा महानगरपालिका वडा नं.२२ स्थित कालिमाटी शान्ति स्तूप टोल विकास संस्थाको आयोजनामा आगामी जेष्ठ ९ गते वडा २२ अन्तगत “प्रथम भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता” आयोजना हुने भएको छ । स्थानीय विद्यार्थी तथा युवाहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई मध्यनजर गर्दै प्रतियोगिता सञ्चालन गर्न लागिएको संस्थाले जनाएको छ । कार्यक्रमलाई सफल बनाउन विभिन्न टोल विकास संस्था, क्लब, आमा समूह, सहकारी संस्था तथा स्थानीय वडाबासीहरूको सक्रिय साथ र सहयोग रहने संस्थाका अध्यक्ष दिनेश बरालले बताए । शनिबार वडा जनप्रतिनिधि कृष्ण कुमारी… पुरा पढौ

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको फुटसल प्रतियोगिता

पोखरा, बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आफ्ना व्यवसायी बिच दशौं आन्तरिक फुटसल प्रतियोगिता आयोजना गरेको छ । लिगको आधारमा खेलाइएको उक्त फुटसल प्रतियोगितामा राजेश खाडको टिम प्रथम हुदै नगद १७ हजार ५ सय नगद सहित सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने विशाल श्रेष्ठको टिम द्वितीय हुदै नगद ९ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । कर्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले व्यवसायीका हक हितको लागि आफु सदैव लड्ने बताउदै… पुरा पढौ

ओलम्पियन टीका बहादुर बोगटीलाई लाइफटाइम एचिभ्मेन्ट अवार्ड

पोखरा, २६ वैशाख, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० औँ रारा पोखरा स्पोर्टस् अवार्डका अवसरमा ओलम्पियन टीका बहादुर बोगटीलाई ‘लाइफटाइम एचिभ्मेन्ट अवार्ड’ बाट सम्मानित गर्ने भएको छ । वि।सं। २०१९ सालमा गोरखाको ताप्ले गाउँमा जन्मिएका बोगटीले एथ्लेटिक्सको माध्यमबाट नेपालको गौरवलाई अन्तर्राष्ट्रिय जगतमा पु¥याए बापत यो सम्मान पाउन लागेका हुन् । गोरखाका भिराला पाखाहरूमा दौडिँदै हुर्किएका उनले २०३७ सालमा नेपाली सेनामा भर्ना भएपछि खेल जीवनलाई व्यावसायिक रूपमा अगाडि बढाएका थिए । २०४४ सालदेखि अन्तर्राष्ट्रिय ट्रयाकमा पाइला राखेका बोगटीले राष्ट्रिय स्तरका थुप्रै… पुरा पढौ

‘१३ कि.मी. भर्टिकल रन २०२६’ मा पुरुष तर्फ गौतम श्रेष्ठ र महिला तर्फ पदम कुमारी सुनुवार विजेता

दीननाथ बराल,पोखरा, २६ कास्की, पोखरामा आज (शनिबार) सम्पन्न भएको ‘१३ के भर्टिकल रन २०२६’ मा पुरुषतर्फ गौतम श्रेष्ठ र महिलातर्फ पदम कुमारी सुनुवार प्रथम हुन सफल हुनु भएको छ । पोखरा महानगरपालिका–१३ स्थित बाझापाटन, काँहुखोलामा रहेको श्री सत्य युवा सेवा समितिको आयोजनामा पोखरा १३ मा पहिलो पटक आयोजना भएको प्रतियोगितामा पुरुष तर्फ श्रेष्ठ र महिला तर्फ सुनुवार प्रथम हुनु भएको हो । पुरुषतर्फको प्रतिस्पर्धामा गौतम श्रेष्ठले नगद रु. १३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो। त्यसैगरी महेन्द्रबहादुर बोगटी द्वितीय हुँदै… पुरा पढौ

गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा दीपकराज मुल्मी

पोखरा, गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा दीपकराज मुल्मी चयन भएका छन्। क्लबको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि मुल्मीको नेतृत्वमा सर्वसम्मत् १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। जसको वरिष्ठ उपाध्यक्ष मिलन पुन, प्रथम उपाध्यक्ष इनोज रञ्जित र द्वितिय उपाध्यक्ष द्रव्यजंग राणा छन्। त्यसैगरी, सचिव चेतनाथ चालिसे, सह–सचिव बिकी गुरुङ, कोषाध्यक्ष विकास बिजुक्छे र सह–कोषाध्यक्ष सुजन गुरुङ ९रेयस० छन्। त्यस्तै, सदस्यहरुमा राजकुमार गुरुङ, अनिरुद्र उदास, गुमबहादुर थापा (ईमान), दमनजंग राणा, नविन थापामगर, सुबिन गुरुङ,… पुरा पढौ

अन्नपूर्ण म्याराथन जेठ २० गते हुने तयारी

दीननाथ बराल, पोखरा २५, वैशाख, अन्नपूर्ण आधार शिविर देखि घान्द्रुक सम्म सञ्चालन हुने “अन्नपूर्ण म्याराथन” को छैटौँ संस्करण आगामी जेठ २० गते हुने तयारी गरिएको छ । हरेक वर्ष जुन ३ मा मनाइने अन्नपूर्ण आरोहण दिवसको अवसर पारेर आयोजना हुँदै आएको उक्त प्रतियोगिताले साहसिक खेलकुदसँगै पर्वतीय पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्धेश्यले उक्त प्रतियोगितालाई यस बर्ष पनि संचालन हुने तयारी गरिएको आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले पोखराक्लिकलाई जनाएको छ । प्रतियोगिताको प्राविधिक व्यवस्थापन नेपाल एडभेन्चर रनिङ फेडेरेशनले गर्ने भएको छ भने… पुरा पढौ