खेलकुद

नेकपाका उम्मेदवार राजकाजी ः सहिदको शालिकमा माल्यार्पण गरेर भेटघाट शुरु

पोखरा, माघ १८, कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ । सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले रुपा–३ टाकेञ्जास्थित सहिदहरु कमल भुजेल, सुमित्रा घिमिरे, तीर्थ भुजेल र बिजय बास्तोलाको शालिकमा माल्यार्पण गरेर आईतबारको भेटघाट शुरु गरेको हो । भेटघाटमा स्थानियले यस पटक नेकपालाई नै जिताउने वचन दिए । विगतमा अन्य दलको उम्मेदवारलाई जिताउँदा नेकपालेजस्तो विकास र सुशासन दिन नसकेकाले यस पटक फेरी नेकपालाई जिताउने बताएका थिए । तर… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेटको पहिलो दिनमै प्रतिभा र बाल मन्दिरको बिजयी शुरुवात

पोखरा, माघ १८, पोखरामा आइतबारदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग प्रतियोगिता शुरु भएको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिन आयोजक प्रतिभा मावि र बाल मन्दिर माविले बिजयी शुरुवात गरेका छन् । प्रतिभाले वाराही र बाल मन्दिरले ग्लोबल कलेजियटलाई पराजित… पुरा पढौ

यही माघ २७ देखि २५औँ आहा–रारा पोखरा गोल्ड कप सुरु हुदै, मुख्य आकर्षण के के छन त ! (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १८ माघ नेपालकै प्रतिष्ठित २५औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा–रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८२ यही माघ २७ गतेदेखि सुरु हुने भएको छ। सहारा क्लब पोखराको आयोजनामा फागुन ९ गतेसम्म पोखरा रंगशालाको फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगिताको अन्तिम तयारी तिब्र पारिएको आइतबार क्लवमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=WtkpPo9X1_8 प्रतियोगितामा भारतका दुई सहित विदेशी ४ विदेशी, नेपालका चर्चीत र दुई विभागिय र आयोजक सहित १२ टिम सहभागी हुने क्लबका अध्यक्ष केशवबहादुर थापाले… पुरा पढौ

साफ यू—१९ महिला च्याम्पियनसिपमा बंगलादेश र भारतको विजयी सुरुवात, भूटान र नेपाल पराजित (भिडियो)

दीननाथ बराल, पोखरा १७, माघ, पोखरामा आज (शनिबार) देखि सुरु भएको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू—१९ महिला फुटबल च्याम्पियनसिपमा बङ्गलादेश र भारतले विजयी सुरुवात गरेका छन् । शनिबार पोखरा रङ्गशालाको फुटवल मैदामना भएको पहिलो खेलमा बङ्गालादेशले भुटानलाई एकतर्फी शुन्यका बिरुद्ध १२ गोल गरी सहज जित हासिल गर्यो । बंगलादेशको जितमा मोस्ट मुन्की अख्तर, श्रीमोती तृष्णा रानी र अल्पी अक्तरले ह्याट्रिक गर्न सफल हुनु भयो । खेलमा मोस्ट मुन्की अक्तरले खेलको ४४ औं, ४८ औं, ८१ औं र ९३ औं… पुरा पढौ

पुलिससँग गत वर्षको बदला लिँदै गण्डकीले टाइगर कपको उपाधि जित्यो

डि.एन.बी.पोखरा १७, माघ गत वर्ष फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भएको पीडा यसपटक गण्डकी प्रदेश भलिबल संघले जितमा बदल्दै टाइगर कपको उपाधि उचालेको छ। छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको फाइनलमा गण्डकीले पुलिसलाई ३–१ को सेटमा हराउँदै च्याम्पियन बनेको हो। पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार सम्पन्न फाइनल खेलमा गण्डकीले दबाबपूर्ण सुरुवातपछि उत्कृष्ट पुनरागमन गर्दै उपाधि रक्षा गर्‍यो। पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछि लगातार तीन सेट आफ्नो पक्षमा पार्दै खेल पल्टाएको हो। गण्डकीले दोस्रो… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेट भोलिदेखि, उद्घाटन खेलमा प्रतिभा र वाराही खेल्ने

पोखरा, माघ १७, पोखरामा भोलिदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा भोलिदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग हुन लागेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा माघ २५ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन भोलि आईतबार पूर्वाह्न ११ बजे हुने आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा भोलि आयोजक प्रतिभा मावि र वाराही माविबीच प्रतिष्पर्धा हुने जनाइएको छ । भोलि… पुरा पढौ

सडेन डेथमा पुलिसलाई पराजित गर्दै होराइजन क्लब वालिङ्गलाई आदर्श कप फुटबल प्रतियोगिताको उपाधि

डि.एन.बी.,पोखरा, १६ माघ, स्याङ्जा वालिङको होराइजन क्लब ले पोखरामा शुक्रबार सम्पन्न भएकोे २६ औँ आदर्श कप फुटबल प्रतियोगिता २०८२ को उपाधि जितेको छ । पोखरा २९ भण्डारढिक खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा होराइजनले गण्डकी प्रदेश प्रहरीको टोलीलाई सडेन डेथमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । निर्धारित समयमा दुबै तर्फ १–१ गोलको बराबरी पुगे पछि अतिरिक्त समय १०÷१० मिनेटमा पनि गोल हुन नसके पछि खेल टाईब्रेकरमा दुबै तर्फ चार , चार र पहिलो सडेन डेथमा दुबै तर्फ एक… पुरा पढौ

टाइगर कपको उपाधिका लागि गण्डकी प्रदेश भलिवल संघ र नेपाल पुलिस बीच खेल हुने, आयोजकले क्षमायाचना सहित सच्चायो

दीननाथ बराल,पोखरा, १६ माघ, छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश भलिवल संघ र नेपाल पुलिस क्लबबीच शनिबार फाइनल खेल हुने भएको छ । यसअघि फाइनल खेल गण्डकी र पर्वत जिल्ला भलिवल संघबीच हुने भनी सार्वजनिक गरिएको जानकारी प्राविधिक त्रुटिका कारण गलत भएको आयोजकले स्वीकार गर्दै आधिकारिक रूपमा सच्चाएको हो । पोखरा रंगशालास्थित भलिवल कोर्टमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा गण्डकी प्रदेश भलिवल संघ र पर्वत जिल्ला भलिवल संघबीच प्रतिस्पर्धा… पुरा पढौ

सांग्रिलालाई पिएम कपको उपाधि

पोखरा, प्रधानमन्त्री (पिएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सांग्रिला क्रिकेट क्लबले जितेको छ । कास्की जिल्ला स्तरीय सो प्रतियोगिताको फाइनलमा कास्की क्रिकेट क्लबलाई ४८ रनले हराउँदै सांग्रिलाले उपाधि चुमेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थि क्रिकेट मैदानमा भएको खेलमा १६९ रनको विजयी लक्ष्य पाएको कास्की ३४.३ ओभरमा १२० रन बनाउँदै अलआउट हुन पुग्यो । कास्कीका लागि रोहित चन्दले ४१ रनको योगदान दिए । यस्तै विश्वास पराजुलीले २३ रन जोडे । सांग्रिलाका लागि सिव्रिन श्रेष्ठले ३ विकेट… पुरा पढौ

सांग्रिलालाई पिएम कपको उपाधि

पोखरा, प्रधानमन्त्री (पिएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सांग्रिला क्रिकेट क्लबले जितेको छ । कास्की जिल्ला स्तरीय सो प्रतियोगिताको फाइनलमा कास्की क्रिकेट क्लबलाई ४८ रनले हराउँदै सांग्रिलाले उपाधि चुमेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थि क्रिकेट मैदानमा भएको खेलमा १६९ रनको विजयी लक्ष्य पाएको कास्की ३४.३ ओभरमा १२० रन बनाउँदै अलआउट हुन पुग्यो । कास्कीका लागि रोहित चन्दले ४१ रनको योगदान दिए । यस्तै विश्वास पराजुलीले २३ रन जोडे । सांग्रिलाका लागि सिव्रिन श्रेष्ठले ३ विकेट… पुरा पढौ