पोखरा,३२, असार, तीन महिनादेखि रिक्त रहेको गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य पदमा प्रदेश सरकारले नयाँ मनोनयन गरेको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा परिषदमा नयाँ सदस्य हालै नियुक्त गरिएको हो। नयाँ सदस्यहरूले सोमबार पोखरामा आयोजित कार्यक्रममार्फत पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री एवं परिषद अध्यक्ष विन्दुकुमार थापाको उपस्थितिमा परिषदका सदस्य सचिव श्रीधर शर्माले शपथ गराएका हुन्। प्रदेश खेलकुद विकास ऐन २०७७ र नियमावली २०७८ अनुसार रिक्त पदमा नियुक्ति गरिएको सदस्यसचिव शर्माले…
पुरा पढौ