खेलकुद

ओमानमाथि नेपालको प्रभावशाली जित, लगातार दोस्रो पटक टी–२० विश्वकपमा प्रवेश

पोखरा, असोज ३०, नेपालले शानदार प्रदर्शन गर्दै टी–२० विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक ९भ्ब्ए० छनोटको सुपर सिक्स चरणमा ओमानलाई ३८ रनले पराजित गरेको छ । यस जितसँगै नेपालले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने आइसीसी टी–२० विश्वकप २०२६ का लागि आफ्नो स्थान सुनिश्चित गरेको छ । ओमानको अल अमिरातस्थित क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा आज सम्पन्न खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको प्रतिस्पर्धी योगफल बनाएको थियो । नेपालका ओपनर कुशल भुर्तेलले ५१… पुरा पढौ

सन्दीपको पाँच विकेटमा नेपालको शानदार जित, कतार ५ रनले पराजित

काठमाण्डौं, २८ असोज, सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शन हुँदा नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित हात पवार्न सफल भएको छ । अल अमेरात क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १४७ रनको योगफल तयार पारेको थियो। जवाफमा १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमै अलआउट भयो । नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछानेले ३.५ ओभरमा १८ रन खर्चिँदै… पुरा पढौ

गण्डकी प्रादेशिक क्रिकेट संघको साधारण सभाको अवसरमा खेलाडी सम्मान, पूर्वाधार निर्माणमा जोड

दीननाथ बराल, पोखरा २६, असोज, गण्डकी प्रादेशिक क्रिकेट संघले आइतबार आफ्नो चौथो वार्षिक साधारण सभाको अवसरमा ७ जना खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ । विभिन्न उमेर समूहबाट राष्ट्रिय हुदै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाईसकेका प्रदेशका चार महिला र तीन पुरुष खेलाडीलाई पोखरामा आयोजित संघको साधारण सभाको अवसरमा खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगद सहित सम्मान गरेको संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले पोखराक्लिकलाई बताउनु भयो । सम्मानित हुने महिला खेलाडीहरुमा कुसुम गोदार, सिमना केसी, ज्योस्त्निका मरासिनी र रचना चौधरी रहनु भएको छ भने… पुरा पढौ

एक रनको रोमाञ्चक जितः युएईलाई हराउँदै नेपाल सुपर सिक्समा चम्कियो

काठमाडौं, असोज २६, आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले रोमाञ्चक प्रदर्शन गर्दै युएईलाई एक रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो । आसिफले ४७ बलमा ५ चौका सहित ५१ रन बनाए भने कुशल भुर्तेलले २८ रन र कप्तान रोहित पौडेले २० रनको योगदान दिए । अन्त्यतिर गुलशन झाले ५ बलमा १४ रनको तेज… पुरा पढौ

नेपाल अपराजित रहदै आइसीसी टी २० विश्वकप इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा प्रवेश

काठमाण्डौं, नेपाल अपराजित रहँदै आइसीसी टी २० विश्वकप इस्ट एसिया प्यासिफिक छनोटमा को सुपर सिक्समा यात्रा तय गरेको छ । नेपालले आज (शुक्रबार) भएको खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित सहित सुपर सिक्समा यात्रा तय गरेको हो । समूह बीको अन्तिम खेलमा जितसंगै नेपालले २ अंक प्राप्त गर्दा जापान भने अंक विहिन भएको छ । एकमा जित र एकमा हार भोगेको जापान पनि सुपर सिक्समा प्रवेश गर्यो । जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५… पुरा पढौ

बेलायतबाट साइकल यात्रामा पोखरा आएको जोडीलाई पोखरामा आज पनि स्वागत

पोखरा, २३ असोज, बेलायतबाट साइकल यात्रामा पोखरा आएको जोडीलाई पोखरामा आज पनि स्वागत सहित सम्मान गरिएको छ । सात महिना सात दिनमा २० देश पार गर्दै करिब १४ हजार किलोमिटरको दूरी पूरा गरी मंगलबार पोखरा आइपुगेको ब्रुस जोडीलाई आज पनि पोखरामा स्वागत सहित सम्मान गरिएको हो । ५१ वर्षीय थोस्टर ब्रुस र उनकी श्रीमती डा.एमा ब्रुसलाई विहिबार पोखराका पर्यटन व्यवसायीले स्वागत गरेका हुन् । उनीहरुलाई पोखरा पर्यटन भ्रमर्ण वर्षका संयोजक गोपी बहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा… पुरा पढौ

वेलायतबाट साइकल यात्रामा निस्किएको जोडी ७ महिना ७ दिनमा पोखरामा(भिडियो सहित)

दीननाथ बराल,पोखरा, २१ असोज, वेलायतबाट साइकल यात्रामा निस्किएको एक जोडी सात महिना सात दिनमा २० देश पार गर्दै करिब १४ हजार किलोमिटरको दूरी पूरा गरी पोखरा आइपुगेका छन् । ५१ वर्षीय थोस्टर ब्रुस र उनकी श्रीमती डा.एमा ब्रुस मंगलबार पोखरा प्रवेश गरेका हुन् । उनीहरूलाई पोखरा लेकसाइडमा रेनबो चिल्ड्रेन होम, नमुना आमा समूह, पर्यटन व्यवसायी तथा स्थानीय बासिन्दाले फूलमाला अर्पण गर्दै स्वागत गरेका थिए । स्वागत कार्यक्रममा चिल्ड्रेन होमकी सञ्चालक गोमा ढकाल, पर्यटन व्यवसायी अग्नि कँडेललगायतले सम्मान गरेका थिए ।… पुरा पढौ

मलेसिया माथि नेपालको साहानदार जित

काठमाडौं, नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा जित हासिल गरेको छ ।कुआलालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । पूजा महतोले सर्वाधिक ३९ रन बनाइन् । कप्तान इन्दु बर्मा २७ रनमा अविजित रहिन् । नेपालको शून्यमै २ विकेट गुमिसकेको अवस्थाबाट पूजा र रुबीले तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । त्यसपछि पूजा र इन्दुले ३७… पुरा पढौ

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई, विश्व पर्यटन दिवसः पुम्दी भुम्दीमा नेपाल सहित ८ देशका धावकलाई भव्य स्वागत

पोखरा, ११ असोज, दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । सुदूरपश्चिमका राउतले निर्धारित आठ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । सुदूरपश्चिमकै करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पार गर्दा दलबहादुरले ३७ मिनेट १६ सेकेण्ड लगाएको निर्णायक ओमबहादुर गुरुङले जानकारी दिए । दोस्रोले ३० हजार र तेस्रोले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्… पुरा पढौ

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडमा नेपालसहित ७ देशका १ सय ६० धावक सहभागी हुँदै

पोखरा १०, असोजविश्व पर्यटन दिवसमा पोखरामा शनिबार हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा नेपालसहित ७ देशका खेलाडी सहभागी भएका छन् । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपालसहित ७ देशका खेलाडीले ६ वटा इभेण्टमा सहभागिताका लागि नाम दर्ता गराएको आयोजकले जनाएको छ ।पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म ८ किमी दुरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुँदैछ । प्रतियोगितामा १ सय ६० जना धावकले नाम दर्ता गराएको प्रतियोगिताका संयोजक दीननाथ… पुरा पढौ