
दीननाथ बराल,
पोखरा, १० माघ
वालिङ—स्याङजाको होराइजन क्लब पोखरामा जारी २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । आदर्श युवा क्लवको आयोजनामा पोखरा २९ भण्डारढिक खेल मैदानमा जारी उक्त प्रतियोगिता अन्र्तगत शनिबार भएको क्वाटरफाइनल खेलमा होराइजन क्लवले आयोजक आर्दश युवा क्लव माथि १—० को गोल अन्तरले पराजित गरेको हो ।

होराइजनको जितमा विश्व थापाले निर्णायक गोल गर्नुभयो । खेलको ८१ औ मिनेटमा उहाँले गरेको हेड गोल नै निर्णायक बन्न पुग्यो । सन्दीप श्रेष्ठले प्रहार गरेको वल रिबाउण्ड भएसंगै उक्त वललाई थापाले हेड गोल गरेका हुन् । शनिवारको खेलमा होराइजनका विश्व थापा म्यान अफ द म्याच घोषित हुदै पाँचहजार पुरस्कार प्राप्त गर्नुभयो । कास्की जिल्ला फुटवल संघका अध्यक्ष उज्वल रञ्जितले उनलाई ट्रफी हस्तान्तरण गरे । खेल फिफाको नियम अनुसार संचालन गरिएको म्याच कमिस्नर गोपाल थापाले पोखराक्लिकलाई बताउनु भयो ।

माघ ९ गतेदेखि १६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिमको सहभागीता रहेको उक्त प्रतियोगितामा आइतवार पर्वतको गन्नीएफ सी र तनँहु जिल्ला फुटबल संघका टीमविच खेल हुने क्लवका अध्यक्ष पदम गुरुङले बताउनु भयो । शुक्रबार भएको उद्घाटन खेलमा नेपाल प्रहरी गण्डकी प्रदेशले कास्की ११ लाई पराजित गर्दै समुह एबाट सेमिफाइनलमा यात्रा बनाएको सचिव सन्तोष गुरुङले जनाउनु भयो ।




