कोन सहकारीको रक्तदान कार्यक्रमबाट ५२ यूनिट रक्त संकलन
दीननाथ बराल,पोखरा २०, पुष, पोखरा महानगरपालिका वडा न १३ भद्रकाली चोक स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले आज (शनिवार) आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट ५२ यूनिट रक्त संकलन भएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले २६ औ बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमबाट ५२ यूनिटक रक्त संकलन भएको सहकारीका सचिव शान्त कुमार श्रेष्ठले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी संस्थाका निर्वतमान अध्यक्ष एवं मानार्थ संरक्षक शरदकान्त सिग्देलले पहिलो रक्तदाता संस्थका सचिव शान्त कुमार श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण…
पुरा पढौ
सृजना मा.वि.मा पुरस्कार वितरण
पोखरा ९, मंसिर, पोखरा–८, सृजनाचोक शान्तिमार्गमा रहेको सृजना माविमा यही मंसिर ६, ७ र ९ गते त्रिदिवसीय रूपमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । गत शैक्षिक सत्र २०८० मा नर्सरीदेखि कक्षा १० सम्म आआफ्ना कक्षाको सेक्सनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरू लगायत अनुशासन, सरसफाईमा सर्वोत्कृष्ट हुन सफल तथा सतप्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई मङ्सिर ६ र ७ गते छुट्टाछुट्टै कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको थियो । भने मङ्सिर ९ गते आइतवारका दिन २०८१ साल असोज १६, १७…
पुरा पढौ
दशैं बिषेशः पोखराबाट असोजको पहिलो साता देखि सुकिला नोट पाइने
दीननाथ बराल, पोखरा २२, भदौ, पोखरामा यस बर्षको वडा दशेैं पर्वलाई लक्ष्ति हुने गरी आउँदो असोजको पहिलो साता देखि सुकिला नोट सटही हुने भएको छ । नेपालीहरुको महान पर्व दशैं पर्वको अवसरमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले आउँदो असोजको पहिलो साता देखि सुकिला नोट सटही गर्ने व्यबस्था मिलाउने भएको कार्यालयका निर्देशक विना ढकाल (पौडेल) ले पोखराक्लिकलाई बताउनु भयो । राष्ट्र बैंक केन्द्रको निर्देशन अनुसार यस बर्ष नयाँ नोट सटही नहुने भएकोले बजारमा एक पटक पुगेका चलन चल्तीमा प्रयोग गर्न मिल्ने…
पुरा पढौ
स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोगमा डिजिटाइजेसन र महिला उद्यमशीलता सम्बन्धि प्रशिक्षण, पर्यटकको बसाई अवधि लम्बाउने गरी होमस्टे संचालन गर्न सुझाव
दीननाथ बराल, पोखरा, ३१ साउन, घरवास कार्यक्रम (होमस्टे) मा पर्यटकहरुको बसाई अवधि लम्बाउने गरी होमस्टे संचालन गर्न विहिबार पोखरामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाव दिनु भएको छ । महिला उद्यमी महासंघको आयोजनामा ‘महिला उद्यमीहरुले नेतृत्व गरेका वा स्वामित्वमा रहेका व्यवसायहरुको डिजिटाइजेसन र उद्यमशीलता विकासद्वारा महिलाहरुको आर्थिक सशक्तिकरण’ परियोजना अन्तर्गत बागलुङका दुई होमस्टे सञ्चालक महिलाहरुलाई दिइएको १५ दिने सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रमको विहिबार पोखरामा समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा सहभागि वक्ताहरुले उक्त सुझाव दिनु भएको हो । स्ट्याण्डर्ड चार्टर्ड…
पुरा पढौ
नबिल बैंकको ४०औं वार्षिकोत्सवको सन्दर्भमा पोखरामा ‘नबिल दिगो पाइला’ वाकाथन
नबिल बैंकको ४०औं वार्षिकोत्सवको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । यसैक्रममा बैंकको गण्डकी प्रदेश कार्यालयको आयोजनामा ‘नबिल दिगो पाइला’ वाकाथन कार्यक्रम सम्पन्न भएको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान पोखरामा कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकालले बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथनमार्फत ऐक्यबद्धता जनाइएको बताए । शनिबार बिहान…
पुरा पढौ
मौद्रिक नीतिले अर्थतन्त्र थप चलायमान हुने अपेक्षा
काठमाण्डौं ११, साउन, देशको नयाँ मौद्रिक नीतिले हाल प्रभावित भएको अर्थतन्त्रलाई थप चलायमान बनाउने विश्वास गरिएको छ । बजेट तथा कार्यक्रम संग सम्बन्धित भई उक्त मौदिक नीति आउनुले धेरै क्षेत्रमा आशा जगाएको अर्थशास्त्रीहरुको भनाई छ । बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गर्ने र वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैङ्क खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने सम्बन्धी बजेटमा उल्लेख गरेको छ । उल्लेखित व्यवस्थालाई केन्द्रीय बैंकले नीतिमार्फत थप सहज…
पुरा पढौ
पोखरा रोयल सहकारीको ६ करोड ८२ लाख नाफा
दीननाथ बराल, पोखरा ८, साउन पोखराको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०८०÷०८१ मा करिब ६ करोड ८२ लाख संचालन नाफा आम्दानी गर्न सफल भएको छ । सहकारीकोले २ अर्ब ५२ करोडको कारोवार गर्दा उक्त रकम संचालन नाफा आम्दानी गर्न सफल भएको सहकारीका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर गुरुङले बताउनु भयो । संस्थाको ६१ करोड भन्दा बढी रकम तरलता भएकोले उक्त रकम उचित कर्जा लगानीको खोजिमा रहेको उहाँको भनाई छ । सहकारीले गत बर्ष १ अर्ब…
पुरा पढौ
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको बजेट ६५ करोड ६५ लाख
पोखरा १०, असार कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को लागि रु. ६५ करोड ६५ लाख २५ हजार ५ सय को बजेट ल्याएको छ । माछापुच्छ्रे गाउँपालिकाको १५ औं गाउँसभामा सोमबार उपाध्यक्ष सिता अधिकारीले उक्त बजेट प्रस्ताव गर्नु भएको हो । यस अघि पालिकाका अध्यक्ष मिन प्रसाद गुरुङले आउदो बर्षको नीति तथा कार्यक्रम प्रस्तुतः गर्नु भएको थियो । बजेटको पूर्णपाठ सहित । माछापुच्छ्रे गाउँपालिका, लाहाचोक, कास्की बजेट वक्तव्य आर्थिक वर्ष 208१।08२ सभाध्यक्ष ज्यू, गाउँसभा सदस्य ज्यूहरु, आज हामी यस…
पुरा पढौ
पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड ३२ लाख
पोखरा, असार १० पोखरा महानगरपालिले आर्थिक २०८१÷८२ का लागि रु। ७ अर्व ५१ करोड ३२ लाख ८३ हजार को बजेट प्रस्ताव गरेको छ । पोखरा महानगरको १५ औँ नगर सभामा पोखरा महानगरका उपप्रमुख मञ्जुुदेवी गुुरुङले बजेट पेश गर्दै संघीय सरकार अनुदानवाट रू ४ अर्व २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानवाट रू ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयवाट रू १ अर्व ५५ करोड ५१ लाख ४० हजार व्यहोरिनेछ बताउनुुभयो । त्यसै गरी संघीय राजश्व बाडँफाँटबाट रू…
पुरा पढौ
गण्डकी प्रदेशको बजेट गत बर्ष भन्दा ४४ करोड ८७ लाखले कमी,भौतिक पूर्वाधारमा ३८.५ प्रतिशत बजेट
दीननाथ बराल , गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷०८२ को लागि अघिल्लो बर्षको तुलनामा ४४ करोड ८७ लाख कम बजे प्रस्तुतः गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैया बराबरको बजेट विनियोजन गरेको हो । उक्त बजेट चालु आर्थिक बर्षको भन्दा केही कम भएको शनिबार प्रदेश सभामा आर्थिक मामिला मन्त्री डा.टकराज गुरूङले बताए । उक्त बजेटको पूँजिगत तर्फ ५९.१९ प्रतिशतले १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजारको बजेट…
पुरा पढौ