बैँक / वित्त

पोखराको बजेट १४ प्रतिशतले घट्यो, आउदो बर्षका लागि ७ अर्ब १५ करोड ,पर्यटन, पूर्वाधार, शिक्षा र डिजिटलमा प्राथमिकता

दीननाथ बराल.पोखरा, ५ असार, पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ७ अर्ब १५ करोड २५ लाखको बजेट सार्वजनिक गरेको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १४ प्रतिशत (१ अर्ब १९ करोड ८७ लाख) ले कम हो। उपमेयर मञ्जुदेवी गुरुङले १९ औँ नगरसभामा शुक्रबार पोखरामा बजेट प्रस्तुत गर्दै चालु खर्च ५५.१५ प्रतिशत र पूँजीगत खर्च ४४.८५ प्रतिशत विनियोजन गरिएको बताउनु भएको छ । आउँदो बर्षको लागि बजेट वक्तव्य सार्वजनिक गर्दै उहाँले संघीय सरकारबाट कुल ३ अर्ब १८… पुरा पढौ

गत वर्षभन्दा ३ प्रतिशत बढीको बजेट गण्डकी प्रदेशमा, ३२ अर्ब ९९ करोडको बजेट विनियोजन (पूर्णपाठ सहित)

दीननाथ बराल,पोखरा, १ असार, गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज (सोमबार) आउदो बर्षको लागि प्रदेश सभामा उक्त बवेट बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ मा ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । आगामी वर्षका लागि प्रस्ताव गरिएको बजेट गत वर्षको तुलनामा करिब १ अर्ब २ करोड रुपैयाँले बढी हो। प्रतिशतका… पुरा पढौ

रिलायन्स फाइनान्सका ग्राहकलाई ट्याक्यूलिटि स्पामा २५ प्रतिशत सम्म छुट हुने

काठमाडौं, रिलायन्स फाइनान्स का ग्राहक वा कर्मचारीलाई व्यक्तिगत सौन्दर्य र स्पा सेवामा आकर्षक छुट पाउने भएका छन् । रिलायन्स फाइनान्स र ट्याक्यूलिटि स्पा बीच भएको नयाँ सम्झौताअनुसार स्पा सेवामा अधिकतम् २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। साथै, अन्य विभिन्न सेवाहरूमा १५ देखि २० प्रतिशतसम्मको सहुलियत पनि प्रदान गरिनेछ। कमलादीस्थित रिलायन्स फाइनान्सको प्रधान कार्यालयमा सम्पन्न सम्झौतापछि अब तपाईंले यो सुविधा सजिलै प्रयोग गर्न सक्नुहुनेछ। विशेषगरी, मोबाइल बैंकिङ एप वा एटीएम कार्डमार्फत भुक्तानी गर्दा यी छुटहरू लागू हुनेछन्। ट्याक्यूलिटि स्पाले काठमाडौंका विभिन्न होटलहरूबाट… पुरा पढौ

पोखरामा दोस्रो ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ सुरु(भिडियो सहित), ३२ ब्राण्डका गाडी बिक्रि तथा प्रर्दशनी

दीननाथ बराल, पोखरा ११, चैत, पर्यटनको राजधानि पोखरामा आज (बुधबार) देखि दोस्रो संस्करणको ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुती तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजनामा पोखराको लेकसाइडस्थित तालबाराही चोक नजिकको खेल मैदानमा उक्त अटो शो सञ्चालन भएको हो । https://www.youtube.com/watch?v=nUCoA-7Dnq4 यही चैत १५ गतसम्म संचालन हुने उक्त अटो शोको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यबस्था मन्त्री प्रकाश बहादुर केसीले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै… पुरा पढौ

सिद्धार्थ बैंकद्वारा ‘ग्रासरुट टेनिस’लाई सहयोग

पोखरा, २७ मंसिर, सिद्धार्थ बैंकले गण्डकी प्रदेश टेनिस संघद्वारा सञ्चालित ‘ग्रासरुट टेनिस’ प्रशिक्षण कार्यक्रमलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो । गण्डकी प्रदेश टेनिस संघले विगत दुई वर्ष देखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको सो प्रशिक्षण कार्यक्रम गरिव तथा विपन्न वर्गका बालबालिकाहरुलाई लक्षित गरेको गण्डकी प्रदेश टेनिस संघका महासचिब नविन चालिसेले बताएका छन् । सिद्धार्थ बैंकले हरेक वर्ष २ लाख सहयोग गर्दै आएको बताउँदै महासचिब चालिसेले यो सहयोग गरिब तथा विपन्न वर्गका बालबालिकाहरुको… पुरा पढौ

पोखरामा वर्षाका कारण १५ दिनसम्म पर्यटकीय गन्तव्यहरुमा समय सिमा पालना गर्न निर्देशन

कास्की, जिल्ला प्रशासन कार्यालय कास्कीले वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै कास्कीका पर्यटकीय गन्तव्यहरुमा जान र आउनको लागि समय सिमा पालना गर्न निर्देशन जारी भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा यही असार २३ गते बसेको बैठकको निर्णय अनुसार असार २५ गतेदेखि लागू हुनेगरी आगामी १५ दिनका लागि यात्रुवाहक सवारी साधन सञ्चालनमा समयसीमा तोकिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । तोकिएको स्थानहरूमा अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी यात्रु वाहक सवारी साधनहरू मात्र सञ्चालन गर्न पाइने… पुरा पढौ

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोडको बजेट

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री डा. टकराज गुरुङले आगामी वर्षको लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो। यो बजेटमध्ये १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ चालू खर्चका लागि विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९.५ प्रतिशत हो। १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ पूँजीगत खर्चतर्फ छुट्याइएको छ, जसको हिस्सा ५९.७… पुरा पढौ

जेनेसिस भिल्ला उद्घाटन कार्यक्रममा १० मध्ये २ भिल्ला सफलता पूर्वक बुकिङ

पोखरा, ४, जेठ, जेनेसिस भिल्ला परियोजनाको धेरै प्रतिक्षित उद्घाटन कार्यक्रममा १० मध्ये २ भिल्ला सफलतापूर्वक बुकिङ भएको छ । यो कार्यक्रम लगानीकर्ता र सम्भावित ग्राहकहरूलाई भिल्लाको विशेषताहरू र परियोजनाका बारेमा विस्तृत जानकारी दिन आयोजित गरिएको थियो। परियोजना संयोजक प्रवेश श्रेष्ठले कम्पनीको प्रोफाइल प्रस्तुत गर्दै जेनेसिस भिल्लाका विशेषताहरू र बुकिङपछि ग्राहकलाई उपलब्ध गराइने सेवाहरूको बारेमा जानकारी दिनुभयो । उहाँले विशेषगरी ग्राहकमैत्री सेवा मोडलहरूमा जोड दिँदै भिल्ला खरिदकर्ताका लागि उपलब्ध “बाइ ब्याक ग्यारेन्टी” सेवा बारे विस्तारमा बताउनुभयो । यस अन्तर्गत खरिदकर्ताले निश्चित… पुरा पढौ

प्रभु बैंकद्वारा “एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी” स्थापना

पोखरा । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना गरेको छ । गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र उपभोक्ता वर्गलाई लक्षित गरी हब स्थापना गरिएको बैंकले जनाएको छ ।कार्यक्रमका प्रमुख अतिथि बैंकका गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हबको उद्घाटन गरेका हुन् । ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’बाट गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे । उनले बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता… पुरा पढौ

धम्पुसमा बाघमारा सहकारीको गोष्ठी

पोखरा १९, माघ, बाघमारा बहुउद्धेशीय (साकोस) सहकारी संस्था लि. पोखरा–३३, बाघमाराको आयोजनामा सहकारी संचालकहरुको क्षमता अभिवृद्धि तालिम तथा अर्धवार्षिक समिक्षा गोष्ठी शनिवार पर्यटकीय गाउँ धम्पुसमा सम्पन्न भएको छ । शुक्रबार देखि सुरु भएको उक्त कार्यक्रम अर्धवार्षिक समिक्षा गरि भावी रणनीति समेत तय गरेको छ । गोष्ठीको उद्धघाटन सत्रमा संस्थाका संथापक अध्यक्ष डिल्लीराम बराल, सल्लाहकारहरु शिवप्रसाद आचार्य, केशव प्रसाद आचार्य, हेम बहादुर थापा पराजुली किरण, नन्दलाल काफ्ले, ऋण उपसमिति संयोजक मनोज कार्की, लेखा समिति संयोजक श्रीधर गिरी, संस्थाका व्यवस्थापक लक्ष्मी अधिकारी… पुरा पढौ