
पोखरा २, कार्तिक
पोखराको भकुण्डेमा रहेको पूर्ण योगा रिट्रिट र भक्ति ब्याण्डको आयोजनामा भोलि (शनिबार) पोखरामा भक्ति कन्सर्ट हुने भएको छ । पूर्ण योग रिट्रीटको खुल्ला चौरमा हुने उक्त कन्र्सट साँझ ६ बजे देखि बेलुका ९ बजेसम्म हुने गरी तयारी गरिएको पूर्ण योगा रिट्रिटका संचालक मनोहर श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो ।
लोक, रक र नेपाली संगीतमा कन्सर्ट हुने भएको छ । उहाँका अनुसार विदेशी कलाकार (जर्मनी नागरिक) ब्याटा सहित नेपाली कलाकार योगेस कार्की, सागर सहितका कलाकारको बिषेश प्रस्तुती रहने भएको छ । उक्त कार्यक्रममा सहभागिताको लागि साँझको मात्र कार्यक्रममा सहभागिताको लागि प्रति व्यक्ति ५ सय र दिन भरीको कार्यक्रममा सहभागि हुनेहरुको लागि प्रति व्यक्ति १ हजार ५ सय शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।
उक्त कन्र्सटको साथमा विविध ध्यान, योग र सास अभ्यास सहितको पूर्णाको बगैंचाबाट फार्म टु टेबल शाकाहारी पौष्टिक खाना, हिमालयन सोल थेराप्युटिक्सः ध्वनि कम्पनहरूको शक्ति अनुभव गर्न सकिने भएको संचालक श्रेष्ठले बताउनु भयो । हाम्रो जीवन मेलामा हाम्रो व्यक्तिगत र सामूहिक चेतनाको विकास गर्ने उद्धेश्यले समग्र कल्याण अभ्यासहरू अनुभव गर्न, र अद्भुत पवित्र ध्वनिहरू, आन्दोलन र संगीतको साथ भाइब गर्न पनि कार्यक्रमले थप मद्धत पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
मानसिक स्वास्थ्य र मनोसामाजिक वकालत, शरीर–दिमाग–आत्मा कल्याण, जिम्मेवार पर्यटन, संरक्षण, र पर्यावरण सचेत समाज निर्माण जस्ता विषयहरूमा विकासशील चेतना वरिपरि जोडिन प्रोत्साहित गर्ने आफुहरुको अभियान रहेको संचालक श्रेष्ठले पोखराक्लिकलाई जनाउनु भयो ।





