खेलकुद

आरएस पोखरा फुटबल क्लब झापामा सघन प्रशिक्षणमा

पोखरा, नेपालकै सर्वाधिक राशिको महिला फुटबल प्रतियोगिता ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२’ मा उपाधिको बलियो दाबेदारीका रूपमा रहेको आरएस पोखरा फुटबल क्लब झापामा सघन प्रशिक्षणमा रहेको छ। पोखराको महिला टोली हाल झापाको दमकमा करिब १० दिनदेखि ‘क्लोज क्याम्प’ अर्थात् बन्द प्रशिक्षणमा व्यस्त रहेको हो। सोमबार (कात्तिक १७ गते) बाट शिवसताक्षीस्थित दुधे रंगशालामा सुरु हुने गोल्डकपका लागि टोलीको तयारीलाई अत्यन्त अर्थपूर्ण रूपमा हेरिएको छ। आरएस पोखराले प्रतियोगिताको पहिलो खेलमा कात्तिक २० गते विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग भिड्नेछ। त्यसअघि टोलीले… पुरा पढौ

रुम्बा बाबु–छोरा गृह जिल्ला मकवानपुरमा सम्मानित

मकवानपुर, १४ कात्तिक, मकवानपुर जिल्ला खेलकुद विकास समितिले बिहीबार हेटौंडामा आयोजित एक विशेष समारोहका बीच खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ। जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघ मकवानपुरले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी तथा प्रशिक्षकलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो। समारोहमा स्पेनमा रहेर अन्तर्राष्ट्रिय कराँते प्रशिक्षकका रूपमा योगदान दिँदै आएका अशोक लामा रुम्बा र उनका छोरा आमेथ लामा रुम्बालाई गृह जिल्लामा विशेष सम्मान गरिएको हो।… पुरा पढौ

सहारा एकेडेमीको सहयोगार्थ शुक्रबार च्यारिटी डिनर नाइट तथा सांस्कृतिक कार्यक्रम हुने,कार्यक्रमलाई सफल पार्न विदेशबाट सहयोग संकलन

दीननाथ बराल, पोखरा १३, कार्तिक, सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको सहयोगार्थ सहारा क्लब पोखराले आयोजना गर्न लागेको च्यारिटी डिनर नाइट तथा सांस्कृतिक कार्यक्रममा सहारा यूकेसहित विदशेमा रहेका खेलकुकर्मी एवं समाजसेवीले सहयोग गर्नु भएको छ । क्लवको उक्त अभियानलाई सफल पार्न विदेशी र स्वदेशबाट व्यक्ति देखि विभिन्न संघ संस्थाहरुले आर्थिक सहयोग गरेको केहीले कार्यक्रममा घोषणा गर्ने भएको क्लबका अध्यक्ष केशव बहादुर थापाले पोखरा क्लिकलाई बताउनु भयो । पोखरा उपमहानगरपालिका १२ माटेपानीस्थित एसआरकेसी ब्याङ्वेटमा कात्तिक १४ गते(शुक्रबार) साँझ ५ देखि… पुरा पढौ

साम्बाको उत्कृष्ट प्रदर्शनले नेपालले भारतलाई पराजित गर्यो

पोखरा, १० कार्तिक ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पराजित गरेको छ। भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा)को दुई गोलको मद्दतमा नेपालले भारतलाई २–१ ले पराजित गर्न सफल भएको हो । खेलको दोस्रो मिनेटमै विमला विकको लामो पासमा सावित्राले भारतीय डिफेन्डरलाई पछि पार्दै पहिलो गोल गर्न सफल भईन् । खेलमा दोस्रो हाफको ६२औं मिनेटमा सावित्राले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। भारतका लागि करिष्मा श्रीरभोइकारले खेलको ८१औं… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय कराँते प्रशिक्षक अशोक लामा रुम्बालाई सम्मान (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १०, कार्तिक, पोखरामा अन्तर्राष्ट्रिय क्योकुशिन कराँतेका प्रशिक्षक तथा खेलाडी अशोक लामा रुम्बालाई स्वागत सहित सम्मान गरिएको छ । क्योकुशिन कान कराँते संघ कास्कीले सोमबार पोखरा रंगशालामा विशेष समारोह बीच रुम्बालाई स्वागत सहित सम्मान गरेको हो । रोजगारको शिलशिलामा हाल स्पेनमा रहँदै आउनु भएको रुम्बा गत नोभेम्बर २३ र २४ मा स्पेनमा सम्पन्न १० औं ( NINTAI )कप स्पेनिस ओपन क्योकुशिन कराँते च्याम्पियनशिपमा प्रमुख प्रशिक्षका रुपमा उहाँले निभाउनु भएको भूमिकाको उच्च कदर गर्दै संघले सम्मान गरेको नेपाल फुल कन्याक… पुरा पढौ

गण्डकीकी सुस्मीताले भारतकी स्टार फाइटर सोनमसँग भिड्दै

पोखरा, तेक्वान्दो पछि मुवाथाईमा चम्किरहेकी गण्डकीकी फाइटर सुस्मिता थापा मगरले भारतको स्टार फाइटर सोनम जोम्बासँग भिड्ने भएकी छन् । नोभेम्बर ६ मा भारतको अरुणाचलमा हुने अन्तर्राष्ट्रिय फाइट च्याम्पियनसिपको मेन इभेन्टमा सुस्मिताले सोनमको सामना गर्ने भएकी हुन् । सुस्मिताको लागि यो फाइन करियरकै ठूलो फाइटको रुपमा रहेको छ । भारतको चर्चित एमएमए (मिक्स मार्सलआर्ट) स्टार तथा एमएफएन (म्याट्रिक फाइट नाइट) च्याम्पियन सोनम जोम्बासँग किक बक्सिङमा भिड्ने छिन । यि दुई बिच प्रतिस्पर्धा हुने हालैमात्र घोषणा भएको हो सुस्मिताका प्रशिक्षक खगेन्द्र क्षेत्रीले… पुरा पढौ

सहारा एकेडेमी सहयोगार्थ च्यारिटी डिनर नाइट हुने, यस बर्ष देउसी भैलो स्थगित

पोखरा, ३ कात्तिक, सहारा क्लब पोखराले यस वर्ष च्यारिटी डिनर नाइट कार्यक्रम गर्ने भएको छ । क्लबद्वारा पोखरा–१७, दोबिल्लामा संचालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी सहयोगार्थ उक्त कार्यक्रम गर्न लागिएको क्लब अध्यक्ष केशवबहादुर थापाले बताए । DCIM\101MEDIA\DJI_0042.JPG तिहारमा हरेक वर्ष आयोजित हुँदै आएको देउसी भैलो कार्यक्रम यसपालि स्थगित गरी च्यारिटी डिनर नाइट कार्यक्रम गर्न लागिएको उनले प्रस्ट पारे । कार्यक्रम यही कात्तिक १४ गते शुक्रबार पोखरा माटेपानीस्थित एस.आर.केसी ब्याङ्क्युटमा उक्त कार्यक्रम हुने भएको छ । जसमा स्थानीय कलाकारहरुले… पुरा पढौ

नेपालले अपराजित रहँदै आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्यो

पोखरा, ३१ असोज, नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक (EAP) छनोटको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको छ। शुक्रबार ओमानको अल अमिरत क्रिकेट एकेडेमीमा भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो। यो जितसँगै नेपालले समूह चरणदेखि सुपर सिक्ससम्मका सबै खेल जित्दै उपाधि आफ्नाे नाममा लेखाएको छ। यस जितपछि नेपाली क्रिकेट समर्थकहरूमा खुसीयाली छाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेटको क्षतिमा २११ रनको विशाल योगफल तयार… पुरा पढौ

पोखरामा गण्डकी प्रदेशकै पहिलो केज फाइट हुने

पोखरा, पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्टनै हुने गरेको छ । साक यान्त मुवाथाईले पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज’ को आयोजना गर्दै आइरहेको छ । सोही आयोजकले अब भने मुवाथाई सँगै पछिल्लो समयमा चर्चामा आउन थालेको एमएमए (मिक्स मार्सल आट्र्स) को समेत आयोजना गर्ने भएको छ । जुन गण्डकी प्रदेशमा नयाँ अनुभव र केजमा हुनेछ । तेस्रो संस्करणको सिरिज आगामी पुसको १०, ११ र १२ मा हुँदैछ । पहिलो र… पुरा पढौ

पोखराको ड्यामसाइडमा आइतबार दीपावली सांगीतिक साँझ हुने

पोखरा ३१, असोज पोखरा १७ ड्यामसाईडमा आइतबार दीपावली सांगीतिक साँझ २०८२ हुने भएको छ । ड्यामसाईड क्लवको आयोजनामा काग तिहारको दिन नवौँ संस्करणको दीपावली सांगितिक साँझ हुन लागेको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले पोखराक्लिकलाई बताए । आइतबार साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रम राती साढे ९ः०० बजेसम्म सञ्चालन हुने भएको उनले जनाए। संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवर्द्धनमा टेवा पुऱ्याउऔं भन्ने मूल नारासहित कार्यक्रम गर्न लागिएको हो । खेलकुद, पर्यटन र सामाजिक कार्यमा सक्रिय हुदै आएको क्लवले फुटवल खेललाई प्रमुख प्राथमिकतामा… पुरा पढौ