खेलकुद

सहारा एकेडेमीमा दुधजङ्ग गुरुङको सहयोग

पोखरा, सहारा क्लब हङकङका सल्लाहकार दुधजङ्ग गुरुङले सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा २० हजार नगद सहयोग गरेका छन् । पोखराको माटेपानी घर भई हाल रोजगारी सिलसिलामा हङकङ बसोबास गर्दै आएका उनले एकेडेमी संयोजक विष्णु गुरुङ सो रकम हस्तान्तरण गरेका हुन् । साथै, उनले एकेडेमीका बालकहरुका लागि फलफूलसमेत प्रदान गरे । यसैबीच, सहारा क्लब पोखराले एकेडेमी सहयोग सञ्चालनार्थ गरेको च्यारिटी डिनर नाइटमा समेत उनले १० हजार सहयोग गरेका थिए । क्लबको उद्देश्यप्रति प्रभावित भई गुरुङले आगामी दिनमा पनि सहयोग… पुरा पढौ

टाइगर कप भलिवल प्रतियोगिता माघ दोश्रो साता हुने, पुरस्कार राषि बृद्धि

दीननाथ बराल,पोखरा २९, कार्तिक, पोखरामा आउँदो माघ दोश्रो साता टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आगामी माघ ९ देखि १७ गतेसम्म हुने उक्त प्रतियोगिता हुने भएको आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले जनाएको छ ।यस बर्ष पुरस्कार राषिमा बृद्धि गरिएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले बताए । समय सापेक्ष पुरस्कार राषिमा थोरै बृद्धि गरिएको उनले पोखराक्लिकलाई जनाए । महिला तथा पुरुष तर्फ विजेता हुने टोलीलाई जनही ६ लाख… पुरा पढौ

अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा नेपालको वर्चश्व

कार्तिक २७, पोखरा, पोखरामा शनिबार सम्पन्न भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता (पोखरा इन्डुरो रेस) मा नेपालको वर्चश्व रहेको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा विजय डाँडामा तीन दिनसम्म भएको प्रतियोगितामा आठ देशका ४५ खेलाडी सहभागी थिए । प्रतियोगिता छ वटा ट्रेल कुल ५ किलोमीटर ३६३ मिटर दूरीका साथमा छ वटा विधामा खेलाइएको प्रतियोगितामा नेपालले वर्चश्व कायम गर्न सफल भएको रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए । ३० देखि ३९ वर्ष सम्मका मास्टर्स ुएु विधामा नेपालका राजन भण्डारी… पुरा पढौ

पोखरा १० के रेसको उपाधि तामाङ र भण्डारीलाई (भिडियो सहित), सांगितीक माहोलमा रमाए खेलाडी

दीननाथ बराल,पोखरा, २९ कार्तिक, शनिबार पोखरा रंगशालामा छुट्टै माहोल देखियो । जाडो मौसम सुरु भएसंगै हल्का हावा चलेकै थियो भने मौसम खुलेर माछापुच्छ«े सहितका हिमश्रृखलाले पोखरा रंगशालामा आगन्तुक खेलाडी सहितका अतिथिहरुलाई स्वागत गरेको थियो ।बिहानै देखि सेतो टिसर्ट लगायर रंगशालमा पुगेका युवा जमात एक्सट्रिम एनर्जी ड्रिङ्क्स पोखरा १० के रेस प्रतियोगितामा सहभागि हुन निकै उत्साहित भएका थिए । https://www.youtube.com/watch?v=6RV8Q4337NI कास्की जिल्ला एथलेटिक्स संघले शनिबार पोखरामा पहिलो पटक आयोजना गरेकोे उक्त प्रतियोगितामा अपेक्षा गरे भन्दा २ सय ८० जना बढी खेलाडी… पुरा पढौ

पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्षमा गोदार

पोखरा, पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा दीपकबहादुर गोदार पुनः नियुक्त हुनु भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा दीपकबहादुर गोदार पुनः नियुक्त हुनु भएको हो । करिब १४ महिना पछि पुनः गोदार अध्यक्षमा नियुक्त हुनु भएको हो । पोखरा–१७, घारीपाटनका गोदार करिब ३५ वर्षदेखि खेलकुद क्षेत्रमा सक्रिय व्यक्तित्व हुनुहुन्छ । नेपाल मुआथाई संघका प्रमुख प्रशिक्षक रहनु भएको कराँते प्रशिक्षकका रूपमा पनि परिचित हुनुहुन्छ । उहाँको प्रशिक्षणमा गण्डकी प्रदेशले छैटौँ, सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा कराँतेतर्फ लगातार च्याम्पियन… पुरा पढौ

पोखरामा शनिबार हुने १० किलोमिटर पोखरा सडक दौडमा १ हजार २ सय जना धावक सहभागि हुने

दीननाथ बराल, पोखरा, २७ कार्तिक, पोखरामा शनिबार हुने खुल्ला १० किलोमिटर सडक दौड प्रतियोगितामा १ हजार २ सय जना धावक सहभागि हुने भएका छन् । कास्की जिल्ला एथलेटिक्स संघले पोखरामा पहिलो पटक यही कार्तिक २९ गते (शनिबार)आयोजना गर्न लागेको ‘एक्सट्रिम एनर्जी ड्रिङ्क्स पोखरा १० के रेस’मा १ हजार २ सय जना धावक सहभागि हुने भएको संघले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । पोखरा रंगशालाबाट सुरू हुने दौडमा १० किमितर्फ ४६२ जनाले सहभागिता जनाउने भएकाछन् ।… पुरा पढौ

अन्तर्राष्ट्रिय इन्डुरो रेस पोखरामा सुरु, ८ देशका माउन्टेन बाइक प्रेमीको सहभागिता

कात्तिक २७, पोखरा, तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा भएको हो । प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे । उद्घाटन सत्रमा बोल्दै मेयर आचार्यले पोखरा पर्यटनको राजधानी भनिएपनि अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि र इभेन्टहरु भइरहने भएकाले पोखरा साहसिक खेलको केन्द्रका रूपमा स्थापित हुँदै गएको बताए । साथै विश्वका विभिन्न देशका बाइकर्सले पोखराको पहाडी सौन्दर्य र चुनौतीपूर्ण ट्रयाकमा प्रतिस्पर्धा गर्न… पुरा पढौ

बिहिबारदेखि पोखरामा हुने अन्तर्राष्ट्रिय इन्डुरो प्रतियोगिताको तयारी पूरा, ८ देशका ५० खेलाडी सहभागि हुने

कात्तिक २६, पोखरा, तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक माउन्टेन बाइक कम्पनी डन टिल डस्कका अनुसार कात्तिक २७ देखी २९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ५० खेलाडी सहभागी हुने प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार १३ बढी देशले दर्ता गरेपनि नेपालमा भएको जेन्जी… पुरा पढौ

पोखराको आर्वामा हुने तेस्रो संस्करणको ‘पोखरा एन्ड्युरो रेस’ मा १३ देशका साईक्लिष्ट सहभागि हुदै

दीननाथ बराल, पोखरा, २५ कार्तिक, पोखरा महानगरपालिका–१३ आर्वामा यही कार्तिक २७ गते अर्थात विहिबार देखि सुरु हुने तेस्रो संस्करणको ‘पोखरा एन्ड्युरो साईक्लिङ रेस’ मा १३ देशका साईक्लिष्टहरु सहभागि हुने भएका छन् । डाउनहिल डष्क प्रालिको आयोजनामा हुने यो प्रतियोगितामा नेपाल सहित १३ देशका साईक्लिष्टले सहभागिता जनाउने भएको प्रालिका प्रबन्धक तथा रेस निर्देशक सुनिलचन्द्र शर्माले पोखराक्लिकलाई बताउनु भयो । अन्तर्राष्ट्रिय स्तरको उक्त प्रतियोगितामा अष्ट्रेलिया, सिंगापुर, क्यानडा, जर्मनी, अमेरिका, ओमान, जापान र श्रीलंका, फिल्पिन्स, भारत, चाइना लगायतका देशका खेलाडीले नाम दर्ता गराइसकेको… पुरा पढौ

दशौं राष्ट्रिय खेलकुदका लागि गण्डकीले थप बजेट माग्यो, तयारी र प्रशिक्षण प्रभावकारी बनाउन ४ करोड ६ लाख माग

दीननाथ बराल, पोखरा, २५ कार्तिक, आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश खेलकुद परिषद्ले थप बजेट माग गरेको छ । नवौं संस्करणमा उल्लेखनीय प्रदर्शन गर्दै साख कायम राखेको गण्डकीले यस पटक अझ प्रभावकारी तयारीका लागि ४ करोड ६ लाख रुपैयाँ माग गरेको हो । चालु आर्थिक वर्षमा खेलाडी तयारीका लागि १ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन भएको उल्लेख गर्दै परिषद्का सदस्य–सचिव श्रीधर शर्माले अघिल्लो संस्करणमा प्रशिक्षण सहित तयारीका क्रममा… पुरा पढौ