एनसेल छैटौँ टाइगर कप भलिबल पोखरामा सुरु (भिडियो), एपीएफ, आर्मी र न्यू डायमण्डको विजयी सुरुवात

-


     पोखरा क्लिक     
     माघ ९ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोिखरा ९, माघ,

विभागिय टोली शसस्त्र प्रहरी बलको (एपीएफ), त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड स्पोट्र्स क्लबले विजयी सुरुआत गरेका छन् । पोखरामा आज (शुक्रबार) देखि सुरु भएको एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब भलिबल प्रतियोगितामा पहिलो दिनको खेलमा पुरुष तर्फ जित हासिल गर्दै एपिएफ र आर्मीले विजयी सुरुवात गर्दा महिला तर्फ न्यू डायमण्डले विजयी सुरुवात गरेको हो ।

पहिलो खेलमा महिलातर्फ न्यू डायमण्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । न्यु डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–८ ले जित निकाल्दै सहज जित हात पार्न सफल भयो । पुरुषतर्फ आर्मीले पाहुना टोली माल्दिभ्स भलिबल एशोसियसनलाई सोझो सेटमा पराजित गर्यो । आर्मीले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

शुक्रबारको अन्तिम तथा औपचारिक उद्घाटन भएको खेलमा एपीएफले घरेलु टोली गण्डकी प्रदेश भलिवल संघलाई ३—१ को सेटमा पराजित गर्यो । पहिलो सेट २६–२४ र दोस्रो सेट २७–२५ ले रोमाञ्चक जित निकालेको एपीएफले तेस्रो सेट गण्डकीसंग हार्न पुग्यो । तेस्रो सेट गण्डकीले २५–१९ ले आफ्नो पक्षमा पार्दा खेल चौथो सेटमा पुग्यो । चौथो सेटमा एपिएफले २५–२१ ले आफ्नो पक्षमा पार्दै सुखद सुरुआत ग¥यो ।

प्रतियोगिताअन्तर्गत भोलि ( शनिबार) ४ खेल हुनेछन् । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । उक्त खेल बिहान साढे ८ बजेबाट सुरु हुनेछ । भोलिको दोस्रो खेल महिलातर्फ एपिएफ र थाइल्याण्ड क्विन्सबिच हुने तालिका छ । महिलातर्फको दुई खेलपछि पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएनबिच हुनेछ । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबिच हुने खेल संयोजक कुमार गुरुङले बताउनु भयो ।

माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएको आयोजक संस्थाका अध्यक्ष नारायाणप्रसाद शर्माले बताउनु भयो. । च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई २ लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्ने भएको सचिव डिबी नेपालीले बताउनु भयो ।

यसैबिच, टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपको उद्घाटन गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गर्नु भएको हो । सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको उल्लेख गर्दै उहाँले भलिबल सबैको पहुँचमा रहेको खेल भएकाले यसको लोकप्रियता बढ्दै गएको बताउनुभयो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले पोखरा जस्तो पर्यटकीय शहरमा भलिबल प्रतियोगिताको उद्घाटनमा सहभागी हुन पाउँदा गर्व महसुस भएको बताउनुभयो । नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले टाइगर कपले नेपाली भलिबलको विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै कभर्ड हल तथा प्रदेशस्तरीय खेलमैदान निर्माणका लागि संघ सक्रिय रहेको जानकारी दिनुभयो । उद्घाटन समारोहमा भलिबल विकासमा योगदान पु¥याएको भन्दै राजकुमार अधिकारी, प्रशिक्षक कुमार राई र राष्ट्रिय खेलाडी हिमाल सुनारी मगरलाई सम्मान गरिएको थियो ।