खेलकुद

हिमालय क्रिकेट एकेडेमी कप २०८२मा जनप्रकाश र डायमण्ड फाइनलमा

पोखरा, पोखरा क्रिकेट मैदानमा जारी हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा जनप्रकाश मावि र डायमण्ड सेकेण्डरी स्कुल फाइनलमा प्रवेश गरेको छ । शनिवार सम्पन्न पहिलो खेलमा हिमालयनलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको होभने दोश्रो खेलमा डायमण्डले प्रतिभालाई हराउदै फाइनलमा प्रवेश गरेको हो । शनिवार सम्पन्न जनप्रकाश र हिमालयन बिचको पहिलो सेमिफाइनलमा जनप्रकाशले टस जितेर फिल्डिङ रोज्दा हिमालयनले २० ओभर खेल्दै १० विकेटमा ९४ रन बनाउन सफल भयो । हिमालयनका आयुष पनेरुले २४ बलमा… पुरा पढौ

पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिताको उपाधि पोखरेललाई, टिम तर्फ साविक विजेता प्रज्वल र दिप्सनको जोडीलाई उपाधि

दीननाथ बराल पोखरा, ५, पुष, पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता २०८२ को उपाधि काठमाडौंका दिपक पोखरेलले जित्नु भएको छ । कास्की जिल्ला गल्फ संघको आयोजनामा पोखराको हिमालयन गल्फ कोर्षमा शनिबार सम्पन्न भएको प्रतियोगितामा नेट तर्फ पोखरेलले ३९ अंक प्राप्त गर्दै उपाधि सहित नगद १५ हजार प्राप्त गर्नु भयो । त्यसै गरी काठमाडौंकै (एक्स सिंगापुरे) विश्वमान गुरुङले ३६ अंक प्राप्त गर्दै दोश्रो हुनु भयो भने पोखराका (जर्मन बेकरीका संचालक) बलराम थापा भने ३५ अंक सहित तेश्रो हुनु भयो । दोश्रो हुनेले… पुरा पढौ

छैटौँ टाइगर कप भलिबलको तयारी सुरू, मुल आयोजक सहित उपसमिति गठन

पोखरा, ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’को मुल आयोजक सहित विभिन्न उपसमितिहरु गठन गरिएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि माघ ९ देखि १७ गते सम्म सञ्चालन हुने सो प्रतियोगिताको तयारी सुरू गरिएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनु भयो । संस्थाको शुक्रबार सम्पन्न बैठकले अध्यक्ष शर्माको अध्यक्षतामा १०७ सदस्यिय मुलआयोजक समिति गठन गर्नुका साथै विभिन्न १४ उपसमिति गठन गरेको हो । टाइगर ग्रुपले छैटौं टाइगर कप राष्ट्रिय… पुरा पढौ

१८ औं हिसान स्पोर्ट्स मिट सुरु, वर्ल्ड पावर लिफ्टिङमा च्याम्पियन शाहलाई पोखरामा नगद सहित सम्मान

पोखरा, पौष ४, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा शुक्रबार देखि १८औँ हिसान स्पोटर््स मिट सुरु भएको छ । यही पुष ७ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त कार्यक्रमको उद्घाटन एक समारोहबीच गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले गरेका हुन् । कार्यक्रममा बोल्दै कुलपति तिवारीले बदलिँदो परिवेशसँगै खेलकुद क्षेत्र मुलुकको अर्थतन्त्रसँग समेत जोडिँदै गएको उल्लेख गर्दै यसको महत्व झनै बढ्दै गएको बताए । उनले विकासक्रमसँगै विश्वका धेरै मुलुकहरूको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा खेलकुद बनेको उल्लेख गर्दै… पुरा पढौ

१८औं हिसान कास्की स्पोर्ट्स मिट भलिबल र बास्केटबलका प्रतिस्पर्धा सुरू

पोखरा, पौष ३ , १८औं हिसान कास्की स्पोर्ट्स मिट २०८२ बिहिबारबाट अनौपचारिक रुपमा पोखरा रंगशालामा सुरू भएको छ । हिसान स्पोर्ट्स मिट अन्तर्गत पहिलो दिन छात्र भलिबल र बास्केटबलका खेलहरु सुरू भएको हिसान कास्कीका अध्यक्ष दिवाकार जैशीले जानकारी बताएका छन् । पहिलो दिन भलिबल छात्रतर्फ ८ खेलहरु सम्पन्न भएको संयोजक नविन बरालले जानकारी दिए । बिहिबार भएको खेलमा पश्चिमाञ्चलले करुणानिधि माविलाई २५–१७, २५–२० ले, माउन्ट अन्नपूर्णले हिल पोइन्टलाई २५–११, २५–१६ ले, न्यू ग्यालेक्सीले गण्डकी आदर्शलाई २५–१३, २५–०४ ले, पोखरा आदर्शले… पुरा पढौ

पोखरा महानगरको नवरत्न सम्मानबाट ९ जना श्रष्टा सम्मानित (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २ पुस, पोखरा महानगरपालिकाले पोखराको गौरवको रुपमा रहेका नौं जना श्रष्टालाई पोखरेली नवरत्न सम्मानबाट सम्मान गरेको छ । पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा महानगरले पोखरामा बसेर विभिन्न क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुर्याउनु भएको ९ जनालाई पोखरेली नवरत्न सम्मान सहित नगद २ लाख २ हजार २०२ रुपैया प्रदान गर्दै सम्मान अपर्ण गरेको हो । https://www.youtube.com/watch?v=JN4AvFmr3S8 धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल, संगीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशिलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा.डा.बिरेन्द्रसिंह… पुरा पढौ

पुष २२ गतेदेखि पोखरामा सामुदायिक विद्यालयस्तरीय छात्र–छात्रा भलिबल प्रतियोगिता हुने

पोखरा, १ पुष, सातौँ सृजना कप कास्की जिल्ला स्तरीय सामुदायिक विद्यालय छात्र–छात्रा भलिबल प्रतियोगिता यही पुष २२ गतेदेखि पोखरामा संचालन हुने भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा तथा ‘स्कुल–स्कुलमा भलिबल’ खेलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सृजना विकास केन्द्रको आयोजनामा तथा कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्यमा हुन लागेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। यसअघि सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा हुँदै आएको प्रतियोगिता यस वर्षदेखि सृजना विकास केन्द्रको… पुरा पढौ

हिसान कास्की स्पोट्र्स मिट पुष ३ गते देखि, ४ हजार विद्यार्थी प्रतिस्पर्धा गर्दै, पावरलिफ्टिङकी शर्मिला नगद सहित सम्मानित हुने

पोखरा, पौष १, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा यही पुष ३ गतेदेखि पोखरामा १८ औं हिसान स्पोर्टस मिट सुरु हुने भएको छ । १८ औं संस्करणको हिसान स्पोर्टस मिट यहि पौष ३ गते देखि ७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको मंगलबार पोखरामा आयाचचेजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । औपचारिक उद्घाटन भने पौष ४ गते हुने भएको छ । प्रतियोगितामा धेरै टिम सहभागि भएका कारण एक दिन अघि अनौपचारिक रुपमा खेलहरु सुरु हुने… पुरा पढौ

पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको तयारीमा तीव्रता

पोखरा, पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारीमा तीव्रता दिइएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको लागि व्यवस्थापन तथा निर्देशन समिति सहित विभिन्न उपसमिति निर्माण गरेर तयारीमा तीव्रता दिइएको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले जानकारी दिए । जस अनुसार व्यवस्थापन तथा निर्देशन समिति, संयोजकमा अध्यक्ष गोदार रहेका छन् । सदस्यहरूमा पूर्णचन्द्र न्यौपाने, तेज प्रसाद कडेल, डिबी नेपाली, हेम प्रसाद… पुरा पढौ

हिमालय क्रिकेट एकेडेमी कप २०८२ः प्रतिभा र हिमायलन बिजयी

पोखरा, पोखरा क्रिकेट मैदानमा जारी हिमालयन क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा प्रतिभा र हिमालयन बिजयी भएका छन । शनिवार सम्पन्न प्रतिभा र नबिनको बिचको पहिलो खेलमा नबिनले टस जितेर ब्याटि गर्दै २० ओभरमा ५ विकेटको नोक्सानीमा १३१ रन बनाउन सफल भयो । नबिनका ब्याटर साउददिन अनसारीले ५० बलमा ३६ रन बनाउन सफल भए त्यसैगरी ऋषि प्रजापतिले २० बलमा १८ रन बनाए । त्यसैगरी प्रतिभाका बलर रेबित शर्माले ४ ओभरमा २१… पुरा पढौ